गाईघाटमा सरोकारवालाहरु सित सूचनाको हक सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया
पूर्णपुष्टि, २८ कार्तिक ।
बुधबार गाईघाटमा उदयपुरका सरोकारवाला निकायहरु सित सूचनाको हक सम्बन्धि एक दिने अन्तरक्रिया तथा छलफल गरिएको छ । राष्ट्रिय सूचना आयोगकको आयोजनामा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी तोकिएका व्यक्ति, सुरक्षा निकाय, गैरसरकारी संस्था, संञ्चारकर्मी, सूचना अभियान्ता लगायत सूचना सँग आबद्ध ब्यक्तित्वहरुको उपस्थितिमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा आयोगले आफ्नो काम, नियम, कार्यविधि, प्रगति र चुनौति लगायतको बिषयमा धारणा तथा प्रस्तुती राखेका थिए ।
त्यस धारणा र प्रस्तुती माथी उपस्थितिहरुले प्रश्न गरेका थिए । यस अवस्थामा सूचना हक सम्बन्धि कतिपय कुराहरु राम्रो हुँदै गएपनि कतिपय अवस्थाहरु भने सूचना लुकाउने, दुख दिने, माथिल्लो निकाय सम्म अनुमति लिनु पर्ने र कतिपय निकायहरुले सूचना दिनु पर्ने अधिकारी समेत नराख्ने र काम गर्दा नागरिकहरुलाई दिनु पर्ने सूच...








