Monday, August 24News That Matters

समाचार

आगलागि पिडितलाई सहयोग

समाचार
उदयपुर/चैत्र, २३ हिजो घर आगलागि भई बिचल्लीमा परेको एक परिवारलाई सहयोग उपलब्ध गराईएको छ । त्रियुगा नगरपालिका ४ बगाहाका आगलागि पिडित कृष्ण बहादुर श्रेष्ठलाई त्रियुगा उद्योग बाणिज्य संघ, जेसिस उदयपुर, रेडक्रस सोसाईटी लगाएतले सहयोग गरेको हो । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाइलीका अनुसार खाद्यन्न तथा भाँडाकुडा र ओड्ने ओछ्याउने सहयोग प्रदान गरिएको हो ।  ...
प्रश्न हैन काम गर्ने बेला हाे : मुख्यमन्त्री राइ

प्रश्न हैन काम गर्ने बेला हाे : मुख्यमन्त्री राइ

समाचार
पूर्णपुष्टि, चैत २३ अहिले जिम्मेवार निकायहरुले प्रश्न हैन काम गर्ने बेला भएको प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ । आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिले सरकारका हरेक निकायहरुले प्रश्न गर्ने, आरोप प्रत्यारोप गर्ने र बाटो हेराहेर नगरी महामारी विरुद्ध लडने बेला भएको बताउनु भयो । उहाँले सरकारका हरेक निकाय, समाजिक संघ सस्था, वित्तिय क्षेत्र सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ेमात्र कोरोना महामारी विरुद्धको अभियानमा सफलता पाइने बताउनु भयो । उहाँले प्रदेश सरकारले कोरोना विरुद्धको अभियानलाई तिव्र रुपमा अगाडि बढाएको बताउनुभयो । उहाँले नागरिकमा सचेतना फैलाउने, आपूर्तीको व्यवस्थापन गर्ने, संक्रमित हुन नदिनका लागि सुरक्षा व्यवस्था मिलाउने, संक्रमित भइहाले परीक्षण र उपचार गर्ने लगायतका तयारीहरु प्रदेश...
राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

समाचार
पूर्णपुष्टि, चैत्र २३ प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्न चार बुँदे निर्णय गरेका छन् । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै निर्णय गरेका हुन् । सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा संचालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने र अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति संचालन गर्न अनुरोध गर्ने,  लकडाउनका कारण उत्पन्न हुन सक्ने अत्यावसक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र निम्न आय भएका, आधारभूत जनता र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकपमता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । यसैगरी कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनम...
पत्रकारलाई सेनिटाइजर र मास्क

पत्रकारलाई सेनिटाइजर र मास्क

समाचार
पूर्णपुष्टि, चैत २१ गते । कोरोना भाइरस सन्त्रास र लकडाउनको क्रममा पनि नागरिकहरुसम्म खबर पुर्याउन खटिरहेका उदयपुरका पत्रकारहरुलाई एक व्यवसायी तथा समाजसेवी युवाले सेनिटाइजर र मास्क उपलब्ध गराएका छन् । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्षसमेत रहेका रमेश रसाइलीले पत्रकारहरुका लागि सेनिटाइजर र मास्क उपलब्ध गराउनुभएको हो । उहाँले पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ, उदयपुरलाई ४८ थान सेनिटाइजर र मास्क आइतबार उपलब्ध गराउनु भएको हो । रसाइलीले महासंघ शाखा अध्यक्ष भरत खड्का र उपाध्यक्ष भोटराज राईलाई प्रदान गर्दै सबै पत्रकारको सुरक्षाको कामना गर्नुभयो । अहिलेको अवस्थमा सुचना संकलन र सम्प्रेक्षणमा खटिरहेका पत्रकारहरु सुरक्षाकर्मी, स्वस्थ्यकर्मी जतिकै जोखिममा रहेकाले आप्mनोतर्फबाट सेनीटाइजर र मास्क उपलब्ध गराएको उपाध्यक्ष रसाइलीले बताउनुभयो । खोजेको बेला बजारमा सेनीटा...
लापर्वाही नगर्दिन जनस्वास्थ्य कार्यलयको आग्रह

