Friday, July 17News That Matters

शिक्षा

शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ४ धनकुटामा एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द भएको हो । विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ । विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड–१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए । पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए । १० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए । य...
कक्षा १२ को नतिजा प्रकाशित, ७ हजारले ल्यायो ‘ए प्लस’ ग्रेड

कक्षा १२ को नतिजा प्रकाशित, ७ हजारले ल्यायो ‘ए प्लस’ ग्रेड

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर १७ कक्षा १२ को नतिजा आज प्रकाशित भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक भएको बताउनुभयो । सात हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए ग्रेड’ ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना रहेका छन् । ‘बी प्लस’ ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ । करिब एक लाख विद्यार्थीले ‘बी’ ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन् । साथै दश हजार हाराहारी विद्यार्थीले ’ई’ ग्रेड पनि ल्याएका छन् । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । नेपाल टेलिकमको वेबसाइटमा गएर नतिजा हेर्न मिल्छ ।...
जनगणना सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा पुस्तिका बुझाउनेको घुँईचो (फोटो फिचरसहित )

जनगणना सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा पुस्तिका बुझाउनेको घुँईचो (फोटो फिचरसहित )

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर १४ राष्ट्रिय जनगणना २०७८ औपचारीक रुपमा सकिए लगतै जिल्ला जनगणना कार्यालय उदयपुरमा भरिएका पुस्तिका लगाएतका सामाग्री बुझाउनेको घुँईचोे लागेको छ । मुख्य गणना कार्य कार्तिक २५ देखि सुरु भएर मंसिर ९ गते सकिएको छ । १५ दिनको अवधिमा सुपरिवेक्षक र गणकले भरेका मुख्य प्रश्नावली, कन्ट्रोल फारम, सामुदायीक प्रश्नावली, अनुगमन फारम, मातृशिशु मृत्युदर फारम, कार्य सम्पन्नता फारम, नक्सा लगाएतका सामाग्री बुझाउनेको घुँईचोे लागेको हो । कार्यालयमा सामाग्री बुझाउने अन्मि समय भोली सम्म मात्र रहेको जिल्ला जनगणना कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले बताउनुभयो । जिल्लाको तीन स्थान कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा सामाग्री संकलन कार्य भईरहेको महतोले बताउनुभयो । सम्पूर्ण सामाग्री बुझाएका सुपरिवेक्षक र गणकहरुलाई प्रमाण पत्र प्रदान गरि विदाई गर्ने कार्य पनि भईरहेको उहाँले बताउनुभयो । ...
गाईघाटका हंस अम्वर दाहल (खत्री) परिवारले गरे १ करोड २० लाख बराबरको बौदिक गुरुकुलम भवन हस्तान्तरण

गाईघाटका हंस अम्वर दाहल (खत्री) परिवारले गरे १ करोड २० लाख बराबरको बौदिक गुरुकुलम भवन हस्तान्तरण

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, कार्तिक २१ गाईघाटका हंश अम्वर दाहाल (खत्री) परिवारले १ करोड २० लाख बराबरको बौदिक गुरुकुलम विद्यालय भवन शान्तिधामका त्रियुगा बौद्धिक गुरुकुलम समितिलाई हस्तान्तरण गरेको छ । भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सहित शालिक अनावरण समेत गरिएको छ । भवनको उद्घाटन तथा हस्तान्तरण नेपाल राष्ट्रका प्रथम जगतगुरु अनन्त श्री बिभुषित श्री बालसन्त मोहन शरण देवाचार्यले गर्नु भएको छ । दाहाल खत्री परिवारका हजुर बुबा स्वर्गिय हंश बहादुर दाहाल खत्री र स्वर्गिय बाबु अम्बर बहादुर दाहाल खत्रीको स्मृतिमा निर्मित विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण एक बृहत कार्यक्रम सहित आईतबार समितिलाइ जिम्मा लगाइएको छ ।स्वर्गिय हंश बहादुर दाहल खत्री २०७२ साल बैशाख १७ गते स्वर्गिय बास भएका थिए भने बुबा अम्वर बहादुर दाहाल खत्री २०७७ साल कार्तिक १४ गते स्वर्गबास भएका थिए । सोही स्मृतिको अवसर पारी छोरा तथा नातिहरु...
त्रियुगा नगरको सामाजिक विकास समितिको जिम्मेवारीमा पुनः अध्यक्ष राई, नगरबासीको आवश्यकता र मर्मअनुरुप काम गर्ने प्रतिबद्धता

