Friday, May 8News That Matters

समाचार

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते

समाचार
सुनसरी, कात्तिक ८ गते ।  सुनसरीको बर्जुमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बर्जु गाउँपालिका–६ बर्जुतालमा मोटरसाईकल दुर्घटना हुदा चालक रविन्द्र मेहेताको मृत्यु भएको हो भने पछाडी सवार दिपेश यादव घाईते भएका हुन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल अनिन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका देवानगञ्ज गाउँपालिका–७ निबासी २१ वर्षीय मोटरर्साइकल चालक मेहताको उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार १६ वर्षीय यादवको गोल्डेन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
खोलेमा डुबेर १ नाबालकको मृत्यु

खोलेमा डुबेर १ नाबालकको मृत्यु

समाचार
ईलाम, कात्तिक ८ गते ।  ईलामको सोयाङमा पकाईरहेको खोलेमा डुबेर एक नाबालकको मृत्यु भएको छ । माईजोगमाई गाउँपालिका–५ सोयाङ निबासी प्रेमबहादुर राउतको छोरा १ वर्ष ५ महिनाको मदिप राउतको मृत्यु भएको हो । खेल्ने क्रममा गाईको लागि पकाएको खोलेमा एक्कासी डुबेर बुधबार दिउँसो साढे २ बजे घाईते भएको थियो । विराटनगरको म्याक्स अस्पतालमा घाईते नाबालकको उपचारको क्रममा विहिबार विहान साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।  घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
प्रहरीद्धरा १३ हजार गाँजा फडानी

प्रहरीद्धरा १३ हजार गाँजा फडानी

समाचार
उदयपुर, कात्तिक ८ गते । प्रहरीले अवैध रुपमा लगाएको र आफै उम्रिएको गाँजा फडानी गरी नष्ट गरेको छ । बेलका नगरपालिकाको विभिन्न गाउँको कबिर ९ विघा जग्गा क्षेत्रफलको १३ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सशस्त्र प्रहरी बल रामपुर ठोक्सिलाबाट खटेका संयुक्त प्रहरी टोलीले बेनपा–७ को मैनामैनी, पाखाबुवा, कान्चिराङ, बेसिटोल, योङहाङ्ग लगायतका विभिन्न गाउँ टोलमा अवैध रुपमा लगाएको र आफै उम्रिएको गाँजा फडानी गरी जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ ।पालिकाको पहाडी भेगको करिब ९ विघा जग्गामा लगाएका र आफै उम्रिएका करिब १३ हजार बोट गाँजा प्रहरीले फडानी गरेर जलाई नष्ट गरेको प्रहरीले जनाएको छ । यस वर्षको दशैँ र तिहारको विचमा मात्रै जिल्लाको पश्मिको ताप्लि र पूर्वको बेलकामा करिब २१ हजार ३५ बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।...
वडा सदस्यको निधनमा सार्वजनिक विदा

वडा सदस्यको निधनमा सार्वजनिक विदा

समाचार
उदयपुर, कात्तिक ८ गते ।  उदयपुरको त्रियुगा नगरपालिकाको एक वडा सदस्यको निधन भएकाले शोक मनाउन सार्वजनिक विदा दिएको छ । त्रियुगा नगरपालिकाले वडा न. ३ का वडा दलित महिला सदस्यको निधन भएकाले शोक मनाउन शुक्रबार नगरले सार्वजनिक विदा दिएको हो । त्रिनपा–३ को दलित महिला वडा सदस्य मिना विश्वकर्माको असामयिक निधन भएकाले गत कात्तिक ७ गते बसेको नगर कार्यपालिका कार्यसमितिको बैठकले एक दिन विदा दिने निर्णय गरेको थियो । नगरपालिकाको कार्यालय, माताहातको वडा कार्यालयहरु र नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने गरि बैठकले निर्णय गरेको पालिकाले जनाएको छ ।...
सुकेपोखरीको विकासमा स्थानीयको चासो

