बेलसाेत क्वारेन्टाइन, प्रदेश भरकै राम्राे
पूर्णपुष्टि, चैत २४ ।
उदयपुरमा रहेको सबैभन्दा ठूलो र व्यवस्थित क्वारेन्टाइको आज अनुगमन भएको छ । कटारी नगरपालिकाको त्रिवेणी बेलसोत स्थित दुईसय बेडको क्वारेन्टाइनको अनुगमन भएको हो । प्रदेशभरमै सबैभन्दा राम्राे व्यवस्थापन रहेकाे पाइएकाे अनुगमन टेालीकाे प्रतिक्रिया छ ।
नेपाली सेनाको व्यवस्थापनमा रहेको उक्त १ नं. प्रदेश क्वारेन्टाइनको प्रदेश सरकारको तर्फबाट आएको अनुगमन टोली र जिल्लाको तर्फबाट प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरु सम्मिलित टोलीले अनुगमन गरेको हो । उक्त क्वारेन्टाइनमा हाल २६ जना रहेका छन् । ३४ वटा ब्लक भवनलाई पाँच क्लस्टरमा विभाजित गरी दुईसय वटा बेड राखिएका छन् । महिलाहरुका लागि छुट्टै एउटा क्लस्टरमा ४५ बेड बनाइएका छन् । नेपाली सेनाको १८ नं. वाहिणी अन्तर्गत बोक्सेस्थित रणसार्दुल गण अन्तर्गतको बेलसोत सुरक्षा गुल्ममा क्वारेन्टाइन बनाइएको हो । सेनाले आफु बसेको ठाउँसमेत खा...






