टी–२० मा नेपालको पहिलो जित
पूर्णपुष्टि, फागुन २१ गते ।
एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै जित हात पारेको हो ।
थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पूरा गर्दा कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेको थियो । पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ५ चौका र २ छक्कासहित ३६ रनको नट आउट पारी खेले । यसैगरी पवन शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे ।
पारस व्यक्तिगत ९ रन बनाएर आउट भए । ५ बल फेस गरेका पारसले २ चौका प्रहार गरे । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो ।
थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।
नेपालका ल...








