Thursday, August 20News That Matters

स्वास्थ्य

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३० गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिका–१ का १४ पुरुष र ६ महिला गरी २० जनामा र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना पुरुष गरी थप २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ८१ पुगेको छ ।...
कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोनाबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३० नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गतराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका ४० वर्षका पुरुषको मृत्यु भएको हो । ज्वरो, टाइफाइड र श्वास–प्रश्वासमा समस्या देखिएपछि अस्ति विराटनगर पुगेका पुरुषको आइसोलेशनमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अहिले शव सिरहा लैजाने तयारी भैरहेको जनाईएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ । यस बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।...
उदयपुर प्रशासनले तीन नगरपालिकामा लगाएकाे निषेधाज्ञ पहिलाे दिन भयाे पालना

उदयपुर प्रशासनले तीन नगरपालिकामा लगाएकाे निषेधाज्ञ पहिलाे दिन भयाे पालना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ । जिल्ला प्रशासन कार्यालय उदयपुरले तीन नगरपालिकामा गरेकाे निषेधाज्ञ पहिलाे दिन अाज सर्वसाधारणाबाट पालना भएकाे पाइएकाे छ । त्रियुगा, बेलका र चाैदणडीगडी नगरपालिकामा लगाएकाे निषेधाज्ञ सर्वसाधारणबाट पालना भएकाे पाइएकाे प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयाे । प्रजिअ पाण्डेले हालकाे निषेधाज्ञ सर्वसाधारणसमेतकाे माग रहेकाे थियाे । सर्वसाधारणा अाफै पनि काेराेना प्रति सचेत र सतर्क रहेकाले पालना गरेकाे पाइएकाे उहाँले बताउनुभयाे । गाइघाट बजार विहानदेखि नै सुनसान रहेकाे थियाे । बजार र सडकहरूमा सुरक्षाकर्मी तैनाथ रहेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरि खटिएका थिए । सुरक्षाकर्मीले सर्वसाधारणलाइ विगतमा जस्ताे धेरै सम्झाउनु र धरपकट गर्नु नपरेकाे उहाँले बता उनुभयाे । भाेलीका दिनहरूमा पनि सर्वसाधारणाबाट यसरी नै पालना हुने अाशा रहेकाे प्रजिअ पाण्डेले बताउनुभयाे ।...
कोरोनाबाट आज थप ४ जनाको मृत्यु

कोरोनाबाट आज थप ४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ नेपालमा आज थप चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भए छ । महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक÷एक जना गरी चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै अछामको रामारोशन गाउँपालिका–५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटुरोगबाट ग्रसित थिए । त्यस्तै मोरङको विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भए...
पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २४ हजार नौ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएको जनाएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक/एक जना गरी चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ मा आठ, दुईमा ३९, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म उक्त संक्रमित मध्ये १६ हजार आठ सय ३७ जना उपच...
मकवानपुरमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

मकवानपुरमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ मकवानपुरमा आज एकै दिन थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिका क्षेत्रमा मात्र १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हेटौँडा–९ का सात जना, हेटौँडा–५ का चार जना, हेटौँडा–४ का चार जना, हेटौँडा–२ का एक जना, हेटौँडा–१० का एक जना र हेटौँडा–१३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरी भीमफेदी गाउँपालिकामा तीन जना, थाहा नगरपालिकामा दुई जना, बकैया गाउँपालिकामा दुई जना, चितवन ठेगाना भएका एक जना, काठमाण्डौ ठेगाना भएका एक जना र १० जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण देखिएको जनाईएको छ । चितवन र काठमाण्डौ घर भए पनि कामको सिलसिलामा मकवानपुरमा बस्दै आएका दुई जनालाई पनि कोरोना सङ्क्रमण भएको जनाईएको छ  ।...
भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि

भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ भारतमा एकै दिन ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा सङ्क्रमितको संख्या २३ लाख ९६ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण ४७ हजारभन्दा धेरैको  मृत्यु भएको छ । भारतमा अहिलेसम्म १६ लाख ९५ हजारभन्दा धेरै निको भएका छन् भने ६ लाख ५३ हजारको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।...
कोरोना माहामारीमा शारिरिक व्याम कसरी गर्ने ? यसरी गर्नुस मर्निङ वाक