लापर्वाही नगर्दिन जनस्वास्थ्य कार्यलयको आग्रह

समाचार
उदयपुर/चैत्र,२३ जनस्वास्थ्य कार्यलय उदयपुरले कोरोनाबाट बच्न सर्वसाधरणहरुलाई उच्च सतर्कता रहन सुझाव दिइएको छ । नेपालमा संक्रमणको स्थिति भयाबह भएमा अन्य मुलकको जस्तो व्यवस्था नरहेको भन्दै  यसको पहिलो व्यवस्था र समधान नै रोकथाम रहेको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उहाँले नडराऔ, उच्च मनोवल बनाऔँ तर हेलचेकक्राई नगरौँ भन्दै यसको नियन्त्रणमा सबै लाग्नु पर्ने सुझाब दिनुभयो । उहाँले यसको नियन्त्रणमा सहयोग पुराउन सर्वसाधरणहरुले घरमै बसेर लकडाउनको पालना गर्नुपर्ने बताउनुभयो । नेपालमा ९ जनालाई यसको संक्रमण देखिएपछि थप सतर्कताहरु अपनाउनु पर्ने भन्दै उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको छ । सुवेदीले बिभिन्न स्थानीय तहहरुले यसलाई पूर्ण ध्यानकेन्द्रित गरी स्वास्थ्य क्षेत्रलाई पनि प्राथामिकतामा राखेको बताउनुभयो । प्रमुख सुवेदीले उदयपुरबाट ५ जना बिरामीको स्वाब नमुना ...
घरमै बसिदिन् जनस्वस्थ्य प्रमुखकाे आग्रह

घरमै बसिदिन् जनस्वस्थ्य प्रमुखकाे आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २३ । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख माेहन सुवेदीले नागरिकहरूलाइ घरमै बसिदिन अाग्रह गर्नुभएकाे छ । लकडाउनकाे कारण घर बस्ने भन्दा पनि सुरक्षाकाे लागि बस्नु पर्ने उहाँले बताउनुभयाे । उदयपुरमा ५ जनाकाे स्वाप परिक्षणमा सबै नेगेटिभ देखिएकाे र अब चारजना लिम्चुङबुङ गाउपालिका र चारजना जिल्ला अस्पतालबाट गरी ८ जनाकाे स्वाप परिक्षणमा पठाइने प्रमुख सुवेदीले जानकारी दिनुभयाे । वहाले जिल्लामा करेन्टाइनहरूकाे व्यवस्थापनमा स्थानीय सरकारकाे राम्राे भुमिका देखिएकाे बताउनुभएकाे छ । विस्तृत अन्तरवार्ता हेर्नका लागि तलकाे लिंक खाेल्नुहाेला । https://www.facebook.com/Purnapusti420730/videos/3488626527820877/...
५ जनाको रिपोर्ट नेगेटिभ २ जनाको आउन बाँकी

५ जनाको रिपोर्ट नेगेटिभ २ जनाको आउन बाँकी

समाचार
पूर्णपुष्टि/चैत्र,२८ उदयपुरबाट स्वाबको लागि धरान पठाइएको ५ जनाको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । बिरामी आसंका गरी स्वास्थ्य परिक्षणको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा नमुना संकलन पाठाइएको रिपोर्टमा ५ जनाको नेगेटिभ देखिएको छ भने बाँकी २ जनाको रिर्पोट आउन बाँकि रहेको छ । विदेशबाट आएका त्रियुगा नगरपालिकाका ४ जना र बेलका नपाबाट १ जनाको स्वाब परीक्षणका लागि धरानस्थित वीपी स्वास्थ्य प्रतिष्ठान पठाइएको थियो । शनिबार पठाएका बाहेकका सबै बिरामीको नतिजा नेगेटिभ आएकाले जिल्लामा संक्रमण देखा नपरी सकेको जनस्वास्थ्य कार्यलयको प्रमुख मोहन सुवेदीले बताउनुभयो । सुवेदीले जिल्लामा नरहेको भनेर ढुक्क नपर्न अनुरोध गर्दै यसको संम्भावना भने अत्यादिक रहेको बताउनुभयो । उहाँले सबै सर्वसाधरणहरुलाई सुरक्षित घरभित्रै बस्न समेत अनुरोध गर्नुभएको छ । प्रमुख सुवेदीका अनुसार जिल्लाका ८ स्थान...
इटालीमा पहिलो पटक गम्भिर विरामीको संख्या घट्यो

