Thursday, May 7News That Matters

समाचार

कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो

कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक ४ गते । आज कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने बहराइन दिनारको भाउ केही पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ २७ पैसा र बिक्री दर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९५ रुपैयाँ ८० पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिद दर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ भने रिंगिट १ को खरिद दर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपै...
जुवा खालबाट १८ जना जुवाडे पक्राउ

जुवा खालबाट १८ जना जुवाडे पक्राउ

समाचार
कात्तिक ४ गते ।  नवलपरासीमा १८ जना जुवाडे पक्राउ परेका छन् । देवचुली नगरपालिका –६ मुण्डेबाट जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति पक्राउ गरेको हो । राति साढे १ बजे जुवा खेलि रहेको भन्ने गोप्य सुचनाको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जुवा खालबाट १ लाख ४२ हजार ९ सय ४० रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुलाई  जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।...
कात्तिक २२ गते ‘जीवन काँडा कि फूल’ रिलिज हुने

कात्तिक २२ गते ‘जीवन काँडा कि फूल’ रिलिज हुने

मनोरञ्जन, समाचार
कात्तिक ४ गते ।  चलचित्र ‘जीवन काँडा कि फूल’को रिलिज मिति तोकिएको छ । साहित्यकार झमक घिमिरेको कृति ‘जिवन काँडा कि पूmल’मा आधारित चलचित्र कात्तिक २२ गते रिलिज हुने भएको हो । मदन पुरस्कार प्राप्त गर्न सफल ‘जिवन काँडा कि पूmल’ पुस्तकमा आधारीत विनोद बिष्टको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा झमकको सानो हुँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाण्डौकी रोजित वुद्धचार्यले गरेका छन् । चलचित्रमा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहको छ । झमकको कथा, मुक्ती उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापाको सम्पादन रहेको छ । चलचित्रमा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सह–निर्माताको रुपमा रहेका छन् ।...
मुर्रेले पाए युरोपियन ओपन टेनिसको उपाधि

मुर्रेले पाए युरोपियन ओपन टेनिसको उपाधि

खेलकुद, समाचार
कात्तिक ४ गते ।  युरोपियन ओपन टेनिसको फाईनलमा स्टान वावरिन्कालाई हराउँदै बेलायती खेलाडी एन्डी मुर्रेले उपाधि चुमेको छ । मर्रेले सन्यास फिर्तापछि पहिलो एटीपी टेनिसको फाईनलमा २–१ ले वावरिन्कालाईपछि पार्दै मुर्रेले उपाधि चुमेका हुन् । भावुक बन्दै नौ महिना पहिला मर्रेले करियरबाट सन्यास लिएका थिए । सन्यास फिर्ता लिएर पुन टेनिसमा फर्केपछि ठूला भन्दा पनि सानो प्रतियोगितामा सहभागिता जनाएका मुर्रेले उपाधि चुमेको थियो । मुर्रेको यो २ वर्षमा पहिलो एकल उपाधि हो । पहिलो सेटमा ३–६ ले पछि परेपछि त्यसपछि उत्कृष्ट कमब्याक गरेका मुर्रेले दोस्रो सेट ६–४ ले जिते भने तेस्रो सेट ६–४ ले नै आफ्नो पक्षमा पारेको थियो । गत जनवरीमा थाईको सल्यक्रिया गरेपछि लामो समय मुर्रे कोर्ट बाहिर बसेको थियो । उनी फर्केपछि सात वटा प्रतियोगितामा मात्र सहभागिता जनाएको छ । करियरको ठूलो उपाधि मध्येको एक भएको मुर्रेले प्र...
छैठमा एक लाख भक्तजन भित्र्याउने समितिको लक्ष्य

