Sunday, August 23News That Matters

समाचार

सनराईज बैंकद्धारा विमा दावी रकम हस्तान्तरण

सनराईज बैंकद्धारा विमा दावी रकम हस्तान्तरण

आर्थिक, समाचार
उदयपुर, माघ १९ गते ।  उदयपुरमा एक जनाले सनराईज स्वास्थ्य विमा योजना अन्र्तगतको विमा दावी रकम साढे ४३ हजार पाएको छ । त्रियुगा नगरपालिका–१२ निबासी निलम श्रेष्ठले स्वास्थ्य विमा योजना अन्र्तगत विमा दावी रकम अनुसार ४३ हजार चार सय १४ रुपैयाँ पाएको हो । सनराईज बैंकमा बचत खाता खोली कारोबार गर्ने ग्राहकहरुलाई बैंकले एक लाखसम्म निःशुल्क स्वास्थ्य विमा गरिदिने गरको सनराईज वैंक शाखा कार्यालय गाईघाटले जनाएको छ । सन् २०१७ सेप्टेम्बरमा खाता खोलेका श्रेष्ठ केहि महिना अगाडी विरामी भएको थियो । उपचार खार्चको विलसहित स्वास्थ्य विमा अन्र्तगत दावी गरेको ४५ हजार रुपैयाँमा ४३  रकम प्राप्त गरेको सनराईज बैंक शाखा कार्यालय गाईघाटका कर्जा शाखाका कर्मचारी प्रकाश खतिवडाले बताए । वैंकमा बचत खाता खोली कारोबार गर्ने ग्राहकहरुको स्वास्थ्य विमा अन्र्तगत विरामी हुदा लागेको उपचार खर्च खातामा कारोबार गरेको वार्षीक औस...
समाजबादीको प्रादेशीक प्रशिक्षण कार्यक्रम सुरु

समाजबादीको प्रादेशीक प्रशिक्षण कार्यक्रम सुरु

समाचार
उदयपुर, माघ १९ गते ।  समाजबादी पार्टीले दुई दिने प्रादेशीक प्रशिक्षण कार्यक्रम उदयपुरमा सुरु भएको छ । १ न. प्रदेश समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम गाईघाटमा आईतबारदेखि सुरु भएको हो । “सङ्घियता सुशासन समृद्ध समाजबाद” भन्ने मुल नाराको साथ १ नं प्रदेशको प्रादेशीक प्रशिक्षण कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाबाट जिल्ला संयोजक लगायतका अन्य पदाधीकारीहरु सहभागीता रहेको आयोजक समितिले जनाएको छ  । प्रादेशीक प्रशिक्षण कार्यक्रमबाट प्रत्येक जिल्लाहुदै टोलटोलसम्म पु¥याउने लक्ष्य रहेको समितिले जनाएको छ । यस अभियानले पार्टी कमिीट पूनर गठन गर्ने, पार्टी समायोजनको कामलाई सम्पन्न गर्ने, जनवर्गीय संगठनहरुको समायोजन गर्ने, योग्यलाई पाटी सदस्यता दिने, क्रियाशिललाई सदस्यता नविकरण गर्ने लगायतका काम गर्ने समितिले जनाएको छ ।कार्यक्रमा संघिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रिय अध्यक्ष उपेन्द्र ...
स्वास्थ्य शिविरबाट १ सय बढी लभान्वित

स्वास्थ्य शिविरबाट १ सय बढी लभान्वित

समाचार, स्वास्थ्य
उदयपुर, माघ १९ गते ।  त्रियुगामा संचालन भएको आङ्ग (पाठेघर) खस्ने समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट एक सय बढी आमाहरु लाभान्वित भएका छन् । जिल्ला अस्पतालमा संचलान भएको शिविरबाट एक सय १८ जना आमाहरु लाभान्वित भएका हुन् । बागमती सेवा समाज नेपालको आयोजना, त्रियुगा नगरपालिकाको समन्वयनमा शिविर संचालन भएको थियो । शिविरबाट लाभान्वित भएका एक सय १८ जना मध्ये १४ जनालाई अप्रेसन गर्न बाहिर रेफर गरिएको छ । त्यस्तै २८ जनालाई रिङ प्रेस राखिएको छ भने ३४ जनामा पाठेघरको सामान्य समस्या देखा परेको बागमती सेवा समाज नेपालको स्वास्थ्य संयोजक सुनीलकुमार शाहले बताए । शिविरमा सेवा लिन आएमा सवै आमा, दिदी बहिनीहरुलाई पाठेघर सम्बन्धि परामर्श दिएको थियो भने सामान्य विरामीलाई औषधी दिएर पठाएको संयोजक शाहले बताए । अप्रेशनका लागि शिविरले रेफर गरेका विरामीलाई कोशी अञ्चल अस्पातामा निःशुल्क अप्रेसन गरीने उनले ...
थारु समुदायका महिलाहरुलाई पराम्परागत वस्तु निर्माण तालिम

