Sunday, August 30News That Matters

साहित्य

उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज विमोचन

उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज विमोचन

समाचार, साहित्य
पूणर्पुष्टि, असोज ३० उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज गजल संग्रह शुक्रबार विमोचन भएको छ । सुनौलो अवाज १ नं प्रदेशकी साम्सद अम्विका थापाले संगम सामुदायीक पुस्तकालयको सभाहलमा विमोचन गर्नुभयो । बिभिन्न साहित्यकार र साहित्य संघ संस्थाहरुको उपस्थितिमा एक कार्यक्रम गर्दै गजल संग्रहको विमोचन गरिएको छ । साहित्य क्षेत्रमा अग्रसर रहेका चार युवा साहित्यकार रविन खड्का, अनिल घिमिरे, शारद खड्का, कुमार ज्योतिको संयुक्त प्रकाशित सुनौलो गजल संग्रह रहेको छ । ५ सय प्रति प्रकाशित संग्रह करिब ९२ पेज बराबरको रहेको लेखक रबिन खड्काले बताउनुभयो । यो चाँडैनै बजार लगाएत साहित्यक व्यक्तिहरुमा फैलाउने अर्का लेखक अनिल घिमिरेले बताउनुभयो ।  विमोचन कार्यक्रम सँगै युवा संघका अध्यक्ष खगेन्द्र पोखरेलले पुस्तकालयलाई पुस्तक उपलब्ध समेत गराउनुभयो । त्यस्तै टंक आले मगरले पनि आफ्नो कृति अछेता पुस्तकालय र अतिथि...
गन्तव्य (कविता)

गन्तव्य (कविता)

साहित्य
केदार राना, गाइघाट, उदयपुर भावनाका लहडहरू महासागरको लहर बनेर जब आकासको उँचाइ नाप्न थाल्छ एक जब्बर सपना उद्वेगहरुसँगै उडान भर्छ चाहनाको पोको लिएर हुँइकन्छ मान्छे अनवरत खुट्ट्याउन अगम्य गन्तव्य मृगतृष्णामा बाँचेकाहरू जुनेली रातमा गाम-बेँसी छाडदै झुल्के घाममा पखेरो-खहरे छिचोल्छन् जिजिविषाको भारी सपनाको फ्लाइओवरहरुमा गुडाउदै लिकसँगै उद्देश्य छिचोल्छ अजङ्गको जीवन यात्रामा छचल्किन्छ कल्पना जब पानोरामिक दृश्य बनेर चिहाउँछ मान्छे झ्यालबाट क्षित्तिजमा स्वप्निल गन्तव्य अजम्मरी यात्राहरु यामहरु फेरिए जस्तै चाहेनन्, चिसो सिरेटोमा लुटपुटिरहन न्यानो उच्छवासभित्र जेठको हुरहुरे घाममा बसिरहन सिमली छाँयाको परिधिभित्र अनुरागले उन्मत्त स्खलित हुन कसिएर मायाको बाहुलिभित्र परम्पराको आडम्बरमा खुम्चिन बाँधिएर अत्याचारको पराकाष्ठाभित्र अन्तर-कुन्तरमा आशाले हौस्याइरह्यो, शरदको पतझड बोटम...
साहित्यतर्फको नोबल पुरस्कार अमेरिकी कवि ग्लुकलाई

साहित्यतर्फको नोबल पुरस्कार अमेरिकी कवि ग्लुकलाई

समाचार, साहित्य
पूर्णपुष्टि, असोज २२ सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार कवियत्री ग्लुकलाई प्रदान गरिने भएको छ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई दिने घोषणा गरेको हो । उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।...
मलाइ विग्रेको मनपर्छ (कविता)

मलाइ विग्रेको मनपर्छ (कविता)

साहित्य
–गोठकृष्ण ठकुरी,उदयपुर यदि यहाँको समाजमा दुव्र्यशनीमा फस्नु विग्रनु हो भने संधै दुव्र्यशनमा लठ्ठ भइरहने विष समेत घाँटीमा राख्न सक्ने महादेव विग्रेको हो उही देवको देव महादेव भयो त्यसैले मलाइ विग्रेकाे मन पर्छ यदि यहाँको समाजमा घरबारको जिम्मेवारी नलिने घरबार त्यागेर हिड्नु विग्रनु हो भने केबल एक शान्तिको खोजीमा बालबच्चा राज्य घरबार सबैथोक त्यगेर हिड्ने गौतमबुद्ध विग्रको हो उही पुज्य छ । त्यसैले मलाई विग्रेको मन पर्छ यदि यहाँको समाजमा माया प्रेम गर्नु बराला भइहिड्नु विग्रनु हो भने सोरसय गोपीनीसँग रासलिला रचाउने कृष्ण विग्रको हो जसको उपदेश गितामा हात राखेर कसम खाइन्छ । त्यसैले मलाइ विग्रेको मन पर्छ । यदि यहाँको समाजमा धुम्रपान गर्नु, बौलाउनु विग्रनु हो भने हात जलुनजेल चुरोट खाइरहने बौलाहा झै हिड्ने लक्ष्मीप्रसाद देवकोटा विग्रेको हो जसले नेपाली साहित्य भण्डार ...
गजल

