बरुवा क्याम्पसको दुर्गन्धित नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण
पूर्णपुष्टि, चैत्र १८ । उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसको दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापनको माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
आइतबार अनेरास्वियु बरुवा क्याम्पस कमिटिका सचिव अभिषेक थापा मगर र अनेरास्वियु कोशी प्रदेशका उप–सचिव प्रवेश ठकुरीको नेतृत्वको विद्यार्थी टोलीले नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मेयर बसन्त कुमार बस्नेतले विद्यार्थीहरूको पढाइमा प्रतिकूल असर पर्ने कुनै पनि समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । मेयर बस्नेतले चाँडै नै दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन गरिने आश्वासन दिए ।
ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम...