थारु समुदायका महिलाहरुलाई पराम्परागत वस्तु निर्माण तालिम

मनोरञ्जन, समाचार
गाईघाट/माघ, १९ त्रियुगा नगरपालिका १३ बहेडुवा स्थित थारु समुदायका महिलाहरुलाई थारु संस्कृतिका पराम्परागत बस्तुहरु निमार्ण सम्बन्धि २ महिने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको सहयोग तथा आयोजनामा त्रियुगा नगरपालका १३ नं वाडाको समन्वयमा तालिम दिइएको हो । तालिम ४५ दिनको भनिएपनि बस्तु निर्माणमा समय अभावका कारण १५ दिन थप गरी २ महिने बनाएको आयोजकले बताए । तालिममा बिभिन्न थारु परम्पराको सजावट सामाग्रिहरु निर्माण गरिएको छ । सामाग्रिहरु ४ ओटा डलिया, १० ओटा पर्स, १० ओटा बाघ बाजु, ५ ओटा बेना, १० ओटा गमला, ४ ओटा फुल, र ३ ओटा दर्कश गरी जम्मा ४६ ओटा तयार गरिएका छन् । सामाग्री जालि र उन बाट निर्माण गरिएको छ । यो बिषेश थारु समुदायको घरमा सजाउनुका साथै बिहे तथा कुनै पनि थारु संस्कारमा यसको प्रयोग गरिने प्रशिक्षक सुनिता चौधरीले बताउनुभयो ।  सामाग्री अन्य समुदायकोहरुले पनि प्रयोग ग...
उदयपुरमा ५ दिने अभिमुखिकरण तालिम सम्पन्न

उदयपुरमा ५ दिने अभिमुखिकरण तालिम सम्पन्न

समाचार
उदयपुर, माघ १९ गते ।  उदयपुरमा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि पाँच दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।  जिल्ला समन्वयन समिति उदयपुरको आयोजनामा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि अभिमुखिकरण तालिम आईतबार सम्मन भएको हो । चालु आर्थीक वर्षमा भूमी व्यावस्था, सहकारी तथा गरिबी मन्त्रालयलले गरिब परिचय पत्र वितरण गर्नका लागि ११ वटा जिल्लामा सर्वेक्षण संकलन गर्ने लागेको हो । उक्त कार्यक्रम अन्र्तगत जिल्लाका आठ वटै स्थानीय तहका लागि ९ जना सुपरिवेक्षक र ६२ जना गणकहरुले तालिम लिएको थियो । जिल्लाका नागरिकहरुलाई सुखी र सम्पन्न बनाउनको लागि यस गरिब घर पचिान तथा परिचय पत्र वितरण कार्यक्रमले ठूलो टेवा पु¥याउने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जनाउनुभएको छ । आधुनिक प्रविधिबाट सर्वेक्षण गर्ने भएकाले यथार्थ विवरण आउने अशा लिएको उनले बताउनुभयो ।...
शिक्षामा ५ करोड बढी विनियोजन : मेयर राई

शिक्षामा ५ करोड बढी विनियोजन : मेयर राई

शिक्षा, समाचार
राजेन्द्र दुष्ट बेल्टार/माघ १८ चौदण्डीगढी नगरपालिकाले शिक्षा क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखेर आर्थिक लगानी गरेको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनुभयो । नयाँ संविधानले शिक्षालाई नागरिकको मौलिक हक भित्र राखेर अघि बढेको कुरा बताउँदै शिक्षा क्ष्ोत्रको विकास र गुणस्तर शिक्षाका लागि ५ करोड बढी रकम नगरपालिकाले विनियोजन गरेको राईले बताउनुभयो । शनिबार वडा नं ७ पारुहाङ एकेडेमीको १५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख राईले सो कुरा बताउनु भएको हो । राईले सबै नागरिकहरुको मौलिक हकको रुपमा रहेको महत्वपूर्ण शिक्षालाई सहज वातावरणमा आर्जन गर्नु पर्नेमा जोड गर्नुभयो । सरकारको शिक्षा प्रतिको पहलमा कोहि पनि बञ्चित नभई शिक्षा हाँसिल गर्नु पाउनु पर्ने नागरिकको अधिकार रहेको भन्दै यस बाट कोहि पनि बञ्चित नभई गुनस्तर शिक्षामा सबैजना सहभागी हुने हिसाव...
स्पेनिस ला लिगामा रियल मड्रिडको जित