गजल

साहित्य
  -तुलसा भट्टराई, उदयपुर कोरोनाको सन्त्रासले जलाउने हो अझै कति ? विश्वभरी हल्लाहरू चलाउने हो अझै कति ? हुनेखाने र हुँदाखानेबीचको फरकलाई घर्-घरमा गरिबीले गलाउने हो अझै कति? सुन्दर भविष्यको सपनामा बाँचेकाहरूको मनभित्र तनाव नै पलाउने हो अझै कति ? जोखिमयुक्त भू-भागमा रहेका ती बस्तीहरू भूकम्प र पहिरोले ढलाउने हो अझै कति ?...
त्यहाँदेखि (कविता)

त्यहाँदेखि (कविता)

साहित्य
गोठकृष्ण ठकुरी, उदयपुर एक जमाना थियो जहाँ म पढ्दै थिएँ जहिले म बढ्दै थिएँ त्यहीँ सिकेको हुँ लाइन बस्न प्राथना गर्न आदर गर्न जुन अहिले सजिलो भएको छ हरेक ठाउँमा लाइन बस्न सजिलो भएको छ समस्यामा भगवान पुकार्न सजिलो भएको छ आदर गरेर उम्कन सरले जहिले भन्नु हुन्थ्यो– “कम खाओ, बुद्वि बढ्छ” आज आएर थाहा भो भोको पेटले साँच्चै बुद्धि बढाउने रहेछ आज कति साथीहरू बुद्धि बढेर पराइभूमि पुगेका छन् कतिले बन्दुक बोकेका छन् त कतिले कलम भिरेका छन् सरले भन्नुहुन्थ्यो– “आजको अप्ठ्यारोले भोली सजिलो बनाउँछ” हो रहेछ हिजो अप्ठ्यारो गरी सिकेको हिसाबले आज सजिलो भएको छ परदेशी आउने दिन गन्न सजिला्े भएको छ तलब आउने दिन गन्न सजिलो भएको छ उधारो खाएको जोड्न त्यति बेला म बुझ्दिन थिएँ ‘धन भन्दा विद्या ठूलो’ पाठ पढाउने सरले पैसा थोरै भो भनेर स्कुल छाडेको कुरा ‘बल भन्दा बुद्धि ठूलो’ पाठ पढाउने ...
कवि ( जिवन आरोहीको ) कविता (निमन्त्रणा)

कवि ( जिवन आरोहीको ) कविता (निमन्त्रणा)

साहित्य
निमन्त्रणा तिमी आउँदा सँगसगै लिएर आउनु ओठमा मुस्कान र मस्तिष्कमा उज्यालो सपना । आउँदा छातीमा नक्सा छिपेर गाउँको कोरिदिनु पुरातन पत्थरको छातीमा उज्यालो हिड्ने स(साना गोरेटोहरू, प्रतिफलमा सोध्नेछन् कणर्धार पाइलाहरूले तिम्रो यात्राको सौन्दर्य । आउँदा, थाक्यो भने गोडा, लाग्यो भने थकान, सखारै काँधमा हलो बोकेर बेसी झरिरहेका ईश्वरहरू सम्झनु । सम्झनु, आमाको आँसुको आशिर्वाद । पछ्याउँदै नदीजस्तो सफर, सम्झँदै, चराहरूले जसरि घरको ठेगाना । नबिर्सि आईपुग्नु तिम्रो गन्तब्य । तिमीले ठेगाना बिर्सियौ भने बिर्सिनेछ, खेतबारीले अनाजसँगको प्रेम, केटाकेटीहरूले बिर्सिनेछ, पाठशालाको बाटो, र कणर्धार आँखाहरूले बिर्सनेछन सहिदको सपना । जसरि बिर्सन्छ बिरक्तिएका चराहरूले आफ्नो घर र देश । तिमी आउँदा गाउँ(बेसी गरिरहेकै हुनेछन् असार रोपिरहेका किसानहरू । घरको पिढीमा तिम्रै बाटो हेरिरहेका हुनेछन...
अन्तराष्टिय्र कविता प्रतियोगितामा उदयपुरे कवि जिवन आरोही दोस्रो

