Sunday, August 23News That Matters

समाचार

संखुवासभामा आगलागी हुदा ७ लाखको क्षती

संखुवासभामा आगलागी हुदा ७ लाखको क्षती

समाचार
संखुवासभा, माघ २७ गते । संखुवासभाको पाचँखपनमा आगलागी हुदा करिब ७ लाखको क्षती भएको छ । पाचँखपन नगरपालिका–७ बाहुनगाउँ निबासी पदमनाथ कुईकेलको घरमा आगलागी हुदा अन्दाजी ७ लाखको क्षती भएको हो । विद्युत सर्ट भई आगलागी हुदा टिनको बेरा भएको तीन तले घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
आगलागीबाट २७ लाखको क्षती

आगलागीबाट २७ लाखको क्षती

समाचार
ईलाम, माघ २७ गते । ईलामको सूर्योदयमा आगलागी हुदा करिब २७ लाख बराबरको क्षती भएको छ । सूर्योदयन गरपालिका–२ निबासी शसी क्षेत्रको घरमा आईतबार बेलुका कििरब ७ः५० बजे आगलागी हुदा करिब २७ लाख ८ हजार बराबरको क्षती भएको हो । टिनको छानो भएको दुइ तले घरमा एक्कासी आगलागी हुदा सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान, लत्ता कपडा, अन्नपात लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

अवैध सामान बरामद

समाचार
झापा, माघ २७ गते । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिरबाट अन्दाजी एक लाख ७५ हजार बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटेका प्रहरी टोलीले विहान करिब साँढे ५ बजे नेपालबाट भारत तर्फ लैजाँदै गरेको एक सय २५ केजी मरिीच, दुई सय केजी छगडा र १५ केजी स्याउ बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान ईप्रकामा राखी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
झापा, माघ २६ गते । झापाको मेचीनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट शनिबार दिउँसो करिब १२ बजे मुस्कान फुयाल पक्राउ परेको हो । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटेका प्रहरी टोलीले दमक नगरपालिका–२ निबासी २१ बर्षिय फुयललाई डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल र फेनारगन ६० एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका फुयाल माथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार
पाँचथर, माघ २६ गते । पाँचथरको फिदिममा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–४ थापाटारमा शनिबार दिउँसो साँढे १ बजे दुर्घटना हुदा चालक शुक्रराज माझीको मृत्यु भएको हो । जोरपोखरीबाट फिदिम तर्फ जाँदै गरेको ग १ त ३७९९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट करिव दुई सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक फिदिम नगरपालिका–४ माझीटार निबासी २६ बर्षीय माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
सशस्त्रको पोल्टटामा जिल्ला स्तरिय भलिबल प्रतियोगीताको उपाधी

सशस्त्रको पोल्टटामा जिल्ला स्तरिय भलिबल प्रतियोगीताको उपाधी

खेलकुद, समाचार
उदयपुर, माघ २६ गते । खोटाङमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणले हात पारेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपािलका ३ छोरम्बु सापातेलमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासील गर्दै एपीएफ उदयपुरले नगद १ लाखसहित शिल्ड प्राप्त गरेको हो । बिभिन्न ठाउँबाट कुल १६ टिम सहभागी रहेको प्रतियोगितामा सितला प्रावि खमारेले दोस्रो स्थान सम्हालेको थियो । प्रतियोगिताको तेस्रो स्थान भने दिप्रुङ चुईचुम्माकै याम्खाले सुरक्षित गरेको छ । प्रतिस्पर्धामा नेपाली सेना, नेपाल प्रहरीसहित तीन बिभागीय टोलीको पनि सहभागिता रहेको थियो । शान्ति निकेतन मिना कर्ण मावि सापातेलले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा विजयी एपीएफ उदयपुर र सितला प्रावि खमारेबीच प्रतिस्पर्धा भएको थियो । पहिलो सेटमा २५–१८ फराकिलो जित खमारेले हात पारेका थियो । त्यसलगतै आक्रामक प्रस्तुती दिएको...
नेशनल लाइफको अभिकर्ताहरुलाई पुनार्ताजकी तालिम

नेशनल लाइफको अभिकर्ताहरुलाई पुनार्ताजकी तालिम

Breaking News 1, समाचार
गाईघाट/माघ,,२५ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले अभिकर्ताहरुलाई प्रोत्साहन पुर्नाताजकी तालिम गाईघाटको ड्रिमल्याण्ड होटलमा शनिवार दिएको छ । कम्पनीमा आबद्धभएर काम गरिरहेका पुराना तथा नायाँ अभिकर्ताहरुलाई अबको विमा योजना बारे नायाँ जानकारी सहित तालिम दिएको गाईघाटका शाखा प्रमुख प्रेममकुमार राइले बताउनुभयो । अभिकर्ता, विजनेस अफिसर, विजनेस म्यानेजर, सिनियर विजनेस अफिसरहरु सहितको उपस्थितिमा तालिम दिएको थियो ।तालिमको सहजीकरण गर्दै प्रमुख राईले विमाले सबैमा फाईदा पुराउने कुरालाई जोड गर्नुभयो । उहाँले आफु सँगै अन्यलाई पनि विमा गराउँदा विमाको फाइदै फाइदा रहेको बताउनभयो । नेपालको पुराना कम्पनीको रुपमा रहेका यस कम्पनीले अन्य विमा कम्पनीहरुको दाजोँमा निकै सेवा सुविधाहरु दिरहेको  बताउनुभयो । कम्पनीले थप विमा योजनाहरु समेत ल्याएको बताउनुभयो ।यस कम्पनीमा विदेशीको २ प्रतिश संस्थापकका ५३ प्रतिश ...
विश्वकर्मा सुनचाँदी संञ्जालको जिल्ला भेला तथा अन्रक्रिया सम्पन्न

