Thursday, July 2News That Matters

संसार

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौतामा हस्ताक्षर

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौतामा हस्ताक्षर

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक ३ नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौतामा हस्तारक्षर भएको छ । नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी पासपोर्ट वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार  सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतानुरूप अब कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी पासपोर्ट वाहकले एकअर्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न पाउनेछन् । नेपाल सरकारकातर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानकोतर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले सम्झौतामा हस्ताक्षर गर्नुभएको जनाईएको छ । सम्झौ...
इटालीमा कोरोना सङ्क्रमण पुनः फैलिदै

इटालीमा कोरोना सङ्क्रमण पुनः फैलिदै

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक ३ इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण बढ्न थालेपछि इटाली सरकारले लकडाउनको विकल्पको खोजी गर्दै नयाँ प्रतिबन्धात्मक नियमहरु घोषणा गरेको छ । प्रधानमन्त्री जुसेपे कोन्तेले फेरि लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागू गर्नु परेको बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । स्कुलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने जनाईएको छ । बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नुपर्ने र बढीमा एक समूहमा ६ जना जम्मा हुन पाउने तथा स्थानीय सभा सम्मेलन गर्न नपाइने भएको छ । इटालीमा पछिल्ला दिनहरुमा लगातार सङ्क्रमितको संख्या बढ्दै गएको छ । हिजो एकै दिन ११ हजार ७ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्...
भारतका केही राज्यमा विद्यालयहरु खुल्दै

भारतका केही राज्यमा विद्यालयहरु खुल्दै

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक ३ आजदेखि भारतका केही राज्यमा विद्यालय खुल्ने भएका छन् । पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चललगायत प्रदेशमा आजदेखि विद्यालयहरु स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तकता अपनाएर खुल्ने भएको भारतीय संचारमाध्यमले जनाएको छ । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु विद्यालय आएर अध्ययन गर्नेछन् । उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइनेछ । तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन । पञ्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्नेछन् । एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ । हिमाञ्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदैछ । सिक्किममा पनि आजदेखि विद्यालयहरु खुल्दैछन् । त्यहाँको सरकारले जाडोको विदा र शनिबारको विदा समेत कटाएर नयाँ शैक...
अजरबैजान र अर्मेनियाबीच युद्धविरामको सहमति

अजरबैजान र अर्मेनियाबीच युद्धविरामको सहमति

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २ अजरबैजान र अर्मेनियाबीच मानविय युद्धविरामको सहमति भएको छ । विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएको छ । यसअघि गत हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ११ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ११ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । विश्वभर ३ करोड ९१ लाखमा कोरोना पुष्टि हुदा ११ लाख ३ हजारको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये २ करोड ९३ लाख निको भएका छन् । अहिले ८६ लाख ९७ हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात साढे ७० हजारको अवस्था जटिल रहेको र बाँकी ८६ लाख २६ हजारको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ लाख मानिसमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ लाख २२ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा ७३ लाख ६५ हजारमा सङ्क्रमण पुष्टि हुँदा १ लाख १२ हजारको मृत्यु भएको छ । ५१ लाख ६९ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा १ लाख ५२ हजारको मृत्यु भईसकेको वल्ड्रोमिटरले जनाएको छ ।...
कोरोनाबाट बच्न प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

कोरोनाबाट बच्न प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ३० विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना सङ्क्रमणबाट बच्न प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । युरोपमा अब दैनिक एक हजारभन्दा धेरैको मृत्यु हुने चेतावनी पनि दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ । त्यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै ब...
भारतीय सेनाध्यक्ष नेपालमा भ्रमणमा आउने

भारतीय सेनाध्यक्ष नेपालमा भ्रमणमा आउने

समाचार, संसार
पूर्णपुष्टि, असोज २९ भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे  आउँदो कात्तिकमा नेपाल भ्रमणमा आउने भएको छ । दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दौ जनाएको हो । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गत माघ २० गते नै निर्णय गरेको जनाईएको छ ।...
पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २९ फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आगामी शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गरेको हो । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने जनाईएको छ । दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको मृत्यु भएको छ ।...
भारतको आन्ध्र प्रदेशमा बाढीमा परी करिब ७ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा बाढीमा परी करिब ७ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज २८ भारतको आन्ध्र प्रदेशमा बाढीमा परेर करिब ७ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको हो । आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको छ । साथै अत्यधिक बर्षाका कारण आएको बाढीमा कम्तिमा ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । तेलंगानाको राजधानी हैदराबादमा गत २० वर्षमा सबैभन्दा ठूलो पानी परेको जनाएको छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।...
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

समाचार, संसार
पूर्णपुष्टि, असोज २८ संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ । राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति निकालेर नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जनाएको छ । गोप्य मतदानबाट नेपालसहित एसिया पेसिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान परिषद् सदस्यमा निर्वाचित भएका छन् ।...