Wednesday, May 20News That Matters

संसार

राफेल लडाकू विमान भारतीय सर्वोच्चद्वारा खारेज

राफेल लडाकू विमान भारतीय सर्वोच्चद्वारा खारेज

समाचार, संसार
कात्तिक २९ गते ।  सन् २०१८ डिसेम्बर १४ मा भारतीय सर्वोच्च अदालतले गरेको फैसला आफैले सदर गरेको छ । यस आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू विमान खरिद प्रकरण टुङ्गिएको हो । मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि विमान खरिदमा भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश रन्जन गोगोई तथा न्यायाधीश सन्जय किशान कौल र के एम जोसेफको संयुक्त इजलासले डिसेम्बर १४, २०१८ को सर्वोच्चको आदेशविरुद्ध परेको याचिकालाई खारेज गरेको थियो । अदालतको आदेशमा विमान खरिदसम्बन्धी तथ्य प्रमाणहरुका आधारमा निर्णय–प्रक्रियामा कुनै त्रुटी नदेखिएको बताउँदै विमानको मूल्यका बारेमा अदालतले कुनै निर्णय गर्न नसक्ने र त्यसमा आफ्नो चासो नरहेको उल्लेख छ । सर्वोच्चको पूर्व निर्णयमाथि पुनर्विचार गरियोस...
ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

समाचार, संसार
कात्तिक २२ गते ।  न्यूयोर्कको एक न्यायधिशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ । ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा उक्त रकम जरिवाना तिन आदेश दिएको हो । न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै उक्त रकम तिर्नु पर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो ।...
गोली हानी ९ जना अमेरिकी नागरिकको हत्या

गोली हानी ९ जना अमेरिकी नागरिकको हत्या

समाचार, संसार
कात्तिक २० गते । मेक्सिकोमा गोली हानी ९ जना अमेरिकन नागरिकको हत्या भएको छ । उत्तरी मेक्सिकोमा ६ बालिबालिका र ३ महिलासहित ९ जनाको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ । लागुऔषध तस्करको समूहले उनीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ । पीडित लहुबारन परिवारका सदस्य रहेको जनाईएको छ । उनीहरु मेक्सिकोका मोरमन समुदायसँग अलग भएर बनेको परिवार हो । मेक्सिकोका सुरक्षामन्त्रीले गलत पहिचानका कारण उनीहरु निसाना बनाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उत्तरी मेक्सिकोको सिनोरा राज्यमा २ ड्रग माफियाबीच लडाइँ रहेको छ । एउटा समूह ला लिनिआ जुन एउटा ठूलो ‘खुआरेज’ ड्रग्स गिरोहसँग जोडिएको छ भने अर्को समूह ‘लोस चापोस’ हो, जो सिनालोआ गिरोहको हिस्सा मानिन्छ । तस्कर समूहको झडपको चपेटामा उनीहरु परको भन्दै राष्ट्रपति ट्रम्पले दुःख व्यक्त गरेका छन् । तस्कर विरुद्धको अभियानका लागि अमेरिका तयारी अवस्थामा र...
३९ मृत्यु प्रकरणको शंकामा ८ जना पक्राउ

३९ मृत्यु प्रकरणको शंकामा ८ जना पक्राउ

समाचार, संसार
कात्तिक १९ गते ।  बेलायतमा भेटिएका ३९ जनाको शवको घटनामा संलग्न रहेको आशंकामा भियतनामी प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनामा संलग्नको आशंकामा पक्राउ गरेको हो । घटनाबारे अनुसन्धानका लागि ८ जना पक्राउ परेको भियतनामी सञ्चार माध्यमले जनाएको छ । शव फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई यस अघि बेलायती प्रहरीले पक्राउ गरेको थियो । बेलायतको राजधानी लण्डनदेखि पूर्व ग्रेज एसेक्सको औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र गत अक्टोबर २३ मा ३९ जनाको शव फेला परेको थियो । ती शव कुन देशका नागरिकको हो भन्ने अझै खुलेको छैन । फेला परेका शवमध्ये ३१ पुरूष र ८ जना महिला छन् । मृत्युको कारण पत्ता लगाउन हाल शव परीक्षण भइरहेको जनाइएको छ ।...
चिनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा  १० अर्व खर्च

चिनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा १० अर्व खर्च

आर्थिक, समाचार, संसार
कात्तिक १७ गते ।  ‘बेल्ट एण्ड रोड’ कार्यक्रम मार्फत चिनसँग जाडिएका देशहरुमा चिनले १० अर्व चार करोड अमेरिकी डलर खर्चेको छ । सन् २०१९ को सुरुदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले जनाएको हो । गत वर्षको जनवरीदेखि अक्टोबरसम्म भएको लगानीको तुलनामा ६ प्रतिशतले कमी आएको हो । यस लगानी चिनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हुन आउँछ । सिङ्गापुर, भियतनाम, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, लाओस, इन्डोनेसिया, पाकिस्तान, कम्बोडिया र काजकस्तानमा लगानी भएको मन्त्रालयले दिइएको तथ्याङ्कमा उल्लेख भएको छ । यस वर्षको सुरूको नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार नै सय चार नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका देशहरूमा लगानी गर्ने सम्झौता गरेका छ...
विमान दुर्घटनामा ५ जनाको मृत्यु

