सिर्जनशील क्लबका कुरा : किन, कहाँ र कसरी ?
यशु श्रेष्ठ
नयाँनयाँ सिर्जनाले नै संसारलाई सकारात्मक र नवीन अनि सजिलो ढङ्गबाट अघि बढ्न सहयोग गरिरहेको हुन्छ । नवीन सिर्जनाका लागि झुकाव, चाख, लगाव, साधना र निरन्तरता आवश्यक पर्छ । यसका साथै विभिन्न छलफल, संवाद, तर्क, अध्ययन, अनुसन्धानले यो माझिँदै जान्छ र एउटा गन्तव्यमा पुग्न सक्दछ । त्यो गन्तव्यमा पुर्याउने एउटा बाटो हुन सक्दछ ‘सिर्जनशील क्लब’ । क्लब भएपछि यहाँ विभिन्न मस्तिष्क र विचारले बास गर्छन् । विचारका आदानप्रदान अनि सहयोगले हौसला, उत्साह प्रदान गर्छ, जसले काम गर्ने हातहरुलाई निकै धेरै फुर्ती ल्याइदिन्छ । एकअर्कामा गरिने मदत र दिने हौसलाले सबैलाई अगाडि बढ्न प्ररित गर्छ । सामुहिकताको विकास हुन्छ । नेतृत्व, तर्क गर्ने शक्तिको विकास, अधिकार र जिम्मेवारीप्रति वफदार हुन सिकाउँदछ । एकअर्काका दुःखसुख, संस्कार अनि संस्कृतिकोसमेत आदानप्रदान हुन्छ । एउटा फरक अभिभावकत्व प्राप्त हुन्छ । सामु...