इटालीमा पहिलो पटक गम्भिर विरामीको संख्या घट्यो

समाचार
पूर्णपुष्टि/चैत्र,२३ विश्वभर फैलिरहेको कोरोना भाइरसले इटालीलाई तहस नहस नै  बनायो । इटालीको लोम्बार्डी शहरबाट सुरु भएको यो भाइरसले सो स्थानमा ठुलै मानविय क्षेती पुराउनुका साथै अन्य स्थानहरुमा समेत फैलाउन सहयोग पुरायो । विश्वभरीका देशहरु मध्य अहिले सम्म इटाली सबै भन्दा मानविय क्षेति बेहोरेको देश हो । तर यहाँ संक्रमण पछि पहिलो पटक खुसिको खबर आएको छ । पहिलो पटक इटालीमा कोरोनाका गम्भिर बिरामीहरु घटेको छ । यसो हुदा इटालीयन देशका नागरिकहरुमा केही खुसि छाएको छ । संक्रमण पछिको पहिलो खुसि हो ।  इटालीमा लगतार मृत्युको संख्या बढ्दै गएको थियो । शनिवार मात्रै गम्भिर विरामीको संख्या ७४ जनाले घटेको थियो यो संक्रमण पछिको पहिलो रेकर्ड हो । इटाली जनताको सुरक्षा निकाय सिभिल प्रोटेक्सन डिभिजन (नागरिक सुरक्षा विभाग)का प्रमुख एन्जेलो बोर्रेलीको अनुसार यसरी सँख्या घट्नु इटालीको सुखको खबर र महत्वपूर्ण ...
राहत वितरण गर्दा उच्च सतर्कतामा कमि

राहत वितरण गर्दा उच्च सतर्कतामा कमि

समाचार
पूर्णपुष्टि/चैत्र,२३  उदयपुरमा यतिवेला राहत वितरणलाई प्राथामिकतामा राखिएको छ तर वितरणमा उच्च सतर्कता अपनाउने कुरमा भने कम्जोरी देखिने गरेका छन् । राहत लिन आउनेहरुको सामाजिक दुरी कायम देखिदैन भने राहत लिने र दिनेकै विचमा पनि यो समस्या छ । नजिक तथा टाँसिएर समेत लेनदेन भइरहेको तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालहरुमा प्रसस्त देखिरहेका छन् । राहत जनप्रतिनिधिकै हातबाट दिनु पर्छ भन्ने मानसिकता र सामाजिक संञ्जालमा लोकप्रिय हुने मह काकारण पनि यस्तो भईरहेको हो । सबै जनप्रतिनिधि र सबै ठाउँमा यो अवस्था नदेखिएपनि अधिकांशमा यो समस्या देखिने गरेको पाइन्छ । बुद्धिजिविहरुले राहत दिनेले एउटा टेवलमा राखिदिन र लिनेले उठाएर लैजाने गर्दा उपयुक्त हुने बताउँछन् । जनप्रतिनिधिहरु, नागरिक समाजहरु, र  सरोकारवालहरु रोहवरको रुपमा बस्दा हुने तर्क छ । सुरक्षाकर्मीहरुले हरेक ठाउँमा दुरी कायम गराउन र व्यवस्थित गर...
अपाङ्गता परिचय पत्र नबन्दा सामाजिक सुरक्षा भत्ताबाट बन्चित

अपाङ्गता परिचय पत्र नबन्दा सामाजिक सुरक्षा भत्ताबाट बन्चित

समाचार
मिलन परियार लिम्चुङबुङ/चैत्र,२३ लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका दिवस विश्वकर्माको भौतिक शरिर अन्य मानिसहरुको भन्दा फरक छ । उनि जन्मदै त्यस्तो अवस्थामा जन्मिएको हो । उनको देब्रे खुट्टा छोटो हुनुका साथै कुर्कुचा र घुडाको बिच भागमा हड्डी जोडिएको छैन । उ अहिले १० बर्षको भएको छ । डिडडुल गर्न सक्दैन स्कुल जाने रहर भएपनि जानक सकेको छैन् । बाहिर दिशापिशा पनि अरुले नै लग्नु पर्ने हुन्छ । विपन्न परिवारमा जन्मिएका विकलाई हिड्डुल गर्न बैशाखीको साहारा लिनु पर्छ उनको शरिरको सहजताका लागि आवश्यकता थुप्रै सामाग्रीहरु छैन् । उ शारिरिक अपाङ्गगताकै कारण पनि उसलाई अन्य व्यक्तिहरु भन्दा बढी साधनहरु आवश्यक परेता पनि उसलाई त्यो साधनहरु जुटाउन समेत आर्थिक छैन् । नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता भनेर अपाङ्गगता भएको कुनै पनि व्यक्तिहरुलाई छुटाएको छ । तर त्यो सामाजिक सुरक्षा भत्ता अहिले सम्म विकले नपाएको...