Thursday, August 20News That Matters

स्वास्थ्य

कोरोना संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ का ६० वर्षीय पुरुषको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई गत ७ गते अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा उपचार गरिरहेको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो ।...
चितवनमा कोरोना सक्रमणबाट एक जनाको मृत्यु

चितवनमा कोरोना सक्रमणबाट एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
 पुर्णपुष्टि,  भदौ १२,  चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौडा उपमहानगरपलिका–१९ की ७१  बर्षिय महिलाको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनी गत ७ गते अस्पताल भर्ना भएकी थिईन् । उनमा दमको समस्या थियो । पछि निमोनिया भएपछि अस्पताल भर्ना भएकी महिलामा कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।...
म्याद गुज्रेको औषधी बेच्ने गाईघाटका एक आयुर्वेध पसल सिल्ड

म्याद गुज्रेको औषधी बेच्ने गाईघाटका एक आयुर्वेध पसल सिल्ड

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, भदौ ११ मिति सकिएको औषधी बिक्रि वितरण गर्ने गाईघाटका एक आयुर्वेद पसललाई सिल्ड गरिएको छ । जिल्ला प्रशासन कार्यलय सहितको अनुगमन टोलीले शुक्रबार मिति सकिएको सामान सँगै गाईघाट स्थित त्रियुगा माविको पछाडी रहेको नमुना आयुर्वेद फार्मेशीलाई सिल्ड गरेको हो । जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ, सगरमाथा अञ्चल आयुर्वेद औषधलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, नगर प्रहरी लगाएतको संयुक्त टोलीले सिल्ड गरेको हो । मोतिगडाका एक विरामी कविराज गजमेरले लगेको औषधीमा समय सकिएको मिति फेला परेपछि फार्मेशीलाई शिल्ड गरिएको हो । गजमेरले पहिलो चोटी र दोस्रो चोटी लगेको दुबै औषधीमा मिति सकिएको पक्ता लागेको छ । पहिलो चोटी लगेको महिलाले खाने सुन्दरी कल्प र दोस्रो पटक लगेको हिम्कोसिड दुवैमा पनि म्भाद सकिएको गजमेरले बताए । गजमेरले छोरीले मिति हेर्दा मात्रै थाहा पाएको बताए । पछिल्लो समय लगेको ह...
भक्तपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

भक्तपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ भक्तपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा  मृत्यु भईसकेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको जनाईएको छ । भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट दुईजना स्थानीयको मृत्यु भएको थियो ।...
कोरोना संक्रमणबाट धरानमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट धरानमा थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आज बिहान एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिला रहेको जनाईएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानले जनाएको छ । योसँगै अहिलेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु हुनेकोे संख्या १५ पुगेको छ ।...
पेरिसमा मास्कको अनिवार्य

पेरिसमा मास्कको अनिवार्य

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य बनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पेरिस र आसपासका क्षेत्रमा मास्कलाई अनिवार्य गरिएको हो । यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन । कोरोनाको संक्रमण फैलिदै गएकाले मास्कलाई अनिवार्य बनाएको जनाईएको छ । यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले पेरिसमा मास्कलाई अनिवार्य गर्ने बताएको थियो । कोरोनाको संक्रमण देशभर फैलिएको भन्दै तत्काल कडा कदम उठाउन नसके महामारी झन् तीव्र गतिमा फैलन सक्ने बताएको थियो । फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
कोरोना विरुद्धको खोपको मूल्य १४० डलर

कोरोना विरुद्धको खोपको मूल्य १४० डलर

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १२ चिनियाँ कम्पनी सिनोफार्मले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात करिब १५ हजार रुपैयाँ तोकेको छ । परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । एक महिनाअघि खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने कम्पनीले जनाएको छ । विश्वमा अन्तिम चरणका परीक्षणमा रहेका छ वटा खोपमध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ । एक करोड ७० लाखभन्द...
नेपालमा २० हजार भन्दा बढी कोरोना सङ्क्रमण मुक्त

नेपालमा २० हजार भन्दा बढी कोरोना सङ्क्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ६९ जना उपचारपछि निको भएसँगै निको भएर घर फर्कनेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १ नम्बर प्रदेशमा एक हजार चार सय ९१ जना, २ नम्बर प्रदेशमा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा आज थप ११११ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ११११ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ नेपालमा आज थप एक जार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको सख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी ७० वर्षीया नेपालगञ्ज उपमहानगरपालिका–७ की वृद्धको विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि गत भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँदै गएपछि भदौ ६ गते राति शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।...