Wednesday, May 6News That Matters

समाचार

बाढी जोखिम त्रिनपा १५ तोरीबारीमा भु – गर्भ विद् टोलीको परिक्षण

बाढी जोखिम त्रिनपा १५ तोरीबारीमा भु – गर्भ विद् टोलीको परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ पुष । त्रियुगा नगरपालिका वडा नं १५ तोरीबारीमा पहिरोले क्षती पुराएको स्थानमा भु–गर्भ टोलीले माटो परिक्षण गरेको छ । गत असार २५ गते बर्षाको कारण पहिरोले क्षती पुराएको उक्त स्थानलाई विपद व्यवस्थानको सडक विभाग अन्तर्गत भु–गर्भ टोलीले माटो परिक्षण गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आज टोलीले परिक्षण सकाउने जनाए । तिन दिन अघिदेखी परिक्षणमा निरन्तर खटेको टोलीले आज काम सकाउने र छिट्टै यसको रिजल्ट निकाल्ने जनाए । वडाको निरन्तर प्रयास र वस्ती व्यवस्थापन माग पछि टोलीले काम सुरु गरेको अध्यक्ष तिमिल्सिनाले जनाएको छ । परिक्षणको ७ देखी १० दिन भित्रमा त्यस स्थानो अवस्था पत्ता लगाउने र वस्ती वस्न मिल्ने वा अन्यत्र सार्नु पर्ने टोलीले सिफारिस गर्ने जनाएको छ । उक्त पहिरोको क्षतीमा परी एक बालिकाको ज्यान गएको थियो भने अन्य दुई जना घाईते र अन्य धेरै परिवार विस्थापित बनेका थिए ।...
फोक्सिन्टारमा बेलिब्रीज निर्माण अन्तिम चरणमा

फोक्सिन्टारमा बेलिब्रीज निर्माण अन्तिम चरणमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २२ । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सगरमाथा राजमार्ग अन्तर्गत फोक्सिन्टारमा निर्माणाधीन बेलिब्रीज अन्तिम चरणमा पुगेको छ । गाईघाट–दिक्तेल सडक योजना कार्यालयले यही महिनाको २४–२५ गतेभित्र यातायात सुचारु हुने जनाएको छ । गत असोज १२ गते राति सुनकोशीमा आएको को बाढीले १२० मिटर लामो आर्क डिजाइनको पक्की पुल भत्काएपछि स्थानीय समस्यामा परेका थिए । यसपछि विकल्पको रूपमा १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँको लागतमा बेलिब्रीज निर्माण थालिएको हो । निर्माणको जिम्मा पाएको आरएन कन्स्ट्रक्सन कटारीले ५० मिटर लामो बेलिब्रीजको ९० प्रतिशतभन्दा बढी काम सकेको छ । योजना कार्यालयका साइट इन्चार्ज इन्जिनियर सुवास तिवारीका अनुसार पहिले पनि यही स्थानमा बेलिब्रीज रहेको र सामग्री उपलब्ध भएकाले निर्माण कार्य छिटो र सहज भएको छ । हाल यात्रुहरूले रसुवाघाटस्थित झोलुङ्गे पुल प्रयोग गर्नुपरेको छ । उल्लेखनीय छ ...
बेलका नगरपालिकाको तालाबन्दी खुल्यो, छानबिन समिति गठन

बेलका नगरपालिकाको तालाबन्दी खुल्यो, छानबिन समिति गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २१ ।  रोजगार सहायक पदमा नियुक्तिमा अनियमितता भएको भन्दै नेकपा एमालेले लगाएको तालाबन्दी आइतबार खुलेको छ । पौष १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी पाँच बुँदे सहमतिपछि खोलिएको हो । नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उपमेयर जीरा राईको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले पाँच दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्नेछ । छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म आरोपित प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई जिम्मेवारीबाट हटाइने र दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।...
उदयपुरमा सेनाको ८५ किलोमिटर पैदलयात्रा सुरु

उदयपुरमा सेनाको ८५ किलोमिटर पैदलयात्रा सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २१ । नेपाली सेनाले आइतबारदेखि उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीबाट ८५ किलोमिटर लामो पैदलयात्रा सुरु गरेको छ । जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरू चिनाउँदै स्थानीयसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सेनाको पशुपतिप्रसाद गण बोक्सेले पैदलयात्राको आयोजना गरेको हो । गणपति शिवप्रसाद वाग्लेका अनुसार महाभारत श्रृङ्खला पार गर्दै जाने यो यात्रा माघ २८ गते चौदण्डीगढी नगरपालिकाको पर्यटकीयस्थल चौदण्डीगढीमा पुगेर समापन हुनेछ । यात्राको क्रममा जिल्लाको मध्यभाग हुँदै रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका केही भूभाग पार गरिनेछ । साताव्यापी यात्राका क्रममा विभिन्न गाउँबस्ती, विद्यालय र सार्वजनिकस्थलमा स्थानीयसँग भेटघाट र कुराकानी गरी आत्मीयता बढाउने योजना रहेको छ । यात्रामा स्थानीय तहका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी, साइक...
श्रीमतीको जन्म दिनमा ११ लाखको जिवन बिमा उपहार