अन्तराष्टिय्र कविता प्रतियोगितामा उदयपुरे कवि जिवन आरोही दोस्रो

समाचार, साहित्य
पूणर्पुष्टि, भदौ १८ अन्तराष्ट्रिय कविता प्रतियोगितामा उदयपुरका युवा कवि जिवन राई (आरोहीले) दोस्रो स्थान हासिल गरेका छन् । । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा आरोही दोस्रो भएका हुन् । आरोही जिल्लामा राम्रो छवि बनाएका कवि हुन् । उनले कवितामा धेरै उपाधिहरु हात पारिसकेका छन् । यो भन्दा पहिले नै उनले राष्ट्रिय कविता प्रतियोगिताको प्रथम उपाधी समेत हात पारिसकेका छन् । वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी निणर्ययक रहेको सो प्रतियोगितामा २५० जति कविताहरू प्राप्त भएको जानकारी प्रतियोगिताका संयोजक एवं अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । । प्रतियोगितामा बिराटनगरकी राधीका गुँरागाई प्रथप भएकी छिन् । उनी कविता इन्द्रेणीको सपनाहर...
बजारे बेहुली (लघुकथा)

बजारे बेहुली (लघुकथा)

साहित्य
– टङ्कबहादुर आलेमगर त्रियुगा नगरपालिका -११, संगमटोल, उदयपुर, १ नम्बर प्रदेश सिँदुर, पोते, फुर्का, चुरा, गाजल, नङ्पालिस, क्रिम, पाउडर लाएर घुमिरहे छ एउटा मान्छे बजारे बेहुली भएर । चर्चा परसम्म । केटाकेटीको रम्भोरु र तमासा आदिआदि । साहुजी... बजारे बेहुली । के...? वास्ताहीन पसले । टाउकोमा सिउँदो फारेर लगाको सिँदुर देखाउदै यस्तो लाउने आइमाईलाई देख्नु भो ? भाग ... भन्दै हकार्यो पसलेले । टाइट पैंट लगाउने ठिटीलाई, दोकाँधे भिरेको पोते देखाउदै सोध्यो यस्तो भिर्ने आइमाईलाई देख्यौ ? केटी चुपचाप आफ्नै गन्तव्य तिर । पीपलको फेँदमा बसेर नानीलाई दुध ख्वाइरहेकी केटीको वक्षस्थल देखाउदै भन्यो 'यस्तै नानीलाई दुध चुसाउने आइमाईलाई देख्नु भयो ? रातो पीरो लाजले गाउँले ठिटी । कलेजबाट फर्केका विद्यार्थीलाई लिविस्टिक दलेको रातो, असुहाइलो ओँठ देखाउदै -यस्तै दल्ने भाउजूलाई देख्यौ ? त्रियुगापुल पारी हाँस...
वाह नेता ज्यु वाह

वाह नेता ज्यु वाह

साहित्य
उदयपुरे ब्रो सुमन  खाडी बाट कयौ छोराहरुको लास बाकस मा आउँदा एक थोपा आँसु नझर्ने त्यो तपाईंको आँखा अनि ढुङ्गा जस्तो मनमा आज बिदेशी बुहारीको चिन्ता कति धेरै भाको हो दलालको पन्जामा परि हजारौ देश भक्त छोराहरु आज यो बिसमपरिस्थितिमा खाडीमा आफ्नो अस्तित्व हराएको कुहिरोको काग भैरहदाँ तपाईलाई आफ्नो छोराको भन्दा बुहिरीको पहिचानको चिन्ता छ तपाईहरु जस्तो नेता कहाँ पाइयला अन्त कतै ? वाह नेता जि वाह छिमेकीले देशको सिमा चिमोटेर नेपाल आमा रोइरहेको बेला तपाईहरुलार्इ भने मातृभुमिको अस्तित्वको चिन्ता नभई भोलि कुर्सीको चिन्ता भोटको चिन्ता बिदेशी बुहारिले ल्याउने दाइजो रुपि नोटको चिन्ता वाह नेताज्यु वाह दुनियाँ भरी कोरोना कहरले गरिब जनता रोग अनि भोकले पिल्सिएको बेला तँपाइहरुलार्इ भने स्वास्थ...