विद्यार्थीको घरायसी कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय
पूर्णपुष्टि, पुष १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको मूल्याङ्कन प्रणालीमा नयाँ व्यवस्था थप गर्ने भएको छ । अब विद्यार्थीले घरमा गर्ने कामको पनि मूल्याङ्कन गरी नम्बर दिइने भएको छ । शिक्षामन्त्री विद्या भट्टराईका अनुसार मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ ।
परीक्षामा लेखेको आधारमा मात्र मूल्याङ्कन गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोड्न लागेको हो । विद्यार्थीले खेतबारी जोतेको, घाँस काटेको, भात–तरकारी पकाएको, भाइबहिनी हेरेको, बजारमा किनमेल गरेको, लुगा सिलाएको वा आरनमा काम गरेको जस्ता कामको पनि मूल्याङ्कन हुने भएको छ ।
हाल कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुने गरेको छ भने कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुने गरेको छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छ...









