https://www.youtube.com/watch?v=0DbAlr01CHk
पूर्णपुष्टि, असाेज ४ ।
त्रियुगा नगरपालिकाका शिक्षाकहरुले दशैकाे मुखमा तलब भत्ता नपाएकाे बताएका छन् । तलब भुक्तानीका बारेमा उच्च अदालतमा मुद्दा रहेकाले पालिकाले तलब राेकेकाे जनाइएकाे छ । तर शिक्षकहरुले कुनै पनि हालतमा तलब पाउनुपर्नेमा जाेड दिएका छन् ।
पूर्णपुष्टि, २४ भदौ ।
त्रियुगा नमुना माविका विद्यार्थीहरु बिहानै र्यालीमा उत्रिएको छ । सोमवार भएको जेन्जी आन्दोलनमा सरकारले दमन गरी युवा र विद्यार्थी मारेको विरोधमा उनिहरुले प्रदर्शन गरेको छ । ओली, देवा, प्रचण्ड प्रति आक्रोस पोख्दै विद्यार्थीहरुले विद्यार्थी र युवा मार्न पाईँदैनाको नारा घन्काएका छन् । जेन्जी आन्दोलनका १९ जना प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाएर ज्यान लिएको छ । यसको चौतर्फी आलोचना र विरोध भैरहेको छ । यसै गरी जेन्जीले आज पनि गाईघाटमा प्रदर्शन गर्ने भएको छ ।...
पूर्णपुष्टि/उदयपुर, साउन ८ ।
उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका-३ बराहाका स्वर्गीय कपिल थापा मगरको परिवारले स्वर्गिय छाेराेकाे चिर स्मृतिका लागि यहाँस्थित श्री महेन्द्र माध्यमिक विद्यालय, सिरवानी बाराहालाई ३ लाख रूपैयाकाे अक्षयकाेष स्थापना गरिदिएकाे छ ।
स्व. कपिलकाे वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले विद्यालयको शैक्षिक उन्नति/प्रगति र गरिब, विपन्न विद्यार्थीलाई सहयाेगकाे उद्देश्यले काेष स्थापना गरिदिएकाे हाे ।
`कपिल थापा मगर स्मृति विद्यालय अक्षय कोष´ स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् वडाध्याक्ष गुरुमणि कुमाईले जानकारी दिनुभयाे ।
अक्षयकोषदाता तिलक बहादुर थापा मगरले आगामी दिनमा कोषमा रकम थप्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । थापाकाे प्रमुख आतित्यथामा आज एक औपचारिक कार्यक्रम गरी कोषको स्थापना गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकार...
पूर्णपुष्टि, असार २६ । उदयपुरको ताप्ली गाउँपालिकाले यस बर्ष माध्यामिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक सहित उतिर्ण हुने विद्यार्थी, विद्यालय र शिक्षकलाई नगद सहित सम्मान गरेको छ ।
मंगलबार गाउँपालिकाको कार्यालय रुपाटारमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट जिपिए सहित एसईई उत्तिर्ण हुने विद्यार्थी, धेरै विद्यार्थी संख्या उत्तीर्ण गर्ने विद्यालय र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विषयगत शिक्षकलाई नगद सहित पालिकाले सम्मान गरेको हो ।
गाउँपालिकामा सबै भन्दा धेरै जिपिए ल्याउने मावि झिल्केपोखरीका छात्र कुशल मगर र मुना मगरलाई नगद रु. १५–१५ हजार सहित सम्मान गरिएको हो । कुशल ३.७४ जिपिए र मुना ३.७३ जिपिए सहित उत्तिर्ण भएका हुन् ।
गाउँपालिका भरी सबै भन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय पनि झिल्केपोखरी मावि नै भएको छ । झिल्केपोखरी माविले ३५ जना विद्यार्थीमध्ये ३३ जना विद्यार...
पूर्णपुष्टि, असार ६ । उदयपुरको कटारी नगरपालिका वडा नं. ४ स्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो परीक्षाको तयारीसँगै जैविक तरकारी खेतीमा पनि सफलता हासिल गरेका छन् । प्राविधिक धारका एसईई परीक्षार्थी विद्यार्थी सिमाना खत्रीसहित ४० जना विद्यार्थीहरूले विद्यालयको १५ कट्ठा जग्गामा जैविक तरकारी खेती गरेर उत्साहजनक परिणाम पाएका छन् ।
विद्यार्थीहरूले पूर्णतः जैविक (अर्गानिक) विधिबाट तरकारी उत्पादन गरेका छन् । "हामीले कुनै पनि रासायनिक मल प्रयोग गरेनौं । कीराजन्तु नियन्त्रणका लागि पनि रसायनको सट्टा परम्परागत विधि प्रयोग गर्यौं," एसईई परीक्षार्थी सिमाना खत्रीले बताइन् । उनले थप्दै भनिन्, "हाम्रो तरकारी उत्पादन त राम्रो भएको छ तर बजार पाउन भने कठिनाइ भइरहेको छ ।" विद्यार्थीहरूले हाल मिलजुलेर आफ्नो उत्पादन स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेका छन् ।
"थोकमा किन्ने व्यापारीहरूले धे...
