Monday, August 24News That Matters

समाचार

गाइघाटमा अन्य दिनभन्दा बढि कडाइ

गाइघाटमा अन्य दिनभन्दा बढि कडाइ

समाचार
पूर्णपुष्टि, चैत २२ । साँझपख गाइघाट बजारमा अत्यावश्यक काम भन्दा बढिजसाे अनावश्यक र रिमतेढंगले मानिसकाे चलहपहल बढेकाे पाइएपछि सुरक्षाकर्मीले अन्य दिनकाे भन्दा बढि कडाइ गरेकाे छ । लकडाउनकाे १२ अाै दिन अाज शनिबार  जिल्ला सदरमुकाममा सुरक्षाकमीले कडाइ गरेकाे हाे । सकेसम्म बजारका चाैकहरूमा अावतजावत सुन्य हाेस् भन्ने हेतुले सुरक्षााकर्मीहरू तैनाथ रहे । परैबाट सर्बसाधारणलाइ नअाउन संकेत गर्दै फर्काए । खाद्यन्न भन्दै पाँचकेजी चामल बाेक्ने, दुध भन्दै एकलिटर बाेक्ने साइकल, माेटरसाइकल र हस्पिटल, मेडिकलकाे नाम लिदै नजिकै पनि माेटरसाइकल चलाउनेहरूकाे हावा खाेली दिने, चावी नियन्त्रण लिने काम गरेका छन् । खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले ठुलाे मात्रामा दुध बाेकेका, खाद्यन्न दुवानी गरेका सवारीलाइ भने चल्न दिएका थिए । उनीहरूले बजारमा भिडभाड हुने गरी राखिएका तरकारी तथा अन्य पसलह...
नेपालमा पहिलो चोटी अर्को व्यक्तिमा कोरोना संक्रमण

नेपालमा पहिलो चोटी अर्को व्यक्तिमा कोरोना संक्रमण

समाचार
पूर्णपुष्टि/चैत्र,२२ अहिले सम्म बाहिर बाट आएको व्यक्तिहरु बाट मात्रै फैलिएको संक्रमण स्थानीयमा पनि सरेको छ । प्रत्यक्ष नेपालमै पनि यो संक्रमण एक व्यक्ति बाट अर्को व्यक्तिमा सरेको स्वास्थ्य मन्त्रालयको आधिकारिक पेजमा उल्लेख गरिएको छ । अहिले संक्रमणको संख्या ९ मध्ये १ जनामा भने नेपालमै सरेको जनाइएको छ । भर्खरै थप ३ जनामा देखिएको संक्रमण मध्य एक ३४ बर्षिया कैलालीको महिलामा कोरोना संक्रमण देखिएको हो । उनि कैलालीका १ जना विदेश बाट आएका संक्रमित व्यक्तिको आफन्त पर्ने जनाइएको छ । ‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’ कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्राल...
नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमण संख्या ९ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमण संख्या ९ पुग्यो

समाचार
 पूर्णपुष्टि/चैत्र,२२ नेपालमा पनि दिनानु कोरोना संक्रमण व्यक्तिहरु फेला पर्न थालेको छ । कैलाली र कन्चनपुरमा थप ३ जना कोरोना संक्रमित व्यत्तिहरु फेला परे सँगै नेपालमा पनि यसको सख्या ९ पुगेको छ । संक्रमित भारतको मुम्वाइबाट फर्किएका २१ बर्षिय पुरुष र अर्का एक जना पनि भारतको उत्तारखण्ड बाट फर्किएका ४१ बर्षिय पुरुष नै रहेको छ । भने अर्को एकजनामा भने स्थानीय ३४ बर्षिया महिला रहेकी छिन् । ति महिला यस अघि कैलालीमै संक्रमित भएका पुरुषको आफन्त रहेको जनाएको छ ।  सरकारले नेपाल लकडाउन गरेको अवस्था छ ता पनि यसको संख्याले बढ्दो गति लिरहेको अवस्था छ । स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट यो पछिल्लो ३ जनाको विवरण सार्वजनिक गरिएको छ । फ्रान्सबाट आएकी १ महिला पहिलो संक्रमणको रुपमा देखिएको कोरोना आज सम्म संक्रमितको संख्या ९ पुगेको हो । अहिले सम्म बाहिर बाटमात्रै संक्रमण आइरहेको अवस्थामा संक्र...
लकडाउनलाई नागरिकले बुझ्न थालेको प्रहरी भनाई, अन्तिम सम्म पूर्ण पालना गर्न अनुरोध

