Friday, May 8News That Matters

समाचार

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
उदयपुर, कार्तिक ७ गते । उदयपुरको त्रियुगा नगरपालिका–११ बाट लागुऔषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्रिनपा–११ निबासी २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनहिरुको कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
बालिका बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

समाचार
उदयपुर, कात्तिक ७ गते ।  उदयपुरमा बालिका बलात्कार गरेको अभियोगमा एक जना युवा पक्राउ परेको छ । १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार पक्राउ परेको हो । अभियोगमा त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउनेको सिम्ले निबासी २२ वर्षीय रामकुमार राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय एक विद्यालयमा अध्ययनरत बालिकालाई विद्यालयबाट घर फर्कने क्रममा गत कात्तिक ५ गते दिउँसो जंगलमा राईले पछाडिबाट ज्याकेटले मुख छोपेर घाँटी थिनि बजरजस्ति करणी गरेको जनाईएको छ । पिडितको घरदेखि विद्यालय पुग्न करिब २ घण्टा जंगलको बाटो पैदल हिड्नु पर्दछ । बालिकाको बुधबार नै जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । पिडितको दाजुले जिल्ला प्रहरी कार्यलय उदयपुरमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । आरोपित राईलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनु...
मलद्धार भित्र लागु औषध

मलद्धार भित्र लागु औषध

समाचार
उदयपुर, कात्तिक ७ गते ।  उदयपुरमा लागु औषधसहित एक जना पक्राउ परेको छ । मलद्धार भित्र लागु औषध लुकाई छिपाई ल्याउदै गरेका उमेश राई मंगलबार पक्राउ परेको हो । चौदण्डिगढी नगरपालिका– ७ निबासी ३४ वर्षीय राईलाई प्रहरीले चौनपा–४ को नमुनाबाट अवैध लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सप्तरीको फत्तेपुरबाट उदयपुरको बसाहा तर्फ पैदल आउदै गरेको राईलाई शंकास्पद अवस्थामा फेला पारी सोधपुछ र खानतलासी लिने क्रममा ट्राउजरको गोजीमा ३ वटा सिलप्याक सिरिन्ज र मलद्धार भित्र लुकाई छिपाई ल्याएका २० एम्पुल लागु औषध फेला पारेको प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलटारमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, कात्तिक ७ गते ।  झापाको अर्जूनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जूृनधारा नगरपालिका–९ गोलधाप निबासी २२ वर्षीय बसन्त धिमालको मृत्यु भएको हो । गतराती पौने ९ बजे रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक्कासी आफैलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
३२ हजार भन्दाबढीको पटका बरामद

३२ हजार भन्दाबढीको पटका बरामद

समाचार
मोरङ, कात्तिक ७ गते ।  मोरङको विभिन्न ठाउँबाट ३२ हजार भन्दा बढी मूल्यको पटका बराम गरिएको छ । सिमा प्रहरीले करिब १२ हजार पाँच सय मुल्य बराबरको र ईलाका प्रहरी कार्यालय बुधनगरले करिब २० हजार बराबरको पटका बरामद गरेको हो । सिमा प्रहरी चौकी डोरीयाबाट खटेका प्रहरी टोलीले बुधबार हिउँसो करिब १ बजे भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध करिब १२ हजार पाँच सय बराबरको पटका बराम गरेको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटेका प्रहरी टोलीले दिउँसो करिब २ बजे चेकजाँच गर्ने क्रममा २० हजार मुल्य बराबरको पटका बरामद गरेको प्रहरीले जनाएको छ ।...
चौदण्डिमा तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

चौदण्डिमा तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक ६ गते । चाडपर्वको अवसर पारेर चौदण्डीगढीमा तेस्रो मेयर कप डबल व्याडमिन्टन प्रतियोगिता गराउने भएको छ । बसाहा शनिबारे व्याडमिन्टन क्लवको आयोजना र नगको सहयोगमा बसाहाको शनिवारेमा  विहिबारदेखि मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको हो । मेयर खगेन्द्र राईले खेलको  उद्घाटन गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जनाएको छ । विगतको वर्षहरु झै यसपटक पनि क्लवले प्रतियोगीताको आयोजना गरेको हो । खुल्लातर्पm ३२ समुह र भेन्ट्रान्सतर्फ २० समुहले सहभागिता जनाउने बसाहा शनिबार व्याडमिन्टन क्लवका अध्यक्ष नारायण तामाङले बताए । खुल्ला तर्पmका विजयी समुहहरुलाई नगद २२, १५ र १० हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने भेन्ट्रान्स तर्पmका विजयी समुहहरुलाई नगद १७, १२, र ८ हजार रुपैया, ट्रफि र प्रमाण पत्रले सम्मान गरिने चौदण्डीगढी व्याडमिन्टन समितिका संयोजक देवीर...
सरकारले मागे वैदेशिक रोजगार कम्पनीका कर्मचारीको विवरण