श्रीमतीको जन्म दिनमा ११ लाखको जिवन बिमा उपहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० पुष । हिजो आज जिवन विमा सबैको लागि महत्वपूर्ण बन्दै गएको छ । बुझेर गरोस या नबुझेरै गरोस तर जिवन विमा गर्ने मानिसहरुलाई कहिल्यै पछुतो हुने छैन् । बिमा पछिल्लो समय मानिसको अपरिहार्य नै बन्दै गएको छ । जिवन विमाले आर्थिक बचत सँगै जिवनको जोखिमलाई आर्थिक पहुँचमा बदल्छ । हालको समय बिमा गराउने व्यक्तिहरु जति क्रियाशिल छ उतिनै गर्नेहरु पनि क्रियाशिल बन्दै गएको छ । बिमा गर्नु पर्छ भन्ने चेतनाको विकास बढ्दै गएपछि मानिसहरुले बिमालाई जिन्दागिको आवश्यकता भनेर बुझ्दै गएको छ । यसरीनै जिवन विमाको आवश्यकता र फाईदालाई बुझेर उदयपुरमा एक जोडिले भने जन्मदिनको अवसर पारेर जिवन विमा गरेको छ । बेलका नगरपालिका ७ मैदामैनी बस्ने पारुहाङ राईले श्रीमती हिरा कुमारी राईको जन्म दिनमा ११ लाखको जिवन विमा उपहार प्रदान गरे । राई दम्पतिले सनलाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखामा गएर श्रीमतिको ४५ औँ जन्म उत्स...
उदयपुरको मुर्कुचीमा आजदेखी रौतामाई मिनि महोत्सव सुरु

उदयपुरको मुर्कुचीमा आजदेखी रौतामाई मिनि महोत्सव सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १९ । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा आज (शुक्रबार) देखी रौतामाई मिनि महोत्सव सुरु भएको छ । रौता स्पोर्टस क्लबद्धारा आयोजित महोत्सव रौतामाई गाउँपालिकाको अध्यक्ष बिरेन्द्र कुमार मगरले उद्घाटन गरेसँगै औपचारिक रुपमा सुरु भएको हो । रौता स्पोर्टस क्लबका अध्यक्ष हरि आले मगरका अनुसार आन्तरिक व्यापार, पर्यटन, कला र संस्कृति प्रवर्धन गर्ने उदेश्य सहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन अध्यक्ष मगरले जनाए । महोत्सवको आज पहिलो दिन चर्चित गायिका एलिना चौहानले प्रस्तुति दिने आयोजकले जनाएको छ । महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे...
मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ पुष । मोरङको विराटनगर महानगरपालिका(४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुष १८ गते राती ८ बजे अस्पतालमा पार्किङ गरी राखेको को।२३ प ६१७६ र प्रदेश १(०२( ०४४ प १९ नम्बरको मोटरसाईकलको लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा विराटनगर (३ का १८ बर्षीय निकपाल यादब र १८ बर्षीय जितेन्द्र यादबलाई अस्पतालमा खटिएको प्रहरी कर्मचारीले नियन्त्रणमा लिएको हो । चोरीमा संलग्न रहेका दुबैजनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भई रहेको छ ।...
लागुऔषध ब्राउनसुर सहित १ जना पक्राउ

लागुऔषध ब्राउनसुर सहित १ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ पुष । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागुऔषध ब्राउनसुर सहित १ जनालाई पक्राउ गरेको छ । पुष १८ गते साँझ भारत बाट नेपालतर्फ आउदै गरेका सुनसरी इटहरी उप(महानगरपालिका(४ का १९ बर्षीय बिजय लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुर सहित बिराटनगर महानगरपालिका(१५ स्थितबाट नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुर सहित पक्राउ परेका लिम्बुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।...
नक्कली व्यक्तिलाई नियुक्ति गरेको भन्दै बेलका नगरपालिकामा एमालेको तालाबन्दी

नक्कली व्यक्तिलाई नियुक्ति गरेको भन्दै बेलका नगरपालिकामा एमालेको तालाबन्दी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १८ ।  उदयपुरको बेलका नगरपालिकामा नेकपा एमालेले बिहीबार तालाबन्दी गरेको छ । पास गरेको व्यक्तिको ठाउँमा अर्कै व्यक्तिलाई नियुक्ति गरेको भन्दै एमाले बेलका नगर कमिटीले प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । केही दिन अघि नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट स्वरोजगार सहायक पदमा बेलका-२ का दिव्यराज अधिकारी उत्तीर्ण भएका थिए । तर उनको ठाउँमा सोही नामका परीक्षामा सहभागी नै नभएको व्यक्ति नियुक्ति लिन आएको थियो । बेलकाका मेयर अशोक कार्कीका अनुसार कार्यालयमा कोही नभएको मौका छोपेर नियुक्ति लिन आएका व्यक्तिलाई बुधबार नै पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । परीक्षा लिने कर्मचारीले नियुक्ति लिन आएका व्यक्ति अर्कै भएको थाहा पाएर खबर गरेपछि तत्काल पक्राउ गरिएको मेयर कार्कीले बताए । मेयर कार्कीले नाम मिल्न जाँदा कर्मचारी झुकिएर यस्तो भएको तर झुक्याएर जा...
दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष १८ । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसमा दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन नहुँदा विद्यार्थीहरूलाई असर परेको छ । बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बरुवा क्याम्पस कमिटि उदयपुरका सचिव अभिषेक थापा मगरले नाला व्यवस्थापनको माग राख्दै निकालेको विज्ञप्ती क्याम्पस प्रमुख भिम बहादुर खड्कालाई बुझाएका छन् । । विज्ञप्तमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम्पसमा बढ्दो सहरीकरणसँगै फोहोरको समस्या पनि बढ्दै गएको छ, क्याम्पस प्राङ्गण नजिकैको नालीमा अव्यवस्थित रूपमा बगिरहेको दुर्गन्धित फोहोर पानीका कारण दैनिक ६ सय देखि ७ सय विद्यार्थीहरू क्याम्पस प्रवेश गर्दा र निस्किदा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।’ विज्ञप्तिमा देशको भविष्य निर्माण गर्ने विद्यार्थीहरू अध्ययन गर्ने शैक्षिक थलोमा यस्तो समस्...