उदयपुर ‘ए’ डिभिजन लिग : बेल्टार र गाईघाटले अंक बाढे
पूर्णपुष्टि, जेठ ७ । उदयपुर उदयपुर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो खेलमा एकता युवा क्लब बेल्टार र फुटबल क्लब गाईघाटले अंक बाढेको छ ।
आज सोमबार बिहान भएको खेलमा एकता युवा क्लब बेल्टार र फुटबल क्लब गाईघाटले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाढेको हो । खेलको ४ औं मिनेटमा जर्सि नं १० का सचिन खड्काले गोल गर्दै बेल्टारलाई आग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा जर्सि नं १२ का सन्दिप लिम्बुले गाईघाटका लागी गोल गर्दै खेल बराबरीमा ल्याए भने ३९ औं मिनेटमा जर्सि नं १० का रविशंकर चौधरीले गाईघाटका लागी दोस्रो गोल गरे । खेलको ५४ औं मिनेटमा बेल्टारका सोहि जर्सि नं १० का सचिन खड्काले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । यस प्रतियोगिताको म्यान अफ द म्याच बेल्टारका सचिन खड्का बने । लिगको चौँथो खेल आज दिउँसो लालिगुराँस नव युवा क्लब र नव प्रभात नेपाल बिच हुनेछ ।
लिगमा ८ टिमको सहभागीता रहे...