विश्वकर्मा सुनचाँदी संञ्जालको जिल्ला भेला तथा अन्रक्रिया सम्पन्न

समाचार
गाईघाट/माघ,२६ उदयपुरका विश्वकर्मा सुनचाँदी व्यवसायी संजालले आफ्नो जिल्ला भेला तथा अन्तरक्रिया गाईघाटमा शनिवार गरेका छ । उदयपुरको बिभिन्न ठाउँमा रहेको व्यवसायीहरुको उपस्थितिमा भेला सम्पन्न भएको हो । समुदायकै परम्परागत पेशाको रुपमा परिचित सुनचाँदी व्यवसायीहरुको हकहित तथा अधिकार संरक्षणका लागि पहल गर्न जिल्ला भेला आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा सहभागीहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वकर्मा जातिहरुले पु¥याउदै आएको योगदानलाई अबमूल्यन गर्न नहुने बताएका छन् । संख्यात्मक हिसावले उदयपुरमा बसोबास अधिकतर क्षेत्रमा निकै रहे पनि नीति निर्माण र नेतृत्व तहमा पुग्न नसक्दा आफूहरुको माग ओझेलमा परेकोसमेत उनीहरुको भनाई थियो । उनिहरुले यस भेलाले आफ्नो पेसालाई व्यवस्थीत र मर्यादित रुपमा अगाडी बढाउन सक्ने बताए ।  ...
अन्तर विद्यालय नृत्य प्रतियोगितामा क्यान्भास प्रथम

अन्तर विद्यालय नृत्य प्रतियोगितामा क्यान्भास प्रथम

मनोरञ्जन, समाचार
गाईघाट/माघ, २४ नगरपालिका स्थारीय अन्तर विद्यालय नृत्य प्रतियोगितामा क्यान्भास एकाडेमी प्रथम भएको छ ।  शुक्रबार त्रियुगा नगर कार्यसमिति प्याव्सनको आयोजनामा क्यानभास बोर्डिङको प्राङगनमा भएको नृत्य प्रतियोगितामा क्यानभास एकाडेमी प्रथम, सगरमाथा बोर्डिङ दोस्रो प्याराडाईज सेकेन्डरी बोर्डिङ स्कुल तेस्रो र असारी बोर्डिङ स्कुल शान्त्वना भएको छ । प्रतियोगितामा प्रथमलाई रु ५ हजार नगद प्रमाण पत्र, दोस्रोलाई ३ हजार प्रमाण पत्र, तेस्रोलाई २ हजार प्रमाण पत्र र शान्त्वनालाई १ हजार प्रमाण पत्र प्रदान गरिएको छ । निजि क्षेत्रको विद्यालयबाट उत्पादन भएको विद्यार्थीहरु सरकारको कुनै पनि पदमा रहेरका काम गर्न नसकिरहेको कुराको भ्रम चिर्न प्याव्सनले बिभिन्न तह जिल्ला, प्रदेश, र केन्द्रमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना सुरु भएको प्याव्सन केन्द्रिय सदस्य जनक बहादुर कार्कीले बताउनुभयो  । उहाँले अवको शि...
दादुरा–रुवेलाको खोप फागुनमा

दादुरा–रुवेलाको खोप फागुनमा

समाचार, स्वास्थ्य
उदयपुर, माघ २३ गते । उदयपुरमा दादुरा–रुवेला खोप अभियान दुई चरणमा संचालन हुने भएको छ । फागुन १ गतेबाट ३० गतेम्म संचालन हुने अभियान दुई चरणमा संचालन हुने भएको हो । जिल्लामा चार सय ९० खोप केन्द्रबाट ३३ हजार ५ सय ७८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । अभियानमा ५ सय ३१ जना खोप दिने स्वास्थ्यकर्मी र ९ सय ६७ जना स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वस्थ्य कार्यालय उदयपुरको आयोजनामा विहिबार भएको संचारकर्मीहरुसँगको अन्तिरक्रिया कार्यक्रममा अभियानको बारेमा सार्वजनिक गरेको थियो ।  ९ महिनादेखि ५ वर्ष मुनीका बालकालिकालाई मात्रै खोप लागाईने छ । फागुन १ गतेदेखि छ गतेसम्म कटारी नगरपालिका र उदयपुगढी र ताप्लि गाउँपालिकामा संचालन गर्र्ने भएको छ भने फागुन १५ गतेदेखि २० गतेसम्म त्रियुगा, चौदण्डिढी, बेलाका नगरपालिका र रौतामाई र लिम्चुङ्बुङ गाउँपालिकामा अभियान संचालन...