सुकेपोखरीको विकासमा स्थानीयको चासो

पर्यटन, समाचार
सिंगम् राई उदयपुर, कात्तिक ८ गते । गुम्नाममा रहेको तर छुट्टै पहिचान बोकेको उदयपुरका सुकेपोखरीको विकासका लागि स्थानीय तहले चासो देखाएको छ । रौतामाई गाउँपालिका–५ मा अवस्थित सुकेपोखरी विकासको लागि वडाले पोखरीसम्म सडक पु¥याउने उद्देश्यले बजेट विनियोजन गरको हो । पोखरीसम्म सडक पु¥याउनका लागि वडाले ५ लाख बजेट छुट्याएको छ भने पालिकाले २ लाख बजेट विनियोजन गरेको छ । करिब एक किलो मिटर लम्बाई र कबिर ६ सय मिटर चौडाई करिब एक सय मिटर गहिराई भएको पोखरीको विकासका लागि कसैले चासो दिएको छैन । लोक सेवाले साउन ४ गते लिएको स्थानीय तहको परिक्षामा सोधेपछि केहि मानिसमा चासोको विषय बनेको छ । करिब एक दशक अगाडी नै पोखरीको लागि सडक निर्माणको योजना परेपनि विभिन्न विवादले अनेत्र गएपछि पोखरी अझै ओझेलमा परेको स्थानियबासीहरुले बताएका छन् । विकासको पहिलो आधार सडक पु¥याउने लक्ष्यमा साथ वडाले बजेट विनियोजन गरेको ...
अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

आर्थिक, समाचार
कात्तिक ८ गते । आज सबै विदेशी मुद्राको भाउ बढेको छ । शु क्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ९२ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ८७ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिदद...
३३ तोला सुनसहित कामदार सम्पर्क विहीन

३३ तोला सुनसहित कामदार सम्पर्क विहीन

आर्थिक, समाचार
कात्तिक ८ गते ।  कास्कीको पोखराबाट सुन पसलमा काम गर्ने एक कामदार ३३ तोला सुनसहति सम्पर्क विहिन भएको छ । पोखराकोे न्यूरोडमा अवस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने रञ्जन राजवंशी बुधबारदेखि सम्पर्क विहिन भएको हो । भारतको कलकत्ता घर भएका अन्दाजी ३७ वर्षीय राजवंशी करिब दिउँसो ३ बजेदेखि सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । लामो समयदेखि त्यस ज्वेलर्समा काम गर्दै आइरहेका थिए । ज्वेलर्सबाट ३३ तोला सुन बोकेर सिर्जनाचोकको गहना बनाउने ठाउँमा गएका राजबंशी बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
टी-१० लिग पारसले खेल्ने

टी-१० लिग पारसले खेल्ने

खेलकुद, समाचार
कात्तिक ८ गते ।  टी–१० क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले खेल्ने भएको छ । नेपाली राष्ट्रिय टिमको कप्तानी छोडेको एक सातापछि उनले विदेशी लिग खेल्ने पक्का भएको हो । १० वर्ष नेपाली टिमको कप्तानी गरेको पारसले पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएको हो । टी–२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लो नेपाली खेलाडी पारसले करियरमा अर्काे फड्को मारेका छन् ।यूएईमा आगामी महिना हुने टी–१० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । यस खेलबाट पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन् । नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक गरेको हो ।  पारसको टिममा मोइन अलि र भारतीय पूर्व अलराउण्डर युवराज सिंह आइकोनिक खे...
विमान दुर्घटनामा ५ जनाको मृत्यु

विमान दुर्घटनामा ५ जनाको मृत्यु

समाचार, संसार
कात्तिक ८ गते ।  मेक्सिकोमा एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी राज्य मिचोआकानमा बुधबार विमान दुर्घटना हुदा पाँच जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएपनि यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले जानएका छन् । विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ । विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि पत्रिकाले उल्लेख गरेको छ ।...
कर्मचारी अख्तियारको कारवाहीमा परेपछि मालपोतप्रति वितृष्णा

कर्मचारी अख्तियारको कारवाहीमा परेपछि मालपोतप्रति वितृष्णा

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ८ गते । अख्तियारको बारबाहीले मालपोत कार्यालयप्रति कर्मचारीको वितृष्णा बढेको छ । पछिल्लो समय धेरै कर्मचारी अख्तियारको बारबाहीमा पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको हो । केहि सयम अगाडी मात्रै कर्मचारीहरु मालपोतमा सरुवा हुन तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन । अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन् । दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ । मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ । मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि सुधार व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले बताए । देश भरका ७ वटा कार्यालयमा भूसेवा केन्द्रमार्फत् सेवा प्रदान गर्न थालिएको छ । पब्लिक एसेस मोडलबाट सेवा प्रद...