Wednesday, August 19News That Matters

समाचार

मेयर र उपमेयरको झडपमा एक स्थानीयको मृत्यु

मेयर र उपमेयरको झडपमा एक स्थानीयको मृत्यु

समाचार
भदौ १९ गते ।  धनुषाका हंशपुर नगरपालिकाको कार्यालय सार्ने विवाद हुदा भएको झडपमा गम्भिर घाईते भएका एक स्थानियको मृत्यु भएको छ । घाईते नगरपालिका–२ निबासी ५५ वर्षीय तपेश्वर मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पालिकाको वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको कार्यालय मेयर रामज्ञान मण्डलले आफु बस्दै आएको ३ नम्बर वडाको बेल्हीमा सार्न खोजेपछि उपमेयर रेणु झाले अवरोध गर्दा २ समूहबीच गत साउन २१ गते झडप भएको प्रहरीले जनाएको छ  । प्रहरीले हस्तक्षेप गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झडप भएको थियो । झडपको क्रममा प्रहरीको लाठीचार्जबाट उपमेयर झासहित ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका उपमेयर पक्षका मण्डलको उपचारको क्रममा झण्डै एक महिनापछि ज्यान गएको हो । घाइते मण्डलको ज्यान गएपछि उपमेयर पक्षले मेयरमाथि कारबाही गर्न माग गर्दै मंगलबार साँझ जनकपुर अञ्चल अस्पताल परिस...
नायिका पुजा नयाँ वर्षसँगै व्यस्त

नायिका पुजा नयाँ वर्षसँगै व्यस्त

मनोरञ्जन, समाचार
भदौ १९ गते ।  नायिका पुजा शर्माले अभिनय गरेको चलचित्र ‘रामकहानी’ औषत रुपमा चलेपछि रिलिज हुन लागेका चलचित्रहरु चल्न आवश्यक छ । तर पुजाले अहिले निर्देशक सुदर्शन थापाको चलचित्र भन्दा बाहिरको ब्यानरमा आकर्षित भएका छिन् । नायिक पूजा नयाँ वर्षपछि विश्राम लिन पाएएकी छैनन् । पुजा एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । लण्डनमा छायाँकन भएको ‘सम्हालिन्छ कहिले मन’ पछि चलचित्र ‘पोई पर्यो काले’मा काम गरेकिछिन् । यसपछि अर्को नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा काम सुरु गरिसकेकी छिन् । यस चलचित्रको छायांकन सकेसँगै दार्जि्लिङका एक निर्माताले बनाउन लागेको चलचित्रमा काम गर्ने भएकि छिन् । पुजाले एकपछि अर्को गर्दै ४ वटा चलचित्रको छायांकन सक्ने तयारी गरेकी छिन् । पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुँदैछ ।...
जोन्सनको आमनिर्वाचन गर्ने प्रस्ताव अस्वीकृत

जोन्सनको आमनिर्वाचन गर्ने प्रस्ताव अस्वीकृत

समाचार, संसार
भदौ १९ गते ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरेको आमनिर्वाचन गर्ने प्रस्ताव हाउस अफ कमन्सले अस्वीकृत गरेको छ । प्रधानमन्त्रि जोसनले समय अगावै आमनिर्वाचन गर्ने गरी गरेको प्रस्ताव संसदले अस्वीकृत गरेको हो । प्रधानमन्त्री पद सम्हालेको छोटो समयमा नै दुई ठूला हार व्यहोरेका छन् । पहिलो युरोपेली युनियनबाट विनासर्त बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदमा फेल भएको थियो । ब्रेक्जिटलाई लिएर भएको निर्वाचनमा जोन्सनको पक्षमा ३०१ र विपक्षमा ३२८ सांसद उभिएका थिए । प्रस्ताव पारितका लागि दुई तिहाइ अर्थात् ४३४ मत आवश्यक रहेकोमा उनले मात्रै २९८ मत पाएका थिए । त्यस्तै सांसदहरूले संसदमा प्रस्तुत गरेको सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित भएको छ । हाउस अफ कमन्समा भएको मतदानमा ३२७ सांसदले पक्षमा मतदान गरेर विधेयक पारित गरेका हुन् ।...
विश्वकप छनोट खेलमा नेपाल र कुवेत भिड्दै

विश्वकप छनोट खेलमा नेपाल र कुवेत भिड्दै

खेलकुद, समाचार
भदौ १९ गते ।  कुवेतसँग घरेलु मैदानमा आज नेपालले विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा प्रतिप्रर्धा गर्दैछ  । नेपाली समय अनुसार १०ः४५ मिनेटमा जाविर अल अहमद अन्तर्रा्ष्ट्रिय रंगशालामा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ भने कुवेतको जित हात पार्ने रणनीति रहेको छ । २०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसपछि नेपालले २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् । नेपाली फुटबल टिममा गोलकिपर किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ रहेको छन् । त्यस्तै डिफेन्डर अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल रहेका छन् । त्यसैगरी म...
हावाहुरी पिडितलाई पाँच लाखको घर

