Thursday, August 27News That Matters

समाचार

टायर पड्किदा १ जना भारतिय नागरिको मृत्यु

टायर पड्किदा १ जना भारतिय नागरिको मृत्यु

समाचार
मोरङ, बैशाख १७ गते । मोरङको बिराटनगरमा टायर पड्किदा एक जना भारतीय नागरीकको मृत्यु भएको छ । विराटनगर–१३ मा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको हो । बिराटनगर–१३ का जितेन्द्र यादबको सटर भाँडामा लिएर गाडिको टायरको पम्चर बनाई बस्दै आएको थियो । आज दिउँसो साढे १ बजे पुरानो टायरमा हावा लगाउने क्रममा एक्कासी टायर पड्किदा टायर भित्रको फलामको रिङ टाँउको र शरिरमा  लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । मृतक हैदरको शव पोष्टमार्टमको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
थप ३ जनामा कोरोना संक्रमण पुष्टि

थप ३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ गते ।  आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिर्पोट पोजेटिभ आएको हो । संक्रमित ३१, ४३ र ४५ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ती तीनै जना भारतबाट नेपाल आएर क्वरेन्टीनमा रहेका व्यक्ति भएको जनाईएको छ । संक्रमितसँग सम्पर्कमा रहेकाहरुको  कण्ट्याक्ट ट्रेसिङ भइरहेको जनाएको छ । आज थप  तीन जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।...
जिप्रका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन

जिप्रका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन

समाचार
बिराटनगर, बैशाख १७ गते । १ न.प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देश दिनुभएको छ । लकडाउनको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई आवश्यक ब्रिफिङ  र सुरक्षाको उपायहरु अपनाएर डिउटीमा खटाउन भिडियो कन्फ्रेन्स मार्फत जिप्रका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । पर्चा, पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लाग्न पनि निर्देशन दिनु भएको थियो । लकडाउनको समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका  माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिनु भयो । अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुनु पर्छ । नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानून भित्र रहेर निर्दैशनको पालना गर्दै काम गर्न नि...
कोरोना सहजै जित्न सकिन्छ : सांसद कार्की

कोरोना सहजै जित्न सकिन्छ : सांसद कार्की

समाचार
पूर्णपुष्टि, बैशाख १७ गते ।  कोरोनालाई सहजै जित्न सकिने १ न. प्रदेश सांसद विमल कार्कीले बताएका छन् । विदेशबाट आएकाहरुमा संक्रमण देखा परेपनि उनीहरुको घरपरिवारका सदस्यमा समेत कोरोनाको संक्रमण देखा नपरेकाले सहजै तित्न सकिने सांसद कार्कीले बताएका हुन् । सांसद कार्कीले भने “सरकार संवेदनशिल छ ।, संक्रमित क्षेत्रलाई सरकारले शिल गरेर परिक्षण कार्यलाई तिब्रता दिएको छ ।, अहिलेपनि संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य रस्वास्थ्यकर्मीहरुले स्वाव संकलन गर्ने कार्य भईराखेको छ ।” नेपालमै सवै भन्दा बढी कोरोना संक्रमित फेला परेका भुल्के बासीको मात्रै नभई संक्रमितहरुसँग सम्र्पकमा रहेका चौदण्डिगढी–५को सिवाई, सुन्दरपुर, त्रियुगा नगरपालिका–१ को मुथियाहीबासीको समेत स्वाव नमुना संकलन गिरएको थियो । संकलन गरेको स्वाव परिक्षणमा रिर्पोट नेगेटिभ आएकाले कोरोनालाई जित्न सकिने सांसद कार्कीले बत...
यूएई : नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

यूएई : नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १७ गते ।  यूएईमा रहेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिममा नेपाली श्रमिकहरु पनि परेकाले अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गर्न लागेको नेपाली दूतावासले जनाएको छ । यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने दूतावासले हिजो साँझ सूचना जारी गर्दै जनाएको छ । दूतावासको अधिकारिक वेवसाइटमार्फत वा  https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिंक खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूताव...
७५ मजदुर परिवारलाई सुनचाँदी व्यवसायी संघको खाद्यन्न सहयोग