कोरोना माहामारीमा शारिरिक व्याम कसरी गर्ने ? यसरी गर्नुस मर्निङ वाक

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, साउन २९ हाल कोरोना माहामारीमा शारिरिक व्याम कसरी गर्ने चिन्ता सबैलाई छ । मानिसहरु प्रय विहानी पख शारिरिक व्याम गर्ने क्रममा मर्निङक जान्छ । कोरोना माहमारीमा पनि शारिरिक व्याम कसरी गर्ने र मर्निङ वाक कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ । १.भीडभाडमा नहिंड्ने( अहिलेको कोरोनाको अवस्थामा संक्रमणबाट बच्नको लागि शरीरमा रोगप्ररोधात्मक क्षमता बढाउनुपर्ने हुन्छ। बिहानीको हिँडाइले शरीरमा इम्युनिटी पावर थप्ने काम गर्दछ। बिहान हिँड्दा थप सजग हुनुपर्ने छ किनकी बढ्दो सहरीकरणले गर्दा हिंड्न मिल्ने सार्वजनिक ठाउँ सीमित छन्। हिंड्ने व्यक्तिहरु असीमित हुन सक्छन किनकी वर्तमानको खानपान र जीवनशैलीले सबैलाई दिन प्रतिदिन रोग थपिरहेको छ। त्यसैले अहिले कोरोनासँग बचेर हिंड्नको लागि भीडभाड नभएको, साह्रै कम मान्छेहरु हिंड्ने स्थानमा हिँड्नु पर्छ। २ चुपचाप मौन हिंड्ने( बिहान उठेर मौन हिंड्नु स...
उदयपुरमा थप एकजनामा काेराेना, जिल्लामा संक्रमित १०५ पुग्याे

उदयपुरमा थप एकजनामा काेराेना, जिल्लामा संक्रमित १०५ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ । उदयपुरकाे थप एकजनामा काेराेना पाेजेटिभ भएकाे छ । कटारी निवासी एक महिलामा अाज पाेजेटिभ पुष्टि भएकाे हाे । कटारी ४ काे २३ वर्षिया महिलामा काेराेना पाेजेटिभ पुष्टि भएकाे हाे । उनी ,विरामी भई उपचार गराउन धरानस्थित विपी काेईरालाला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारमा गएकाेमा काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय प्रमुख माेहन सुवेदीले जानकारी दिनुभयाे । उनीसंगै उदयपुरमा काेराेना पाेजेटिभकाे संख्या १ सय ५ पुगेकाे छ ।...
अाजबाट उदयपुरका तीन नगरपालिका निषेधाज्ञमा, सुरक्षाकर्मी कडाईमा उत्रियाे

अाजबाट उदयपुरका तीन नगरपालिका निषेधाज्ञमा, सुरक्षाकर्मी कडाईमा उत्रियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ ।   काेराेनाकाे बढ्दाे संक्रमण तथा जाेखिमका कारण उदयपुरकाे तीन नगरपालिकामा निषेधाज्ञ लागू भएकाे छ । गएराती १२ :०० बजेदेखि लागू हुने गरि भदाैं ७ गतेसम्मका लागि निषेधाज्ञ जारी भएकाे हाे । त्रियुगा, चाैदण्डी र बेलका नगरपालिकाका सम्पूर्ण क्षेत्रमा लागू हुनेगरी निषेधाज्ञ जारी भएकाे हाे । निषेधाज्ञ जारी भएका ती पालिकाहरुमा समुदायस्तरमै काेराेना संक्रमण फैलिएकाले राेकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञ जारी गर्नु परेकाे प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयाे । प्रशासनकाे निषेधाज्ञका कारण सदरमुकाम गाईघाट अाज विहानदेखि सुनसान छ । बजारमा मानिसकाे चहलपहल कमी छ भने सवारी साधन चलेका छैनन् । उता बेल्टार, रामपुरठाेक्शिला बजार पनि बन्द छन् । विहानैदेखि सुरक्षाकर्मी तैनाथ छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर निषेधाज्ञ कडाई गरेका छन् । निषेधाज्ञ अवज्ञा गरेमा कारवाही...