त्रियुगा नगरको सामाजिक विकास समितिको जिम्मेवारीमा पुनः अध्यक्ष राई, नगरबासीको आवश्यकता र मर्मअनुरुप काम गर्ने प्रतिबद्धता

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक ११ त्रियुगा नगरपालिकाको सामाजिक विकास समिति संयोजकको जिम्मेवारी पुनः वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राईले सम्हालेका छन् । दुईदिन अघिदेखि अध्यक्ष राईले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि पनि सो जिम्मेवारी सम्हालेको कार्यअनुभवको आधारमा अध्यक्ष राईलाई मेयर बलदेव चौधरीले कार्तिक ८ गते सो समितिको संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् । उनले जिम्मेवारी पाएपछि मातहतको कर्मचारीहरुसंग बैंठक गरी काम, कारवाही अगाडी बढाएका छन् । उनले सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, पशु, कृषी, सामाजिक सुरक्षा लगायतका शाखाहरुलाई सक्रिय बनाई काम अगाडी बढाउने बताएका छन् । मेयर चौधरीले बीचमा सो समितिको संयोजकमा वडा नं. ११ का अध्यक्ष विश्वराज भट्टराईलाई जिम्मेवारी प्रदान गरेका थिए । हाल अध्यक्ष भट्टराईलाई जिम्मेवारी मुक्त गरी पुनः उनलाई जिम्मेवारी प्रदान गरेका हुन् । यसअघि संयोजक...
बेलका नगरपालिकाले दियो ३० जना विद्यार्थीलाई साईकल

बेलका नगरपालिकाले दियो ३० जना विद्यार्थीलाई साईकल

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ८ उदयपुरको बेलका नगरपालिकाले सामाजिक दिवसको अवसर पारेर ३० जना छात्रा विद्यार्थीलाई साईकल उपहार दिएको छ । विद्यार्थीहरुको मानोवललाई शिक्षा प्रति प्रेरित गर्न नगरपालिकाले साईकल वितरण गरेको हो । नगरले पहिलो बर्ष पनि साईकल वितरण गरेको थियो । नगरभित्र रहेको विद्यालयबाट टाढाका विद्यार्थीहरुलाई सुविधा दिने हिसावले नगरले यो बर्ष ३० जना छात्रहरुलाई साईकल प्रदान गरेको नगर प्रमुख दुर्गा कुमार थापाले बताए । आफ्नो नगरभित्र रहेका बिभिन्न विद्यालयहरुलाई करिब २ सय ५५ थान साईकल वितरण गरिसकेको अवस्थामा यो बर्ष पनि बेलका नगरपालिका १ का जनता बेलका माध्यामिक विद्यालयका ३० जना छात्राहरुलाई साइकल उपहार दिइएको नगर प्रमु थापाले बताए । बेलका नगरपालिकाका सवै बिद्यालय छात्रामैत्री रहेको र प्राबिधिक शिक्षामा छात्रा छात्रलाई आकर्षण गर्न नगरपालिका भित्र इन्जिनियरिङ कक्षा सञ्चालन भैरहेको बताउँदै कृ...
५७ औँ राष्ट्रिय वाल दिवसको अवसरमा १३ नं वडामा बृहत कार्यक्रम

५७ औँ राष्ट्रिय वाल दिवसको अवसरमा १३ नं वडामा बृहत कार्यक्रम

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २९बिभिन्न कार्यक्रमको आयोजना सहित १३ नं वडामा राष्ट्रिय वालदिवसको आयोजना गरिएको छ । १३ नं वडा स्थरी वाल समूह संञ्चालको आयोजना र १३ नं वडाको आर्थिक सहयोगमा बाल दिवस मनाइएको हो ।हरेक बर्षका भदौ २९ गते मनाईदैँ आएको राष्ट्रिय वाल दिवस नेपालका भिन्न ठाउँहरुमा बालबालिका सम्बन्धि बिभिन्न कार्यक्रमको साथमा मनाइने गरिन्छ ।मंगलबार वडाको लक्ष्मिपुर स्कुलको प्राङगनमा वालवालिकाको सम्बन्धित क्षेत्रहरु स्थानीय सरकार, शिक्षक, अबिभावक, टोल विकास संस्था र विद्यार्थी सहितको बृहत उपस्थितिमा सांस्कृति कार्यक्रम र बतृत्वकला प्रतियोगिता गरी राष्ट्रिय वाल दिवस भव्यताका साथ मनाइएको संजालका अध्यक्ष सफल गुरागाईले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष पशुपती चौधरीले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन सँगै अध्यक्ष चौधरीले वालवालीकाको क्षेत्रमा १३ नं वडा...
उदयपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

उदयपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सोमबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुशासनका हिमायती (जी३) र संगम सामुदायिक पुस्तकालयको आयोजनामा भर्चुवल माध्यमबाट प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा किन्डरमिसन न्युवरक (जर्मनी) को सहयोग र मुख्य साझेदार संस्था मानव अधिकार मञ्च नेपाल, ईलामको रहेको थियो । जिल्लामा अझै पनि कोरोनाको त्रास कायमै रहेकोले भर्चुवल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका विभिन्न विद्यालयहरुबाट १३ जनाले प्रतियोगितामा सहभागिता भएका थियो । जुम यापबाट ११ बजेदेखि कार्यक्रम सञ्चालन गरिएको थियो । सहभागी बालबालिकाहरुले कोभिड–१९ ले बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैल्पिक उपायहरु शिर्षकमा आफ्ना भनाई प्रस्तु गरेको थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृृतिय हुनेलाई २ हजार, १५ सय र १ हजार पुरस्कारकोे व्यवस्था ...
समयमै कक्षा १२ को परिक्षा हुन नसक्दा बाहिर पढ्न जाने विद्यार्थीहरु रोकिए

समयमै कक्षा १२ को परिक्षा हुन नसक्दा बाहिर पढ्न जाने विद्यार्थीहरु रोकिए

शिक्षा, समाचार
पूणर्पुष्टि, भदौ १३ समयमै कक्षा १२ को परिक्षा हन नसकेपछि विदेश पढ्ने तयारीमा रहेको विद्यार्थीहरुलाई समस्या भएको छ । १२ को परिक्षा सकेर विदेश पढ्ने तयारीका विद्यार्थीहरु अहिले समस्यामा परेको हो । कोरोनाका कारण पटक पटक परिक्षा स्थगित भएपछि विद्यार्थीहरुको तयारी सफल हुन नसक्दा विद्यार्थीहरुलाई चिन्ता बढेको छ । बिभिन्न विषयका लागि कक्षा १२ पछि विदेश पढ्ने तयारीका विद्यार्थीहरुले चिन्ता व्यक्त गरेको छ । अमेरिकामा नर्सिङ पढ्न जाने तयारीमा रहेकी निर्भाना महतले कक्षा १२ को परीक्षा नभएकै कारण आफ्नो एक वर्ष खेर जाने जोखिम बढेको बताइन् । ‘कन्सल्टेन्सीले यो महिनाभित्र परीक्षा भयो भने मिल्छ, नभए अर्को वर्ष मात्रै मिल्छ भनेको छ’ उनले भनिन् । अरु तहको परीक्षा भइरहे पनि १२ कक्षाको मात्रै परीक्षा रोक्दा धेरै विद्यार्थी मारमा परेको निर्भाना बताउँछिन् । ‘अब पनि परीक्षा भएन भने विदेश पढ्न जान चाहनेको...
कक्षा ११ र १२ को विद्यार्थीलाई आज बाट कोरोना खोप लगाईने

कक्षा ११ र १२ को विद्यार्थीलाई आज बाट कोरोना खोप लगाईने

शिक्षा, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ कक्षा ११ र १२ विद्यार्थीहरुलाई आज बाट कोरोना खोप लगाईने भएको छ । सरकारले आज बाट ३ दिन सम्म विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम राखेको छ । १८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ । स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिन्छ । यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ । काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ । कोरोना माहामारीकै कारण साउन ३१ बाट हुने कक्षा १२ को परिक्षा रोकिएको थियो । कोरोना माहामारी बिच गर्न लागिएको परिक्षा तेस्रो चरणको कोरोना सुरु भए सँगै स्थगित भएको थ...