सरकारले मागे वैदेशिक रोजगार कम्पनीका कर्मचारीको विवरण

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ६ गते । सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको सञ्चालक र कर्मचारी बुझाउन निर्देशन जारी गरेको छ । विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अवधि भित्र मागेको विवरण नबुझाए कारोबार बन्द गर्ने चेतावनी विभागले दिएको छ । म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए । नियमन गर्न सजिलो बनाउनका लागि धरौटी बढाएर म्यानपावरको संख्या विभागले झण्डै आधामा घटाएको छ । ती कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति अप्ठारोमा नपरून् भनेर कम्पनीको विवरण माग गरिएको विभिगले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । ...
तिहारको अवसरमा सदा समुदायलाई राहत वितरण

तिहारको अवसरमा सदा समुदायलाई राहत वितरण

समाचार
अप्सरा समाल मगर उदयपुर/कात्तिक ५ गते । उदयपुरको उत्राई टोलमा सदा समुदायलाई राहत वितरण गरिएको छ । त्रियुगा नगरपालिका–९ को उत्राई टोलको २५ घर सदालाई मंगलबार राहत वितरण गरिएको हो । नाजुक स्थिति भएको र केहि दिन अघिसम्म परेको अविरल वर्षाले क्षती गरेको बाढि पीडित घरपरिवारलाई  तिहारको अवसर पारेर राहत वितरण गरिएको ओरेक नेपाल उदयपुरको व्यवस्थापक कमला खड्काले बताउनु भयो । गत असार अन्तिममा परेको अबिरल बर्षा र पुन असोजमा परेको बर्षाले आएको वाढि बस्तिमा पसेपछि घर भत्काई अन्न र लुगाफाटो नष्ट भएका घरपरिवार रातह वितरण गरेको खड्काले बताउनु भयो । उनका अनुसार बाढि प्रभावित क्षेत्रका ४ जना सुत्केरी महिलाहरु प्रभावित भएका थिए । त्रियुगा नदी र साहीखोलाको दोभानमा बसोबास गर्दै आएको उक्त समुदायका बासिन्दाहरु आर्थिक रुपमा बिपन्न रहेको छ । बर्षेनि उक्त बस्ति साहिखोला र त्रियुगा नदीको बाढीको चपेटामा पर्न...
नायिका मिरुनालाई नयाँ चलचित्र

नायिका मिरुनालाई नयाँ चलचित्र

मनोरञ्जन, समाचार
कात्तिक ५ गते । नायिका मिरुना मगरले अभिनय गरेको तीन वटा चलचित्र हलमा लागिसेको छ । नायिका मगरले अभिनय गरेका ‘लालपूर्जा, रोज र साइनो’ चलचित्रले व्यापार राम्रो गरेको छैन । त्यसैले उनीलाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । नायिका मगरले अभिनय गरेको चलचित्रले राम्रो व्यापार नगरेपनि उनीलाई चलचित्रको अभाव छैन । उनी अभिनित चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट रिलिज हुँदैछ । त्यसपछि अर्काे नयाँ चलचित्रमा समेत अभिनय गर्ने भएकि छिन् । उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिरुनाले काम गर्ने पक्का भएको हो । यस चलचित्रमा मिरुना र नायक दयाहाङ राईले काम गर्ने पक्का भएका छन् । दया र मिरुनाको यो चलचित्रको छायांकन कात्तिकको १४ गतेबाट सुरु हुँदैछ । चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहने भएकाले मिरुना अहिले चलचित्र ‘ च च हुई’को प्रचारमा लागि परेकी छिन् ।...
सुनको तोलामा २ सय घट्यो

सुनको तोलामा २ सय घट्यो

आर्थिक, समाचार
कात्तिक ५ गते । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।