लकडाउनलाई नागरिकले बुझ्न थालेको प्रहरी भनाई, अन्तिम सम्म पूर्ण पालना गर्न अनुरोध

समाचार
गाईघाट/चैत्र, २२ लकडाउनको पालना गरी कोरोना बाट आफु अरु र देशलाई बचाउन सहयोग पुराउन जिल्ला प्रहरी कार्यलय उदयपुरले नागरिकहरुमा अनुरोध गरेको छ । कोरोना भाईरस संक्रमणलाई नियन्त्रण गर्न यतिवेला लकडाउनको निकै महत्वपूर्ण भुमिका देखिएको छ । यस बाट जोगिनुको पहिलो कदम नै लकडाउन रहेको विश्वको अनुसन्धानकर्ताहरु बताउँछन् । विश्वभरी नेपाल लगाएत विभिन्न देशहरुमा अहिले भाईरस नियन्त्रणको लागि थुप्रै चुनोती ब्यहोर्दै पनि देश तथा शहरहरु पूर्ण रुपले लकडाउन गर्नु परेको अवस्था छ । त्यस्तै नेपाल पनि अहिले कोरोना संक्रमणको भागिदार देश बन्न पुगेको छ । यतिवेला विश्वभरीका देशहरु कसरी जोगिने भन्ने कुरामा नै पूर्ण रुपले लागि परेको छ भने बिभिन्न देशका सरकारहरु आफ्नो जनता र देश कसरी बचाउने भन्ने कुराको चिन्तामा छ । यहि अवस्थामा नेपालका बिभिन्न ठाउँहरुमा लकडाउनको पूर्ण पालन गर्न सुरक्षा निकायको क्षेत्रबाट पनि कडा ...
ग्रामिण क्षेत्रमा पनि लकडाउनको पालना भईरहेको छ

ग्रामिण क्षेत्रमा पनि लकडाउनको पालना भईरहेको छ

समाचार
चौदण्डीगढी/चैत्र,२१ उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले ग्रामीण क्षेत्रमा पनि लकडाउनको पालना भइरहेको बताउनुभएको छ । पछिल्लो समय बजार क्षेत्रमा मानवीय चहलपहल न्यून भएको र गाउँघरमा पनि भीडभाड र हिड्डुल गर्ने क्रम न्यून भएको प्रहरी निरिक्षक चौलागाईले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउनमा कडाइ गरेपछि अहिले बजारमा अत्यावश्यक कामले मात्र मानिसहरु निस्कने र हिड्ने गरेको पाइएको छ । खाद्यन्न किन्न, औषधी, तरकारी, फुलफुल जस्ता अत्यावश्यक सामान किन्न बजार आउने गरेका छन् । त्यसरी आउनेहरुलाई प्रहरीले अनिवार्यरुपमा मास्क प्रयोग गर्ने र दुरी कायम गरेर मात्र हिड्ने वा किनमेल गर्ने गराएको छ । बजारमा हिड्डुल गर्नेलाई सोधीखोजी गरेर मात्र छाडिने गरेको छ । अनावश्यकरुपमा हिडडुल गर्नेलाई फर्काइने गरिएको छ । सुरुको समयमा पटक पटक सम्झाउदा ...
रौतामाईको ७ नं वडाका २३१ परिवारलाई खाद्यन्न वितरण