छैठमा एक लाख भक्तजन भित्र्याउने समितिको लक्ष्य

Breaking News 1, समाचार
उदयपुर/कार्तिक, ४ त्रियुगा छैठ पुजा समिति उदयपुरले यसपालिको छैठलाई भव्य रुपमा सफल पार्न पहिले भन्दा थप व्यवस्थित गर्ने बताएको छ । छैठमा एक लाख भक्तजनहरु भित्र्याने लक्ष्य सहित थप व्यवस्थित गर्न लागेको समितिले बताएको छ । एक लाख भक्तजनहरुको मासलाई सरल रुपमा छैठ मनाउने वातावरण सिर्जना गर्ने भन्दै समितिले पहिलो बैठक बसेको छ । कार्तिक १६ गते बाट सुरु हुने छैठलाई सफल बनाउन बिभिन्न क्षेत्रहरुमा पहिले भन्दा यो बर्ष निकै व्यवस्थितको लागि तयारी भईरहेको समितिको अध्यक्ष राहुल यादवले बताए । यस बर्ष पहिलेको भन्दा थप नयाँ कार्यक्रमहरु सहित छैठको तयारी भईरहेको बताए । उदयपुर जिल्लाको नाम चिनाउने उदयपुरका राष्ट्रिय कलकारहरुलाई सम्मान तथा सेल्फी प्वाईन्ट लगाएत थप आकर्षक सहित यो बर्ष छैठ मनाउने तयारी भएको यादवले बताए । छैठको लागि १४ गते बाट त्रियुगा नदी आसपास सरसफाई कार्यक्रम रहेको पनि यादवले बताए...
सोलुमा कपडा पसलसहित एक घर जलेर नष्ट

सोलुमा कपडा पसलसहित एक घर जलेर नष्ट

समाचार
कात्तिक ४ गते ।  सोलुखुम्बुको नेचासल्यानमा आगलागीबाट एक पसल सहित घर जलेर नष्ट भएको छ । नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा सोमबार बिहान अचान लागलागी हुदा जलेर नष्ट भएको हो । विद्युत सर्ट भई करिब २ बजे एकासी आगलागी हुँदा स्थानीय चन्द्रप्रकाश कोइरालाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पसलसहितको तीन तले घर जलेर नष्ट हुँदा ९८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय शोलुखुम्बुले जनाएको छ । आगलागी हुदा यही घरमा रमेशकुमार राईले सञ्चालन गर्दै आएको कपडा पसलसमेत जेलेर नष्ट हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।...
१८ करोड रकम हिनामिना गरेको आरोपमा ५६ जना विरुद्ध मुद्दा दायर

१८ करोड रकम हिनामिना गरेको आरोपमा ५६ जना विरुद्ध मुद्दा दायर

आर्थिक, समाचार
कात्तिक ४ गते ।  दाङमा तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको आरोपमा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक खड्कबहादुर बुढाथोकीसहित, कर्मचारी र खातावालसहित ५६ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले २ महिना लामो अनुसन्धान गरेर प्राप्त प्रमाणलाई शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएपछि कसुरदार विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको हो । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिईओसहित ६ जना बैँकका कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा मुद्दा दर्ता गरेको थियो । बैँक सञ्चालकहरु  र सिईओ फरार रहेको जनाईएको छ । जिल्ला सरकार...
यसपालिको भाइटीकाको साइत ११ः५५ बजे

यसपालिको भाइटीकाको साइत ११ः५५ बजे

समाचार
कात्तिक ४ गते ।  यसपालिको भाईटिकाको शुभ साईत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । कात्तिक १२ गते मंलबार परेको भाईटिकाको उत्तम साईत ११ः५५ बजे भएको समितिले सार्वजनिक गरेको हो । उत्त दिन टिका लगाउन कुनै बाधा नभएपनि शुभ साईत खोज्नेको लागि अभिजित् मुहूर्तको शुभ साईति दिएको समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ । तर सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या नहुने समितिले जनाएको छ ।...
सरकारले सिफारिस गरेको धान फलेन

सरकारले सिफारिस गरेको धान फलेन

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ४ गते ।  कैलाली र कञ्चनपुरका किसानले नेपाल सरकारले सिफारिस गरेको धान रोप्दा बाला समेने लागेको छैन । नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्ण शंकर) को धानले बाल समेत लागेन । कैलाली, कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै ३ सय ४८ हेक्टर जमिनमा गरिमा जातको धान रोपेका थिए । धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन् । उक्त क्षेत्रमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले बाल समेत लागेन । कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो । गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।...
सुनको मुल्य २ सयले घट्यो

सुनको मुल्य २ सयले घट्यो

आर्थिक, समाचार
कात्तिक ३ गते ।  आईतबार सुनको मुल्यमा प्रतितोला दुई सय घटेको छ । तोलामा दुई सय रुपैया घटेर प्रतितोला ७० हजार चार सय रुपियाँमा कारोबार भएको हो । शुक्रबार प्रतितोला ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुन आज दुई सय घटेर ७० हजार चार सय रुपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको प्रतितोला ८ सय ५० रुपियाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपियाँमा नै कारोबार भएको थियो ।...