Friday, May 22News That Matters

संसार

भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि

भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ । कोरोना सङ्क्रमणको हिसाबले भारत विश्वकै अति प्रभावित देशमध्ये तेस्रो नम्बरमा छ । त्यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैया कोरोना सङ्क्रमित भएको छ । उनले आज आफ्नो ट्वीटरमार्फत् सङ्क्रमित भएको जानकारी दिनुभएको हो । उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...
कोरोनाको उपयुक्त खोप पत्ता लाग्दैन : डब्ल्यूएचओ

कोरोनाको उपयुक्त खोप पत्ता लाग्दैन : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस विरुद्धको उपयुक्त खोप पत्ता नलाग्न नसक्ने जनाएको छ । कोरोना भाईरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप भने कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको हो । कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् । विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरेको छ । केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा छ । अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको जनाइएको छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प ...
जानाजान अरु खेलाडीको अगाडि खोक्नेलाई रातो कार्ड

जानाजान अरु खेलाडीको अगाडि खोक्नेलाई रातो कार्ड

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २० अव नियतबस अरु खेलाडी वा खेल पदाधिकारीका अगाडि खोक्ने खेलाडीलाई रातो कार्ड दिन सक्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तिर खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय गरेको हो । फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको जनाईएको छ । त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ । रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकार दिइएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि ल्याइएको यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।...
पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २० आगामी वर्ष जापानको टोकियोमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो । पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुने तालिका सार्वजनिक गरेको छ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।...
एफए कप फुटबलको फाइनलमा आर्सनल प्रवेश

एफए कप फुटबलको फाइनलमा आर्सनल प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन ४ एफए कप फुटबलको फाईनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल प्रवेश गरेको छ । गतराति वेम्वली स्टेडियममा भएको खेलमा सिटीलाई आर्सनलले २–० गोलले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । खेलको १९ औँ मिटनमा आर्सनलका कप्तान पिएरे इमिरिक औवमियाङले १ गोल गरे भने खेलको ७१ औँ मिनटमा दोस्रो गोल गर्दै आफ्नो टिमलाई फाईनलमा पुर्याएको थियो । आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३ विश्वमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको वल्डोमिटरले जनाएको छ । कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार विश्वका १ करोड ४२ लाख १५ हजारभन्दा धेरै संक्रमित भएका मध्ये ६ लाखभन्दा धेरैको मृत्यु भएको छ भने ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने १ लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ७७ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै कोरोना तेस्रो स्थानमा भारत रहेको छ । भारतमा १० लाख ४० हजार ९ ...
टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन ३ आगामी सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । खेल जुलाई २३ देखि सुरु भएर अगस्ट ८ सम्म चल्ने छ । खेल तालिका अनुसार खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुने आयोजकले जनाएको छ । कोरोना भाइरसको कारण एक वर्ष सरेको ओलम्पिकमा विभिन्न ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जनाइएको छ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो ।...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २ भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ । उक्त संक्रमितमध्ये २५ हजार ६ सय ९ जनाको मृत्यु भएको छ । भारतमा कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी उपचारपछि निको भएका छन् । विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ । भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ ।...
रियल मड्रिडको पोल्टामा स्पेनिस ला लिगाको उपाधि

रियल मड्रिडको पोल्टामा स्पेनिस ला लिगाको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २ स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले चुमेको छ । गतराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि चुमेकोे हो । घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा करिम बेञ्जिमाले गोल गरे । खेलको ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन । फेरि रामोसको सट्टा बेञ्जिमाले प्रहार गरेपछि सहज गोल भयो । एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो । त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो । यता त्यही समयमा भएको खेलमा बार...
विहारमा उद्घाटन भएको १ महिनामै पुल भत्कियो

विहारमा उद्घाटन भएको १ महिनामै पुल भत्कियो

समाचार, संसार
पूर्णपुष्टि, साउन १ भारतको बिहारमा उद्घाटन भएको एक महिनामै पुल भत्किएको छ । २ सय ६४ करोड रुपैयाँमा निर्माण गरिएको विहार राज्यको सत्तरघाट महासेतु पुल उद्घाटन भएको एक महिनामै भत्किएको हो । २ सय ६४ करोड भारु आर्थत (४ सय २२ करोड नेरु) मा निर्माण गरिएको पुलको बिहारका मुख्यमन्त्री नीतिश कुमारले एक महिना पहिले अर्थात् १६ जुनमा उद्घाटन गरेका थिए । गत राति परेको भारी वर्षाको कारण गण्डक नदीमा पानीको मात्रा बढ्दा त्यसको भार थाम्न नसकेर पुल भत्किएको जनाईएको छ । सन् २०१२ बाट निर्माण सुरु गरिएको यो पुल ८ वर्ष लगाएर एक महिना पहिलेमात्र सम्पन्न भएको थियो । बिहारको गोपालगञ्जलाई चम्पारण तथा तिरहुतका धेरै जिल्लासँग जोड्ने यो पुल भत्किएपछि यी क्षेत्रमा आउने जाने बाटो बन्द भएको छ । यो पुल निर्माणमा मुख्यमन्त्री नीतिश कुमारले भ्रष्ट्राचार गरेको भन्दै अहिले बिहारमा उनको तीव्र आलोचना भइरहेको छ ।...