पूर्णपुष्टि, जेष्ठ ३० । संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको भए पनि विद्यार्थीहरूले भने परीक्षा नियन्त्रण कार्यालयदेखि विद्यालयसम्म हरेक ठाउँमा शुल्क तिर्न बाध्य छन् । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा प्रतिदिन लामो लाइनमा बसेका विद्यार्थीहरूले प्रमाणपत्र बनाउनदेखि प्रतिलिपि लिनसम्म सयौं रुपैयाँ शुल्क तिरिरहेका छन् ।
बाराबाट आएका सुरेश सुनारले एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन ५०० रुपैयाँ शुल्क तिरे । काठमाडौं कपनकी निरुमाया श्रेष्ठले प्रमाणपत्र प्रमाणीकरणका लागि १ हजार रुपैयाँ राजस्व बुझाइन् । सल्यानबाट आएका कमल चन्दले प्रमाणपत्र सच्याउन ५०० रुपैयाँ तिरे । यी विद्यार्थीहरूको भनाइ एउटै थियो, ‘निःशुल्क त कागजमा मात्र रहेछ।’
परीक्षा नियन्त्रण कार्यालयले विभिन्न शीर्षकमा विद्यार्थीबाट शुल्क लिइरहेको छ । सक्कल प्रमाणपत्र सत्यापन, प्रतिलिपि सत्यापन, हरा...
पूर्णपुष्टि, २० जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं ११ को वाल संञ्जाल अध्यक्षमा पिसजोन एकेडेमीकी सुस्मिता थापा र उपाध्यक्षमा पुष्पान्जली बोर्डिङ्की रोनिया वि.क निर्वाचित भएकी छिन् । मंगलबार त्रियुगा नगरपालिकाको सभाहलमा भएको निर्वाचनमा अध्यक्षका लागि ६ जना र उपाध्यक्षका लागि ५ जना भिडेका थिए । ठुलो टकरावकाबीच पिसजोनकी थापा र पुष्पान्जलीकी रोनिया अध्यक्ष र उपाध्यक्षमा निर्वाचि भए ।
यता सचिवमा भने त्रियुगा नमुना माध्यमिक विद्यालयका थिरोजा गजमेर र कोषाध्यक्षमा नमुना बोर्डिङका जोसिव थापा निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा प्याराडाईज बोर्डिङ्का रियाज राउत, रिदम राउत, लालिगुँरास बोर्डिङ स्कुलका नितु चौधरी, समता स्कुल गाईघाटका सौरभ राई, उदयपुर बोर्डिङका बिनु थापा, सोना शेर्पा, गाईघाट माविका अनिस बराईली, क्यानभास एकेडेमीका भिजन कार्की र किन्जल बस्नेत निर्वाचित भएका छन् । उक्त निर्वाचनका लागि...
पूर्णपुष्टि, बैशाख २२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम गत शुक्रबारदेखि अघि बढाएको छ । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा शिक्षकहरूले धमाधम कापी परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।
परीक्षा बोर्डले उत्तर पुस्तिका परीक्षणका लागि देशभरबाट करिब ३० हजार शिक्षकहरू खटाएको जनाएको छ । बोर्डले कापी परीक्षणको लागि १५ दिनको समय निर्धारण गरेको छ । यसअघि असार ७ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको थियो ।
अध्यक्ष शर्माका अनुसार कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने भन्ने यकिन हुनेछ । बोर्डले कापी परीक्षणको काम सकिएपछि आन्तरिक प्रक्रिया गर्न थप एक महिना समय लाग्ने जनाएको छ ।
यस वर्षको परीक्षण प्...
पूर्णपुष्टि, बैशाख १८ । नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिमा शिक्षकहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले औपचारिक विज्ञप्ति जारी गरी उक्त सहमतिको विरोध गरेको छ ।
शिक्षक र कर्मचारीहरूले ‘हाताहाती ऐन’ को माग राख्दै देशका विभिन्न भागबाट काठमाडौंमा आएर २० चैतदेखि आन्दोलन गरिरहेका थिए । तर उक्त ऐन नै नबनाइकन महासंघ र सरकारबीच सहमति भएपछि कर्मचारीहरूमा असन्तुष्टि बढेको हो ।
नेपाल विद्यालय कर्मचारी परिषदद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ ।’
सरकार र शिक्षक महासंघबीच भएको स...
तपाईं हरुलाइ लागेको होला अस्थायी, राहत, करार इत्यादि शिक्षकहरु स्थायी बनाइदे भनेर सडकमा उफ्रेका छन् । उनिहरु पढेर शिक्षक सेवा पास गर्न नसकेर आन्दोलन गर्न आएका हुन् । यस्तै भ्रममा हुनुहुन्छ हैन तपाईंहरु ? कुरोको चुरो नबुझी बोल्ने, लेख्ने नकारात्मक टिप्पणी गर्ने संस्कार हामीमा हाबी भै सकेको छ त्यसकै परिणाम स्वरुप आज शिक्षकलाई गाली गर्दै हुनुहुन्छ तपाईं ।
सरु पाैडेल
धेरैजसो व्यक्तिले अहिलेको शिक्षक आन्दोलनलाई नकारात्मक टीका टिप्पणी गरिरहनु भएको छ । झन झाक्री जस्ता धेरै झाक्रा-झाक्रीले त रमिता देखाएको नै भन्न भ्याइसक्नु भयो । हुन त रमितै देखाएर सत्ता र सदनमा पुगेकाहरुले यसलाई रमितै देख्छन् । उहाँहरुको चक्षुले देखेको भन्न र सामाजिक संजालमा लेख्न कुनै रोकटोक लगाउन शैक्षिक बर्ग उत्रिदैन किनभने प्रत्येकलाई वाक स्वतन्त्रता छ ।
तर समाजमा आफ्नो प्रभुत्व जमाउन र आफुलाइ बौद्धिक वर्गमा गन्न चाहाने ...