अवैध हतियार बरामद
कात्तिक ५ गते ।
सप्तरीको छिन्नमस्ताबाट प्रहरीले अवैध हतियार बरामद गरेको छ । छिन्नमस्ता गाउँपालिका – २ मोहनपुरबाट सशस्त्र प्रहरीले एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरबाट खटेका प्रहरी टोलीले नेपालबाट भारत तर्फ मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु मदिरा छाडेर भागेका प्रहरीले जनाएको छ ।
तस्करहरुले छाडेर भागेका मोटरसाइकलबाट २८ पिस कस्तुरी तथा कस्तुरीको बीचमा हतियार फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको हतियार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...