हावाहुरी पिडितलाई पाँच लाखको घर

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ १९ गते । बारा र पर्साको हावाहुरी पिडितको घर नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले घर निर्माणको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ  रहेको प्रतिवेदन पेस गरेको छ । घर निर्माणको लागि सरकारले प्रतिघर उपलब्ध गराएको बजेटबाट प्रतिघर ६१ हजार एक सय रकम बचत गरेको हो । एक घर निर्माणका लागि सरकारले पाँच लाख ४५ हजार ९ सय ८५ रुपैयाँ ८८ पैसा रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ । सरकारले बाराका आठ सय सात घर र पर्साका ६२ गरी आठ सय ६९ घरको प्रमाणपत्र तथा नक्साको कागजसहित हुरीपीडितलाई घर उपलब्ध गराएको हो । यो समाचार आजको गोरखापत्रमा दैनिकमा छापिएको छ ।   ...
अरुको नामको सिमकार्ड चलाउन नपाईने

अरुको नामको सिमकार्ड चलाउन नपाईने

लिम्चुङबुङ डायरी, समाचार
भदौ १९ गते । नेपाल टलिकमले अब अरुका नामको सिमकार्ड प्रयोग गर्न नदिने भएको छ । सिमकार्ड चलाई रहेको व्यक्तिकै नाममा दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणले तयारी थालेको हो । जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले बताए । अवको केही दिनमा नै सवै सेवा ग्राहीलाई मोबाइल सेवा प्रदायकमार्फत अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्ने दुरसञ्चारले जनाएको छ । तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको र त्यस विषयमा पछि निर्णय गर्ने अध्यक्ष खनालले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ जर्दन घाईते

जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ जर्दन घाईते

समाचार
भदौ १८ गते । स्याङ्जाको गल्याङमा जीप दर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका – ३ चापाकोटको बुटवल पावर कम्पनी नजिकै दुर्घटना हुदा तीन जना मृत्यु भएको छ भने २३ जना घाईते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङ तर्फ आउँदै गरको लु १ ज ३८४१ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय प्रशन्न दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको स्थानिय सामुदायिक स्वास्थ्य केन्द्रमा र २ जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
अख्तियारद्धारा ७ जना विरुद्ध मुद्दा दायर

अख्तियारद्धारा ७ जना विरुद्ध मुद्दा दायर

समाचार
भदौ १८ गते । सेवाग्राहीसँग विभिन्न बाहनामा घुस लिएको अभियोगमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापकसहित ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्धा दायर गरेको छ । नवलपरासीका पाल्हिनन्दन गाउँपालिका–३ को श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले शिक्षकको सरुवा तथा रमाना गर्दा ६५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीहरु विरुद्धा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेले हराएको लालपुर्जाको प्रतिलिपि बनाउन जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले उनीहरु विरुद्ध मुद्धा दायर गरिएको आयोगले जनाएको छ । अख्तियारले राष्ट्रिय चिया तथा क...
एक बृद्धा मृत अवस्थामा फेला

एक बृद्धा मृत अवस्थामा फेला

समाचार
उदयपुर, भदौ १८ गते ।  उदयपुरको त्रियुगामा एक जना व्यक्ति मृत अवस्था फेला परेको छ । त्रियुगा नगरपालिका–३ मोतीगढा निबासी भक्तसिंह तामाङको घरको पेटीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मागी खाने तराई मुलका जस्तो देखिने अन्दाजी ७० वर्षीय बृद्ध मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरी टोली घटना स्थल पुगी शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।...
भब्यताका साथ निजामती दिवस मनाईने

भब्यताका साथ निजामती दिवस मनाईने

समाचार
उदयपुर, भदौ १८ गते ।  उदयपुरमा निजमती दिवसको अवसरमा भदौ २२ गते विबिध कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाउने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लामा ६ वटा कार्यक्रमको तय गरेको हो । बैठकले मुल समारोह समिति गठन गर्दै दिवसको अवसरमा सेवानिवृतलाई सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कृत, व्याडमिन्टन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । बढ्दो लागुऔषध ओसारपसार र सेवनलाई न्युनिकरण गर्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, महिला म्युजिकल चियर र प्रभातफेरीको आयोजना गरेको मुल समारोह समितिका संयोजक एवंम प्रजिअ खड्काले बताए । सबै कार्यक्रमको विभिन्न उपसमिति तयारी गरी २१ गते भित्र सम्पन्न गरी २२ गते पुरस्कार वितरण गर्ने गरी तयारी गरिएको उनले बताए । लागुऔषधको अबश्था भयाभह भएकाले स्कुले बालबालिकालाई सचेत गराउने गरी कार्यक्रम सञ्चालन...