रौतामाईको ७ नं वडाका २३१ परिवारलाई खाद्यन्न वितरण

समाचार
मिलन परियार  रौतामाई/चैत्र, २१, देशमा लकडाउन भईरहेको अवस्थामा उदयपुर पनि पूर्ण रुपले लकडाउनमा छ । कोरोनो संक्रमणलाई रोक्नको निम्ति जिल्लाले पूर्ण लकडाउनको पालना गरिरहेको अवस्था भएपनि दैनिक रुपमा ज्याला मजदुरी र विपन्न परिवारहरु भने अहिले भोकमरीमा छ । यसै समस्यालाई समधान गर्न उदयपुरमा रहेका ८ ओटै स्थानीय तहहरु यतिवेला आफ्नो पालिकामा रहेका त्यस्ता परिवार र व्यक्तिहरुको पहिचान गरी राहत उपलब्ध गराउने कार्यमा जुटिरहेको अवस्था छ । यसै क्रममा रौतामाई गाउँपालिकाले पनि आफ्नो पालिकामा रहेको त्यस्ता व्यक्तिहरुको पहिचान गरी आज शुक्रबार २३१ घर परिवारलाई राहत वितरण गरेको छ । पालिकाको विभिन्न वडाहरुमा रहेका त्यस्ता व्यक्तिहरुलाई पहिचान गर्दै खाद्यन्न उपलब्ध गराराउने कार्य भईरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । खड्को अनुसार आज पालिकाको वडा नं ७ गुराँसे , मुर्...
चौदण्डीका विपन्न तथा दैनिक ज्याला मजदुरहरुलाई खाद्यन्न वितरण

चौदण्डीका विपन्न तथा दैनिक ज्याला मजदुरहरुलाई खाद्यन्न वितरण

समाचार
चौदण्डीगढी/चैत्र, २१ उदयपुरको चौदण्डीगढी नगरपालिकाले पालिकाभित्रका विपन्न र दैनिक ज्यालादारी नागरिकहरुलाई पहिचान गरी आजबाट धमाधम राहतस्वरुप खाद्यन्न वितरण थालेको छ । हाललाई १५ दिनका लागि खाद्यन्न वितरण गरिएको छ । लकडाउनका कारण काम गर्न नपाएर चुल्होमा आगो बल्न छाडेका विपन्नबर्गलाई पहिचान गरी खाद्यन्न वितरण गरेको हो । पालिकाले आज वडा नं. २, ५, १० मा वितरण गरेको छ भने बाँकी वडाहरुमा भोलीसम्ममा वितरण सक्ने जनाएको छ । वडा कार्यालयहरुको सक्रियतामा मेयर र उपमेयर आफै खटेर खाद्यन्न वितरण भईरहेको छ । खाद्यन्न वितरण प्रभावकारी बनाउन पालिकाले आफै प्याकिङ गर्ने र कोड नम्बर दिएर वितरण गर्ने गरेको छ । चामल र त्यसका लागि आवश्यक दाल, नुन, तेल वितरण गरेको छ । साथै साबुन, मास्क जस्ता सरसफाईका सामग्री पनि वितरण गरेको छ । टोली नै खटिएर खाद्यन्न विपन्न वर्गका घरघरमै पुर्याईएको छ । घरघरमै खाद्यन्न पाएपछ...
त्रियुगा राहत कोषमा नगरले छुट्याए १ करोड

