Thursday, August 20News That Matters

समाचार

माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा/ असोज १६ गते । झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–५ संगम टोल निबासी चिन्टु माझीको मृत्यु भएको हो । मंगलबार राती १० बजे घर अगाडीको नालिमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक्कासी चिप्लिएर पानीमा लड्दा करेन्ट लागेर ४० बर्षीय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएको माझिको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

समाचार
धनकुटा /असोज १६ गते । धनकुटाको चौबिसेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । चौविसे गाउँपालिका–३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको मृत्यु भएको हो । गढिगाउँको भित्री सडक खण्डमा तमोर नदीबाट बालुवा बोकी मुढेतर्फ जाँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर  मंगलवार राती ८ बजे लडेर घाईते भएका तामाङको धरानको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा  राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
दिवसमा बेलका नगरपालका सम्मानित

दिवसमा बेलका नगरपालका सम्मानित

समाचार
असोज १६ गते । अन्तराष्ट्रिय पशु पन्छि दिवस र पशु सेवा विभाग स्थापना दिवसको अवसरमा उदयपुरको बेलका नगरपालिका सम्मानीत भएको छ । पशु पन्छिको विकासका क्षेत्रमा उल्लेखनिय काम गरेको मुल्याङ्कन गर्दै कृषि मन्त्रालय पशु सेवा विभागले सम्मान गरेको हो । पशु शेवा बिभागका माहानिर्देशक डा. बन्सी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशु पन्छी मन्त्रालयका सचिब युबकधोज जिसिले सम्मान पत्रका साथ सम्मान गरेको थियो । बेलकामा बन्दै गरेको बोका बाख्रा सन्कलन केन्द्र, ४० वटा पशु पन्छी फर्म अनुदानमा स्थापना भएको, ६ वटा मासु पसल स्थापना, घासको बिउमा नौ सय पाँच आत्मनिर्भर भएको, गाई र भैसिमा कृतिम गर्भाधान कार्यक्रम सन्चालन गरेको, सिकाई केन्द्र स्थापना गरेको, पशु स्वास्थ सिबिर सन्चालन गरेको, आफ्नै श्रोत बाट पशु चिकित्सक ब्यबस्थापन गरेको, दुईवटा बाख्राको श्रोत केन्द्र स्थापनाको तयारी गरेको लगाएतका कामहरु ...
“मिलन स्मारिका” लोकार्पण

“मिलन स्मारिका” लोकार्पण

शिक्षा, समाचार, साहित्य
उदयपुर, असोज १५ गते । कर्मचारी मिलन केन्द्र उदयपुरले नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिका आज लोकार्पण भएको छ । केन्द्रको आफ्नै हलमा विशेष कार्यक्रमको आयोजना गरी स्मारिकाको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुले एकसाथ स्मारिकाको लोकार्पण गरेका थिए । प्रमुख अतिथि जिल्ला न्यायाधिश मनोज केसी, विशेष अतिथिहरु धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, नेपाली सेनाको १८ नंं बाहिनी भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटा, प्रजिअ ध्रुबबहादुर खड्का लगायतले संयुक्तरुपमा स्मारिकाको लोकार्पण गरेका थिए । जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर प्रकाशन गरिएको स्मारिका एक सिर्जनशिल र महत्वपूर्ण रहेको बताइएको छ । मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानका अनुसार स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि ब...
यसपालिको दशैँमा कपडाको व्यापार बढी