स्पेनिस ला लिगामा रियल मड्रिडको जित

खेलकुद, समाचार
 माघ १९ गते ।  स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ । घरेलु मैदान ईस्तादियो सान्टियागोमा भएको खेलमा रियल माड्रिडले एट्लेटिकोलाई १–० गोलले पछि पार्दै जित हात पारेको हो । खेल सुरु भएको ५६औँ मिनेटमा रियलका बेन्जिमाले एक गोल गरेको थियो । जुन गोल नै निर्णायक गोलसँगै जित हात पारेको थियो । २२ खेलबाट रियलको ४९ अङ्क छ भने एक खेल कम खेलेको बार्सिलोनाको ४३ अङ्क रहेको छ । रियलसँगको खेलमा हार व्यहोरेका एट्लेटिको २२ खेलमा ३६ अङ्क रहेको छ ।...
मेलमिलाप नीति प्रभावकारी बनाउन अन्तरक्रिया

मेलमिलाप नीति प्रभावकारी बनाउन अन्तरक्रिया

समाचार
पूर्णपुष्टि, माघ १८ गते । सरकारीबादी वाहेकका मुद्दामा मेलमिलाप गराउन सकिने संबैधानिक प्रावधानअनुसार स्थानीय तहका न्यायिक समितिबाट न्याय सम्पादनको सिलसिलामा मेलमिलापलाई प्राथमिकता दिन र प्रभावकारी बनाउन सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । स्थानीय तहमा मेलमिलाप कार्यक्रम प्रभावकारी बनाउन शनिबार उदयपुरमा सरोकारवालाहरुसंग अन्तरक्रिया भएको हो । त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला मेलमिलाप अनुगमन समिति, जिल्ला अदालत उदयपुरको आयोजनामा भएको अन्तरक्रियामा न्याय सम्पादन र मेलमेलिपको सिलसिलामा देखिएका समस्या र अप्ठ्याराको बारेमा छलफल चलेको थियो । कतिपय अवस्थामा सहि समन्वय, सम्पर्कको अभावले सामान्य कुरा पनि जटिल भएर जाने बताइएको थियो । केही वकिल तथा मानवअधिकारकर्मीको गगल भूमिकाका कारण पनि समस्या आइपर्ने गरेको बताइएको थियो । त्यस्ता गलत काम र कुराहरुलाई हतोत्साहित गराउनका लागि अन्तरक्रिया महत्व...
निर्यात बढ्दा आयत घट्यो

निर्यात बढ्दा आयत घट्यो

आर्थिक, समाचार
माघ १८ गते ।  चालु आर्थीक वर्षको छ महिनामा निर्यात बढेको र आयात घटेको एक तथ्याङकले देखाएको छ । भन्सार विभागले तयार पारेको एक तथ्याङले साउनदेखि पुस महिनासम्म २६.१३ प्रतिशतले निर्यात बढेको छ भने ४.०४ प्रतिशतले आयत घटेको देखाएको हो । चालु आवको छ महिनामा ६ खर्ब ९४ अर्ब रुपैयाँको सामान आयात भएको छ  भने ५७ अर्व २७ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गत आवको ६ महिनामा आयात ७ खर्ब २३ अर्ब र निर्यात ४५ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । आयात घट्दा र निर्यात बढ्दा व्यापार घाटामा पनि केही सुधार भएको छ । ६ महिनामा व्यापार घाटा ६.०६ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै देशको समग्र व्यापार पनि २ दशमलव २६ प्रतिशतले घटेर ७ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत  र निर्यातको झण्डै ८ प्रतिशत रहेको छ ।...
कोरोना भाइरसबाट २५९ जनाको मृत्यु, हजारौँमा संक्रमण

कोरोना भाइरसबाट २५९ जनाको मृत्यु, हजारौँमा संक्रमण

समाचार, स्वास्थ्य
माघ १८ गते ।  कोरोना भाईरबाट चीनमा मृत्यु हुनेको सँंख्या २ सय ५९ पुगेको छ भने ११ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिब्र रुपमा फैलिरहेका कोराना भाईरसबाट चीनमा एक दिनमै दुई हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि पर्याप्त पहल भईरहेपनि न्युनिकरण नभएको संचारमाध्यहरुले जनाएको छ । वुहानमा पहिचान भएको कोरोना भाइरसको संक्रमण चीनका सबै प्रान्तमा फैलिसकेको छ । भाईरसको संक्रमण तिब्र रुपैले फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार नै विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरिसकेको छ । चीन बाहिरका २२ वटा देशमा गरेर एक सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर भेटिएका संक्रमितको ज्यान गएको छैन ।...