Thursday, July 2News That Matters

संसार

आज मंगल ग्रह ठूलो र चम्किलो देखिने

आज मंगल ग्रह ठूलो र चम्किलो देखिने

समाचार, संसार
पूर्णपुष्टि, असोज २७ आज मंगल ग्रह पृथ्वीबाट ठूलो र चम्किलो देखिदैछ । मंगल ग्रह पृथ्वीसँग आमने सामने हुने भएकाले मंगल ग्रह सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ । अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन । यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । यदि मंगल ग्रहलाई अझ राम्रोसँग हेर्न चाहेमा आफ्नो घर नजिकको एस्ट्रोनोमी सेन्टरमा गएर टेलिस्कोपबाट हेर्न सकिने खगोलशास्त्रीहरु बताउँछन् । मंगलबारको मंगल ग्रहको दृष्य ...
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २ अमेरिकीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २ अमेरिकीलाई

समाचार, संसार
पूर्णपुष्टि, असोज २६ सन् २०२० को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री पउल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिइने भएको छ । नोबेल पुरस्कार समितिले यस वर्षको छैटौँ र अन्तिम पुरस्कार विजेताहरुको घोषणा गरेको हो । मिलग्रोम र विल्सनलाई यो पुरस्कार अक्शन थ्योरी (लिलामी) मा सुधार र अक्शनको नयाँ तरिका अविष्कार गरेको भन्दै यो पुरस्कार दिइने भएको हो । पउल आर मिलग्रोम र रोबर्ट बी विल्सन दुवै जना अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । यिनीहरुले अक्शनको प्रक्रियाले कसरी काम गर्छ भनेर अध्ययन गरेका थिए । यिनीहरुले यस्ता वस्तु र सेवाको लागि (जस्तै रेडियो फ्रिक्वेन्सी) नयाँ अक्शन प्रक्रिया तयार गरे, जसलाई पारम्परिक तरिकाबाट बेच्न मुश्किल छ । यी दुईको खोजले विश्वभरका बिक्रेता, खरिदकर्ता र करदाताहरुलाई सहज भएको छ । लिलामी प्रक्रियामा बढी मोल तिर्न इच्छुकलाई सामान बिक्री ग...
यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डको जित

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असोज २६ यूईएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डले जित हात पारेको छ । राती भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २–१ गोल अन्तरले पछि पार्दै जित हात पारेको हो । खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बेल्जियमले अग्रता बनाएको थियो । तर ३९ औं मिनेटमा मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई बराबरीमा पुर्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा इंग्ल्याण्डका मासुन माउन्टले गोलसँगै टिमलाई जित दिलाएको थियो । यो जितपछि समूह बी मा रहेको इंग्ल्याण्ड ७ अंकका साथ शीर्ष स्थानमा छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले लुकायो

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले लुकायो

समाचार, संसार
पूर्णपुष्टि, असोज २६ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले लुकाएकोे छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गरेको थियो । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो भन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएको थियो । यो भन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताएको थियो । राष्ट्रपति ट्रम्पले पटक–पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आएको थियो । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै छ ।...
विदेशमा कोरोनाबाट थप १७ जना नेपालीको मृत्यु

विदेशमा कोरोनाबाट थप १७ जना नेपालीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज २५ कोरोना सङ्क्रमणबाट विदेशमा कार्यरत थप १७ जना नेपालीको मृत्यु भएको छ । शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा थप १६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । कोरोना महामारी सुरु भएपछिका ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ । शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३६ हजार ६ सय ७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । सङ्क्रमित नेपालीमध्ये ८९ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।...
फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि स्विटेकलाई

फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि स्विटेकलाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असोज २५ पोल्याण्डकी इगा स्विटेकले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि हात पारेकी छिन् । पेरिसमा भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई ६–४ र ६–१ को सेटमा पछि पार्दै स्विटेकले पहिलो पटक उपाधि जितेकी हुन् । १९ वर्षीया स्विटेक ग्राण्डस्लामको फाइनलमा पहिलो पटक पुगेकी हुन् । उनले चौंथो वरियताकी केनिनलाई हराएर उपाधि हात पारेकी जनाईएको छ । ५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी हुन् ।...
ब्राजिलमा कोरोनाबाट डेढ लाख भन्दाबढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट डेढ लाख भन्दाबढीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज २५ ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख ५० हजार १ सय ९८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको जनाएको छ । ब्राजिलमा ५० लाख ८२ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भईसकेको जनाईसकेको छ । अमेरिकामा ७९ लाख ४५ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १९ हजारको मृत्यु भएको छ । त्यस्तै ७० लाख ५१ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ८ हजारको मृत्यु भईसकेका छन् । विश्वभर ३ करोड ७४ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये २ करोड ८१ लाख निको भएका छन् भने १० लाख ७७ हजारको भने मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।...
अजरबैजान र अर्मेनियाबीच अस्थायी युद्धविरामको सहमति

अजरबैजान र अर्मेनियाबीच अस्थायी युद्धविरामको सहमति

समाचार, संसार
पूर्णपुष्टि, असोज २४ अजरबैजान र अर्मेनीयाबीच अस्थायी युद्धविराम गर्ने सहमति भएको छ । रुसको मध्यस्थतामा मस्कोमा १० घण्टासम्म चलेको वार्तामा दुवै देश युद्धविराम गर्न सहमत भएको अन्तारष्ट्रिय संचारमाध्यमले जनाएको छ । अब दुवै देशले ठोस छलफल गर्ने छन् । दुई हप्तादेखि चलिरहेको युद्धका कारण ३ सय जना भन्दा धेरैको मृत्यु भएको र हजारौँ मानिस विस्थापित भएको जनाईएको छ । विवादित नागोर्नो कारावाख क्षेत्रको नियन्त्रणलाई लिएर आर्मेनिया र अजरबैजानबीच लडाइँ भइरहेको थियो ।...
स्पेनमा आपतकालीन अवस्था घोषणा

स्पेनमा आपतकालीन अवस्था घोषणा

समाचार, संसार
पूर्णपुष्टि, असोज २४  स्पेनको राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरिएको छ । कोरोना सङ्क्रमण तीव्र गति रुपले बढ्न थालेपछि स्पेन सरकारले राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको हो । मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागू हुने भएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागू गर्न नचाहेपछि केन्द्र सरकारले आपतकालीन अवस्था लागू गरेको जनाईएको छ । तर मड्रिडका अधिकारीले भने आपतकाल लागू गर्नु न्यायपूर्ण नरहेको बताएका छन् । स्पेनमा अहिलेसम्म ८ लाख ९० हजारमा कोरोना पुष्टि भएकामध्ये करिब ३३ हजारको मृत्यु भएको जनाईएको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्कने

अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्तादेखि नियमित काममा फर्कने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २३  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी हप्तादेखि नियमित काममा फर्किने भएको छ । कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् । उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताउनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सङ्क्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने जनाएको छ । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको संचारमाध्यमले जनाएको छ ।...