त्रियुगा राहत कोषमा नगरले छुट्याए १ करोड

समाचार
गाईघाट/चैत्र, २१ विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण प्रभावित भएका विपन्न परिवार तथा संक्रमण रोकथामा र उपचारका लागि भन्दै त्रियुगा नगरपालिकाले कोषमा १ करोड बजेट छुटाएको छ । त्रियुगा राहत कोष नामक राष्ट्रिय बाणिज्य बैँङकमा रहेको खातामा नगरले १ करोड बजेट छुट्याएको नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो । नगरले अहिले लकडाउनको कारण प्रभावित भएको १६ ओटै वडाका विपन्न परिवारका व्यक्तिहरुलाई वडाहरुमा खाद्यन्न पुराउने काम  नगरले गरिरहेकोे छ । नेपालमा समेत भाइरसको दिनानु दिन बढ्दै गएको संक्रमणको रोक थाम र उच्च सतर्कताको निम्ति आवश्यक अनुसार लकडाउनलाई निरन्तर दिनु पर्ने अवस्थामा त्यस्ता विपन्न जनताहरुलाई भोकमरी बाट बचाउन नगरले पहिलो प्राथामिकताका साथ बजेट छुटाएको पनि मेयर चौधरीले बताउनुभयो । राहत कोषमा जम्मा भएको रकम संक्रणको रोक थाम साथै कुनै पनि व्यक्तिहरुमा संक्रमण देखिएमा तत्काल उपचारमा...
लिम्चुङ्बुङको ४ स्थानमा हेल्प डेक्स स्थापना गर्ने

लिम्चुङ्बुङको ४ स्थानमा हेल्प डेक्स स्थापना गर्ने

समाचार
मिलन परियार लिम्चुङबुङ/चैत्र,२१  विश्वभर फैलिएको कोरोना भाईरसलाई उच्च सतर्कता अपनाउने भन्दै लिम्चुङबुङ गाउँपालिकाले पालिकाको ४ स्थानमा हेल्प डेक्स तयार गर्ने भएको छ । पालिकाले आफ्नो ठाउँमा छिर्ने मुख्य ४ ओटा नाकाहरुमा हेल्प डेक्स तयार गर्ने भएको छ । लिम्चुङबुङ छिर्ने नाकामा पूर्ण निगरानी र तैनाथका साथ उच्च सतर्कता जनाउन हेल्प डेक्स तयारी गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जनाउनु भएको छ । फ्रान्स बाट कोरोना भाइरस संक्रमित  युवती संगै कतार एयरवेज  फ्लाईट बाट ४ गते  लिम्चुङ्बुङ गाँउ पालिका ३ बाराहा का एक युवा पनि काठमाण्डौ बाट गाईघाट हुदै लिम्चुङ्बुङ  आईपुगेका थिए । यस्तै अवस्थामा त्यस्ता व्यक्तिहरुको स्वास्थ्य परिक्षण र सोधपुछ गरी बाहिर बाट आउने व्यक्तिहरुलाई विषेश निगरानी साथै उनिहरुको अवस्था पक्तालगाई सतर्कतालाई सहयोग पुराउने भन्दै पालिकाले ४ वटा मुख्य नाका...
बारीमै कुहिन थालेकाे तरकारी किनबेच मिलाइदिन माग

बारीमै कुहिन थालेकाे तरकारी किनबेच मिलाइदिन माग

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २१ । राष्ट्रिय कृषक महासंघ, उदयपुरले लकडाउनका कारण कृषकहरुले लगाएका तरकारीहरु बारीमै कुहन थालेकाले बजार लैजाने र उपभोक्तालाई उपभोग गर्ने वातावरण मिलाइदिन माग गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले सरकारसंग यस्तो माग गरेको हो । स्थानीय सरकार तथा प्रदेश र केन्द्र सरकारले किसानहरुको मार्कालाई मध्ये नजर गर्दै ढुवानी तथा निर्यातको व्यवस्था मिलाइ सर्बसाधारणलाई ताजा तरकारी खरिद गरेर उपभोग गर्ने वातावरण मिलाइ दिन माग गरिएको हो । साधारण किसानहरुको कृषि कर्म नै जिविकोपार्जनको माध्यम भएको र उपभोक्ताहरुले सहजरुपमा तरकारी खान पाउने व्यवस्था मिलाउन आजको आवश्यकता ठहर गर्दै यस्तो माग राखिएको कृषक महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले बताउनुभयो । हिजो मात्र सरकारले कृषि तथा दैनिक उपभोग्य बस्तु, दुध, तरकारी जस्ता कुराहरुको सहज आपूर्तीमा सहजता ल्याउने जनाएको छ । सरकारको उ...