यसपालिको दशैँमा कपडाको व्यापार बढी

आर्थिक, समाचार
उदयपुर, असोज १५ गते । उदयपुरमा दशैँको अन्तिम बुधबार सवै भन्दा बढी कपडाको व्यापार भएको छ । सदरमुकाम गाईघाट बजारमा दशैँका लागि अन्य वस्तु भन्दा बढी कपडाको व्यापार भएको हो । पहिलादेखि नै बुधबार हटिया लाग्दै आएकाको बजारमा दशैँको अन्तिम बुधबार मानिसहरुको उल्लेख्य चालहपहल रहेको थियो । नेपालीहरुको महान चाड दशैँ भएकाले दशैँका लागि बढी कपडाको व्यापार भएको उद्योग बाणिज्य संघ उदयपुरका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए । गत वर्षहरुको तुलनामा तुलनात्मक रुपले व्यापार नभएपनि अरु बेलाको भन्दा राम्रो व्यापार भएको छ । सवै भन्दा बढी व्यापार भएको कपडा पछि खाद्य वस्तु, मासुका लागी खसी, जुत्ता चप्पल, सुन चाँदी लगायतका वस्तुको व्यापारमा सुधार आएको उपाध्यक्ष रसाईलीले बताए । भाउ बढेपछि व्यापारमा गिरावट आएको सुनमासमेत केहि सुधार आएको उनले बताए । केहि दिनदेखि लगातार परेको झरीले निराश भएका व्यापारीहरुको निराशा...
पालिले किचेर १ जनाको मृत्यु

पालिले किचेर १ जनाको मृत्यु

समाचार
पाचँथर, असोज १४ गते । पाँचथरको कुम्मायकमा पालिले किचेर १ जनाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ हाङथुवामा पालिले किचेर  धनप्रसाद सम्वाहाम्फेको भृत्यु भएको हो । आफ्नै घरको पालिले बिहान १० बजेको किचेर ४६ वर्षीय सम्वाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ । बसिरहेको अवस्थामा एक्कासी पाली खसेर सम्वाहाम्फे गम्भिर घाईते भएको थियो । घाईते भएको सम्वाहाम्फेको उचपारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएपनि उपचारको क्रममा विहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचथरले जनाएको छ ।...
करेन्ट लागेर १ जना घाईते

करेन्ट लागेर १ जना घाईते

समाचार
मोरङ,असोज १४ गते । मोरङको कानेपोखरीमा करेन्ट लागेर एक जना घाईते भएको छ । कानेपोखरी गाउँपालिका–६ सुन्तली  निबासी २१ वर्षीय चन्द्रबहादुर दर्जीलाई मोवायल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाईते भएको हो । मोवायल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लागेर बिहान सवा ११ बजे दर्जी गम्भिर घाईते भएका थियो ।  घाईते भएका दर्जीको उपचारको लागी पथरी अस्पताल लगिएपनि उपचार हुन नसकेपछी थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, असोज १४ गते । सुनसरीको ईटहरीमा मोटसाईकको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । ईटहरी–१७ नमुना टोलको राजमार्गमा मोटरसाईकल ठक्कर दिदा पार्वतीदेवी चौधरीको मृत्य भएको हो । पश्चिमबाट पूर्बतर्फ जादै गरेको को ४ प ३५३१ नम्बरको मोटरसाईकलले स्थानीय ७५ बर्षिया चौधरीलाई सोमबार दिउँसो २ बजे बाटो काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएकी चौधरीलाई स्थानिय मेडिकलमा उपचार गराई घर लगिएपनि मंगलबार विहान ५ बज मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल र मोटरसाईकल चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
दिवसमा रक्तदान कार्याक्रम

दिवसमा रक्तदान कार्याक्रम

समाचार
विराटनगर, असोज १४ गते । ६४ औँ प्रहरी दिवसको अवसरमा १ न. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नं प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा एक सय आठ प्रिन्ट रगत संकलन भएको प्रहरीले आयोजकले जनाएको छ । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक पुरोषोत्तम कडेल, अन्य प्रहरी अधिकृत तथा जवानहरु र प्रशिक्षार्थी प्रहरी जवानहरुले रक्तदान गरेका थिए ।...
रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, असोज १४ गते । ताप्लेजुङको मौवा खोलामा अरिङ्गाल पोल्न रुख चढ्दा एक जनाको मृत्यु भएको छ । अरिङ्गालको गोला पोल्न रुख चढेका मैवा खोला गाउँपालिका–३ गौतम डाँडा निबसी ३० वर्षीय गोविन्द लिम्बुको लडेर मृत्यु भएको हो । घर नजिकै उत्तिसको रुखमा भएको अरिङ्गालको चाका निकाल्न रुख चढ्दा गतराती साँढे १० बजे एक्कासी लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनाको जानकारी पाउँनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...