Friday, May 22News That Matters

संसार

कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनललाई

कम्युनिटी शिल्ड फुटबलको उपाधि आर्सनललाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ १४ आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेको छ । बेम्बली स्टेडियममा भएको फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पछि पार्दै आर्सनलले उपाधि हात पारेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।...
पाकिस्तानमा सेप्टेम्बरदेखि शैक्षिक सस्था खुल्ने

पाकिस्तानमा सेप्टेम्बरदेखि शैक्षिक सस्था खुल्ने

समाचार, संसार
पूर्णपुष्टि, भदौ १३ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आगामी १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि शैक्षिक संस्था खोल्न निर्देशन दिनुभएको छ । सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल, कलेज खोल्नको लागि तयारी गर्न अनौपचारिक निर्देशन दिए पनि हिजो शुक्रबार प्रधानमन्त्री खानले औपचारिक निर्देशन दिनुभएको हो । कोरोना नियन्त्रणको लागि बनेको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा बैठकमा छलफल भएको थियो । छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।...
विश्वमा एक करोड ७२ लाखभन्दा बढी मानिस कोरोना मुक्त

विश्वमा एक करोड ७२ लाखभन्दा बढी मानिस कोरोना मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १३ विश्वमा अहिलेसम्म एक करोड ७२ लाखभन्दा बढी मानिस उपचारपछि  कोरोना मुक्त भएका छन् । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाईरसबाट अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण पुष्टि भएको वल्ड्रोमिटरले जनाएको छ । उक्त संक्रमितमध्ये एक करोड ७२ लाख ७५ जना उपचारपछि निको भएका छन् भने आठ लाख ४० हजार पाँच सयको मृत्यु भएको जनाईएको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको मृत्यु भएको छ । भारतमा ३४ लाख ६१ हजार जना कोरोना संक्रमण पुष्टि हुदा २६ लाख ४७ हजार निको भएका छन् भने ६२ हजार सात सय जनाको मृत्यु भएको जनाईएको छ ।...
भारतमा एकैदिन ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ भारतमा एकै दिन ७७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ७७ हजार दुई सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ३० लाख ३९ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर वर्ल्डोमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणबाट ६१ हजार सात सयभन्दा बढीको मृत्यु भएको जनाईएको छ । भारतमा उक्त सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा बढी निको भएर घर फर्किएको जनाईएको छ ।...
स्वास्थ्य बालबालिकामा कोरोना संक्रमण कम

स्वास्थ्य बालबालिकामा कोरोना संक्रमण कम

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ स्वस्थ बालबालिकामा कोरोना भाइरसको संक्रमण कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतका अनुसन्धानकर्ताले स्वस्थ बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण दुर्लभ हुने गरेको र संक्रमणबाट मृत्यु झनै दुर्लभ रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । द ब्रिटिश मेडिकल जर्नलले इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका एक सय ३८ कोरोना अस्पतालमा रहेका १९ वर्षमुनिका ६ सय ५१ बालबालिकामा गरेको अध्ययनले बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ र मृत्यु झनै दुर्लभ पाइएको जनाएको छ । अस्पतालमा भर्ना भएका ६ जना बालबालिकाको मृत्यु भएकोे र यो मृत्युदर एक प्रतिशत हुन आएको जनाएको छ । कोरोनाबाट मृत्यु हुने ती बालबालिकामा पहिलेदेखि नै कुनै न कुनै किसिमको गम्भीर स्वास्थ्य समस्या रहेको अनुसन्धानले देखाएको छ । जनवरी १७ तारिखदेखि जुलाई ३ तारिखसम्म अस्पताल भर्ना भएका बालबालिकामा ग...
अमेरिकामा आँधबाट ४ जनाको मृत्यु

अमेरिकामा आँधबाट ४ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, भदौ १२ अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीबाट चा रजनाको मृत्यु भएको छ । लउरा नामक आँधीबाट लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ । करिब २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ ।...
पेरिसमा मास्कको अनिवार्य

पेरिसमा मास्कको अनिवार्य

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य बनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पेरिस र आसपासका क्षेत्रमा मास्कलाई अनिवार्य गरिएको हो । यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन । कोरोनाको संक्रमण फैलिदै गएकाले मास्कलाई अनिवार्य बनाएको जनाईएको छ । यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले पेरिसमा मास्कलाई अनिवार्य गर्ने बताएको थियो । कोरोनाको संक्रमण देशभर फैलिएको भन्दै तत्काल कडा कदम उठाउन नसके महामारी झन् तीव्र गतिमा फैलन सक्ने बताएको थियो । फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
कोरोना विरुद्धको खोपको मूल्य १४० डलर

कोरोना विरुद्धको खोपको मूल्य १४० डलर

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ चिनियाँ कम्पनी सिनोफार्मले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात करिब १५ हजार रुपैयाँ तोकेको छ । परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । एक महिनाअघि खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने कम्पनीले जनाएको छ । विश्वमा अन्तिम चरणका परीक्षणमा रहेका छ वटा खोपमध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । एक करोड ७० लाखभन्द...
‘गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

‘गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोलाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ १२ इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेको छ । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । यो खेल युभेन्ट्सले २–१ ले जितेको थियो । तर, पहिलो लेगमा १–० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।...
जेफ बेजोसको सम्पती २ सय अर्ब डलर

जेफ बेजोसको सम्पती २ सय अर्ब डलर

समाचार, संसार
पूर्णपुष्टि, भदौ ११ अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसको कुल सम्पत्तिले दुई सय अर्ब डलर नाघेको छ । अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको ब्लूमबर्ग बिलियेनियर इन्डेक्सले जनाएको छ । उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन्  । कोरोना भाइरसको महामारीकै बीच बेजोसको सम्पत्ति उकालो लागेको हो । मानिसहरु घरमै रहँदा ई–कमर्सको माग बढ्दा अमेजन अझ नाफमा गएको थियो । अप्रिल २०२० मा उनको कुल सम्पत्ति एक सय १३ अर्ब डलर थियो । दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । गेट्सको सम्पत्ति एक सय १६.०२ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । यसैबीच टेस्ला इंकको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एक सय एक अर्ब डलर भएको छ । त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरब...