तेस्रो पत्र
गोठकुष्ण ठकुरीसंञ्चारकर्मी तथा लेखक
मलाई थाहा छ बुढी, तिमी गएको ठाउँबाट फर्केर आउन सम्भव छैन । तर सुनेको छु , यो दुनियामा असम्भव पनि केहि छैन । एउटा यो जिन्दगी छ, जुन तिमी विना कटाउनु छ । अर्को यो समय छ जो मबाट कटिरहेको छैन । देउता बनी सकेकी मेरी बुढी, यदि त्यो भगवान त्यहाँ छ भने मेरो एउटा सवाल सोधी देउ है । कि कुन चाहिँ त्यस्तो गल्ती गरेको थिएँ र मैले ? जुन आज सुख बाँड्ने उमेर दुःख बाडिरहेछु । बुढी, धेरै माया पाउनु पनि राम्रो हुन्न रैछ । मलाई माया गर्ने तिमीले आधी बाटो नपुग्दै छाडिदियौ । तिमीले छाडेको दिन अरु माया गर्नेहरु मेरो पीडा देख्नुपर्छ भनेर आएन । सायद उनीहरु कतै रुदै थिए । मलाई सम्झाउन आँट कसेर आएकाहरु गेटसम्म आएर आफै रुदैँ फर्किए । त्यसबाट उम्किएकाहरु साँझमा दारुको साथ लिएर आएका थिए । उनीहरुले पनि वाक्य पुरा गर्न सकेनन् । ‘यस्तै हो’ मात्र भनेर फर्किए । ‘यस्तै हो संसार, आएपछि ज...









