Friday, May 22News That Matters

संसार

स्पेनको मड्रिडमा लकडाउनको घोषणा

स्पेनको मड्रिडमा लकडाउनको घोषणा

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १५ कोरोना सङ्क्रमितको संख्या बढेपछि स्पेनमा राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ । सङ्क्रमितको संख्या ह्वात्तै बढेको भन्दै स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो । नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति–आवश्यक नपरि घर बाहिर निस्कन नपाउने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । त्यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको जनाईएको छ । स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३१ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।...
भारतमा १५ तारिखदेखि स्कूल खोल्ने

भारतमा १५ तारिखदेखि स्कूल खोल्ने

समाचार, संसार
पूर्णपुष्टि, असोज १५ भारतमा आगामी १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै भारतले आगामी १५ तारिखदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । १० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको जनाईएको छ । केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ । १५ अक्टोबरदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल खोल्ने अनुमति भारत सरकारले दिएको छ । तर केही प्रतिबन्ध भने लागू हुनेछन् । सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सीट भर्न प...
ईपीएस भाषा परीक्षा २०२१ मा हुने

ईपीएस भाषा परीक्षा २०२१ मा हुने

समाचार, संसार
पूर्णपुष्टि, असोज १४ कोरोना महामारीले गर्दा २०२० को कोरीया भाषा परीक्षा २०२१ मा मात्रै हुने भएको  छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा २०२१ मा मात्रै हुने भएको हो । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनु पर्ने छ । कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघ महिनामा परीक्षा गर्ने गरी तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०२० को लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिका भन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जनाईएको छ । कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीनचार महिना धकेलिन सक्ने सङ्केत गरेको जनाईएको छ । सहज हुनेबित्तिकै परीक्षा हुने जनाईएको छ । भाष...
कुवेतका राष्ट्रप्रमुख अहमदको निधन

कुवेतका राष्ट्रप्रमुख अहमदको निधन

समाचार, संसार
पूर्णपुष्टि, असोज १४ कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा निधन भएको छ । अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि जुलाई २३ मा अमेरिका जानुभएको थियो । अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले नखुलाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् । अहमदको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । ...
भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण पुष्टि

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १४ भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि भएको उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर जानकारी दिएको हो । उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । गत २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका छन् भने साढे ९७ हजारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि कर नतिरेको आरोप

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि कर नतिरेको आरोप

समाचार, संसार
पूर्णपुष्टि, असोज १२ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो । घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको जनाईएको छ । राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गर्दै आफूले कर तिर्दै आएको उहाँको दाबी छ । सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हाल्दै आउनुभएको छ । ट्रम्पको ट्याक्स सम्बन्धी आँकडालाई लिएर डेमोक्र्याट्सले त्यसमा छानबिन गर्न माग गर्दै आएका छन् ।...
अर्मेनिया र अजरबैजानबीच सैन्य युद्धमा २३ जनाको मृत्यु

अर्मेनिया र अजरबैजानबीच सैन्य युद्धमा २३ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज १२  विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा २३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै जादा दुवै देशले एक अर्काको क्षेत्रमा हवाई आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाले लगाएको छ । त्यसपछि प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याङ्कहरु ध्वस्त बनाएको बताइएको छ । विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ । तर त्यो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ । यो क्षेत्रलाई लिएर झण्डै तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो । आक्रमणपछि अर्मेनिया सरकारले सैन्य कानुन लागू गर्दै सैनिक परिचालन गर्ने निर्णय गरेको छ । अजरबैजानले अर्मेनियाको...
प्रिमियर लिगमा लेस्टरको जित

प्रिमियर लिगमा लेस्टरको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असोज १२  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित हात पारेको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको म्यानचेस्टर सिटीलाई लेस्टरले ५–२ गोलले पछि पार्दै जित हात पारेको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार व्यहोरेको छ । सिटीले सुरुवाती गोलको अग्रता जोगाउन नसकेपछि लेस्टरले लगातार चार गोल गर्यो । यो सिजनमा ह्याट्रिक गर्ने भार्डी पहिलो खेलाडी बनेका छन् । यो जितपछि लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ भने सिटीको दुई खेलमा तीन अंक छ ।...
कोरोना संक्रमणबाट १७ देशमा २६५ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट १७ देशमा २६५ नेपालीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, असोज ११  कोरोना भाईरसको संक्रमणबाट गत साता विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ । कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गत साता मात्रै थप २१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ । ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुुष्टि भएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएको जनाईएको छ ।...
विश्वमा कोरोना संक्रमणबाट करिब १० लाखको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट करिब १० लाखको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ११ विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या करिब १० लाख पुगेको छ । अहिलेसम्म ३ करोड ३० लाखमा कोरोना सङ्क्रमण पुष्टि हुदा २ करोड ४४ लाख उपचारपछि निको भएका छन् भने ९ लाख ९८ हजारको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । अहिले विश्वमा ७६ लाख ४८ हजार सक्रिय सङ्क्रमित रहेका छन् । उक्त संक्रमितमध्येउ ६५ हजारको अवस्था जटिल रहेको र बाँकी ७५ लाख ८३ हजारको अवस्था सामान्य छ । गत २४ घण्टामा विश्वभर २ लाख ९४ हजारमा  कोरोना पुष्टि भएको छ भने ५ हजार ३ सय जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ लाख ८७ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ९ हजारको मृत्यु भएको छ । त्यस्तै ५९ लाख ९० हजारमा कोरोना पोजेटिभ देखिएको भारतमा साढे ९४ हजारको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ४७ लाख १८ हजारमा कोरोना पुष्टि हुँदा १ लाख ४१ हजारको ज्यान गैसकेको वल्ड्रोमिटरले जनाएको छ ।...