विमान दुर्घटनामा ५ जनाको मृत्यु

समाचार, संसार
कात्तिक ८ गते ।  मेक्सिकोमा एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी राज्य मिचोआकानमा बुधबार विमान दुर्घटना हुदा पाँच जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएपनि यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले जानएका छन् । विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ । विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि पत्रिकाले उल्लेख गरेको छ ।...
जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

समाचार, संसार
असोज २८ गते । ‘हागिबिस’ नामक शक्तिशाली आँधीबाट जापानमा मृत्यु हुनेको संख्या ५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेपनि हजारौँ व्यक्तिहरु बेपत्ता तथा घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरेको अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सेना परिचालन गरिएको छ  । आँधीले विभिन्न ठाउँमा पहिरो जानुका साथै पानीको बहाव बढेपछि नदी किनाराका घर डुबानमा परेको छ । आँधीले गर्दा जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । आँधीले गर्दा नीनवटा खेल रद्द भइसकेका छन् । जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले जनाएका छन् । आँधीपछि उद्धारका लागि रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् । आँधी कम भए पनि नागानोको छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको छ । ...
आईएमएफमा भारतको अर्थव्यवस्था कमजोर

आईएमएफमा भारतको अर्थव्यवस्था कमजोर

समाचार, संसार
भदौ २८ गते । भारतको आर्थिक वृद्धिदर निकै कम गतिले बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ । तरपनि भारतीय अर्थव्यवस्था चिनियाँ अर्थव्यवस्था भन्दा माथि हुने आईएमएफले जनाएको हो । आईएमएफका नयाँ तथ्याङ्क अनुसार कोर्पोरेट तथा पर्यावरणीय नियामकको अनिश्चितता र केही गैरबैंकिङ कम्पनीका कमजोरीका कारण भारतको आर्थिक वृद्धिदर अहिले अनुमान गरिएको भन्दा निकै कमजोर रहेको छ ।’ चालु आर्थिक वर्षको पहिलो तीन महिना अप्रिलदेखि जुनसम्ममा भारतको आर्थिक वृद्धिदर गएको सात वर्षमा सबै भन्दा कम ५ प्रतिशत रहेको छ । गएको वर्षको पहिलो तीन महिनामा आर्थिक वृद्धिदर ८ प्रतिशत रहेको थियो । पहिले भारतको आर्थिक वृद्धिदर ७.५ प्रतिशत रहेको थियो । तर आईएमएफले ०.३ प्रतिशत कटौती गर्दै भारतीय आर्थिक वृद्धिदर ७.२ प्रतिशत रहेको आईएमएफको प्रतिवेदनमा जनाएको छ ।...
मोदि र ओलिले गरे पाइपलाईन उद्घाटन स्वीच थिचेर

मोदि र ओलिले गरे पाइपलाईन उद्घाटन स्वीच थिचेर

आर्थिक, समाचार, संसार
भदौ २४ गते ।  नेपाल–भारत पेट्रोलियम पाईपलाईन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर मंगलबार पाइपलाइनको उदघाटन गरेका हुन् । भिडियो कन्फ्रेन्सबाट दुवै देशका प्रधानमन्त्रिले उदघाटन गरेको थियो । अहिले कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा छन् । उद्घाटन कार्यक्रममा प्रम ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको  बताएको छ । अमलेखगन्जका इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए  । उक्त तेल भण्डारण गृहमा खन्याइएको थियो । उद्घाटनसँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जको डिपोमा भण्डारण हुन थालेको  छ । २०७२ ...
अफगानको शान्ति वार्ता म¥यो

अफगानको शान्ति वार्ता म¥यो

समाचार, संसार
भदौ २४ गते ।  अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध समाप्त गर्ने उद्देश्यले तालिबानसँग कुराकानी भएपनि मरेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । आफुसँग भएको त्यो कुराकानी मरिसकेको ह्वाइट हाउसमा पत्रकारसँग ट्रम्पले बताएका हुन् । क्याम्प डेभिडमा आईतबार तालिबानका एक प्रतिनिधि मण्डलसँग कुरा गर्ने कार्यक्रम रहेपनि उक्त दिन भन्दा पहिला नै ट्रम्पले बैठक रद्द गरेका छन् । वार्ताका लािग दुबै पक्ष निकै नजिक पुगिसकेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प बार्ताबाट पछि हटेपछि त्यसको आलोचना गर्दै तालिबानले अमेरिकालाई नै हानी हुने बताएका थिए । ट्रम्पले अफगानिस्तानबाट १४ हजार आफ्ना फौज फिर्तालाई विदेश नीतिलाई एउटा महत्वपूर्ण लक्ष्य बनाएको छ । कुराकानी समाप्त गर्ने अमेरिकाको निर्णयको स्वागत गदै यसलाई सही समयमा र सही कदम उठाएको अफगानिस्तान सरकारले बताएका छन् ।...