Wednesday, August 19News That Matters

स्वास्थ्य

अख्तियारका थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

अख्तियारका थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार गरिएको ८० जनाको परीक्षण परिक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी रहेका छन् । यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्म...
आज थप २३३ जना कोरोनामुक्त

आज थप २३३ जना कोरोनामुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ नेपालम आज थप दुई सय ३३ जना उपचारपछि कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १५ हजार तीन सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा नौ सय ३७, प्रदेश नम्बर २ मा तीन हजार दुई सय ३४ र वाग्मती प्रदेशमा पाँच सय ९१ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा एक हजार तीन सय ६२, प्रदेश नम्बर ५ मा चार हजार ९७, कर्णाली प्रदेशमा एक हजार सात सय ७७ र सुदूरपश्चिम प्रदेशमा तीन हजार तीन सय ९१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६  जना सक्रिय सङ्क्रमित छन् ।...
नेपालमा थप ३६० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३६० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मोरङमा दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक/एक जना गरी पाँच जना सङ्क्रमितको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।...
प्रचण्डको सुरक्षामा खटेका ६ जनामा कोरोना संक्रमण पुष्टि

प्रचण्डको सुरक्षामा खटेका ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सुरक्षामा खटेका  ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ । पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन । कोरोना पुष्टि भएका उनीहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको थियो ।...
प्रदेश २ का कानुन मन्त्री यादवलाई कोरोना सङ्क्रमण पुष्टि

प्रदेश २ का कानुन मन्त्री यादवलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ २ न. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँसहित प्रदेश सभासदस्य रिना यादवलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो । आन्तरिक मामिला मन्त्रालय मन्त्री यादवसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । मन्त्री यादव होम आइसोलेशनमा बस्नुभएको छ । मन्त्रालयको सम्पूर्ण कामकाज बन्द गरिएको छ । उहाँ साउन १८ गते काठमाण्डौबाट फर्केर १९ गते स्वाब संकलन गराउनुभएको थियो । उहाँले आफूमा सङ्क्रमण पुष्टि भए पनि अवस्था गम्भीर नरहेको बताउनुभएको छ । मन्त्री यादवले काठमाण्डौमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीसँग भेट गर्नुभएको थियो । यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजयकुमार चौरसियालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी...
वीरगञ्जमा जेलरसहित २९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा जेलरसहित २९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ आज वीरगञ्ज कारागारमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्यालयले जनाएको छ । कार्यालय प्रमुखसहित २ जना कर्मचारी, ३ जना नेपाली सेना र २४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।...
नेपालमा आज थप ३८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

नेपालमा आज थप ३८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ नेपालमा आज थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १ सय ३० जना  उपचारपछि कोरोना मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार १ सय ५६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाको कारण मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।...
कुन उमेर समूहका कति कोरोना संक्रमित

कुन उमेर समूहका कति कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये युवाको सङ्ख्या धेरै रहेको पाइएको छ । अहिलेसम्म २१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा युवाको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । अहिलेसम्म सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका ७ हजार ७ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका ४ हजार ९ सय ८७ जना, ११ देखि २० वर्ष उमेर समूहका ३ हजार ९ सय ५४, ४१ देखि ५० वर्ष उमेर समूहका २ हजार १ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका ८ सय ४६ जना, १ देखि १० वर्ष उमेर समूहका ८ सय ४४ जना, ६१ देखि ७० वर्ष उमेर समूहका २ सय ८४ जना, ७१ देखि ८० वर्षसम्मका ७५ जना र ८० वर्षमाथिका १८ जनामा कोरोना सङ्क्रमण भएको छ । सुरुका दिनमा विदेशबाट आएकामा कोरोना देखिएको थियो । विषे...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१५ निबासी ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको जनाईएको छ । गत शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गतराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । यस्तै झाडापखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा गत सोमबार मृत्यु भएकी पर्साकै पोखरीया नगरपालिका–९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको हो । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउन बाँकी छ । अहिलेसम्म २१ हजार ९ जनामा...
रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि डब्ल्यूएचओको शङ्का

रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि डब्ल्यूएचओको शङ्का

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपप्रति शङ्का गरेको छ । तेस्रो चरणको परीक्षण विना नै खोप उत्पादन गरेमा कि त्यसको लाइसेन्स खारेज हुने वा त्यसलाई खतरनाक मान्न सकिने भन्दै डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिंडमियरले शङ्का व्यक्त गर्नुभएको हो । खोप उत्पादनका लागि कैयौं  नियम पालना गर्नुपर्ने भए पनि रुसले त्यसो नगरेको उहाँको भनाई छ ।  रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले भने अक्टोबरदेखि रुसमा कोरोना भाइरसको खोप उत्पादन सुरु गर्ने घोषणा गर्नुभएको छ । खोप स्वास्थ्यकर्मी, नर्स र शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर दिइने जनाएको छ । रुसले ३ करोड डोज देशमा बनाउने तयारी गरेको छ भने विदेशमा १७ करोड डोज तयार गर्ने जनाएका छन् ।...