७५ मजदुर परिवारलाई सुनचाँदी व्यवसायी संघको खाद्यन्न सहयोग

समाचार
गाईघाट/बैशाख, १७ सुनचाँदी व्यवसायी संघ उदयपुरले लकडाउनमा प्रभाव परेका ७५ मजदुर परिवारलाई खाद्यन्न राहत सहयोग गरेको छ । सुनचाँदी पसलहरुमा कार्यरत (कालिगढ) का विपन्न तथा मजदुर परिवारहरुलाई संघले खाद्यन्न राहत सहयोग गरेको उदयपुर सुनचाँदी व्यवसाय संघका अध्यक्ष गजेन्द्र बराइलीले बताउनुभयो । दैनिक सुनचाँदी पसलहरुमा काम गरि परिवार चलाईरहेको (कालिगढ) परिवारहरुलाई लकडाउनले गर्दा खाद्यन्नमा असर परेको भन्दै तत्कालका लागि भोकमरी बाट बचाउँन संघले खाद्यन्न वितरण गरेको बराइलीले बताउनुभयो । संघले २५ केजी चामल, २ प्याकेट नुन, २ पोका तेल, १ केजी सोयाविन र २ ओटा हात धुने सावुन सहितको खाद्यन्न राहत प्याकेज वितरण गरेको हो । यतिवेला धेरै मजदुरहरु मारमा परेको छ । लकडाउन थपिँदै जाँदा झनै भोकमरीको चपेटामा परेका यस्ता मजदुरहरुलाई सम्बन्धित निकायहरुले सहयोग नगर्ने हो भने आफुहरु ठुलो संकटमा पर्ने उदयपुर स...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, बैशाख १७ गते ।  मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध सहित दिलबन्धुप्रसाद मोदी पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटेका प्रहरी टोलीले बिराटनगर महानगरपालिका–५ का ३४ बर्षीय मोदीलाई १०० एमएल को डाईलक्स डि.सी. १५ बोतल, नाईट्भेट ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिवन २४ चक्की सहित मंगलवार बेलुका साँडे ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोदीमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
आज दिउँसो चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

आज दिउँसो चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १७ गते । आज दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भए पनि तराईमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो बादलमात्र लाग्ने पनि मध्य र पूर्वका केही ठाउँमा राति चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।...
विश्वमा कोरोना संक्रमित ३१ लाखभन्दा बढी

विश्वमा कोरोना संक्रमित ३१ लाखभन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका संक्रमित ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना संक्रतिमण पुष्टि भएको हो । संक्रमितमध्ये नौ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने अहिलेसम्म दुई लाख १७ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिले १९ लाख ६४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय २८ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । अहिलेसम्म १० लाख २५ हजारभन्दा बढीमा सक्रमण पुष्टि भएको छ । यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएको छ भने एक हजार आठ जनाको मृत्यु गए...
कोरोना संक्रमित क्षेत्रको पत्रकारसँग जानकारी लिदै महासंघ

कोरोना संक्रमित क्षेत्रको पत्रकारसँग जानकारी लिदै महासंघ

समाचार
पूर्णपुष्टि, बैशाख १६ गते ।  नेपाल पत्रकार महासंघले देशकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिको उदयपुरको भुल्के क्षेत्रमा कार्यरत पत्रकारको अवस्थाबारे जानकारी स्थलगतरुपमा लिएको छ । महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले संक्रमण फैलिएको स्थानमा पत्रकारको अवस्था बारे जानकारी लिएको हो । सो क्रममा उहाँले संक्रमित क्षेत्रमा उच्च जोखिम मोलेर पनि पत्रकारहरु खटिरहेपनि सरकारले स्वास्थ्य सुरक्षामा चासो नदिएको गुनासो गर्दै तत्काल चासो दिन माग गर्नुभयो । पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले संक्रमित जिल्लाका पत्रकारहरुको स्वास्थ्य विमाको लागि समेत पहल गर्ने जनाएको छ । सो क्रममा उदयपुरका पत्रकारहरुले संक्रमित क्षेत्रमा खटेका पत्रकारहरुको अवस्था, आवश्यकता र जोखिमको बारेमा अवगत गराएका थिए । देशभर ५४ जना संक्रमित हुँदा आधाभन्दा बढि २८ जना संक्रमित रहेको उदयपुरका पत्रकारहरु सामान्य मास्...