Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालको ६ जिल्ला कोरोना मुक्त

नेपालको ६ जिल्ला कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३ नेपालको ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । त्यस्तै रौतहट, कैलाली, र बाजुरामा ५ सय भन्दा धेरैका दरले सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेशनमा ५ हजार ८ सय २५ जना सङ्क्रमित उपचाररत छन् । १ न. प्रदेशमा ७९, २ न. प्रदेशमा १ हजार ८ सय ४४, वाग्मती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८, ५ न. प्रदेशमा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना सङ्क्रमित उपचाररत छन् । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ भने निको हुनेको सङ्ख्या ११ हजा...
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३ नेपालमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपचारपछि निको हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ । देशको विभिन्न अस्पतालको आईसोलशनमा ५ हजार ८ सय २५ जना विरामी उपचाररत हरेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ४० जनाको मृत्यु भईसकेको छ ।...
जिफन्टको ३१ औँ स्थापना दिवसको अवसरमा रक्तदान

जिफन्टको ३१ औँ स्थापना दिवसको अवसरमा रक्तदान

समाचार, स्वास्थ्य
गाईघाट, साउन, ३ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उदयपुले आफ्नो ३१ औँ स्थापनाको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिवार नेपाल रेडक्रस सोसाईटी भवन कार्यलय बोक्से स्थित रक्तदान कार्यक्रमको अयोजना गरिएको हो । जिल्ला प्रमुख अधिकारी चक्रपाणि पाण्डे सहित अन्य व्यक्तिहरुले रक्तदान गर्नुभएको छ । प्रमुख अधिकारी पाण्डेले यो भन्दा पहिले ३० पटक रक्तदान गरिसको बताउँदै जिफन्टको स्थापनाको अवसरमा पनि रक्तदान गर्न पून अवसर मिलेको बताउनुभयो । संस्थाको उज्वल भविष्यको शुभकामना सहित रक्तदान प्रति सबैलाई प्रेरणा र जिवन रक्षाका लागि रक्तदानको ठुलो भुमिका रहने उहाँले बताउनुभयो । जिफन्ट त्रियुगा नगर कमिटिका अध्यक्ष माया भण्डारीले मानव जिवनमा रगत अति उपयोगी बस्तु रहेको र मानव जिवनको अतिआवश्यकमा पर्ने वस्तु रहेको बताउँदै रक्तदानको कार्यक्रम गरिएको बताउनुभयो । उहाँले बिषेशगरी मजदुरहरु र...
जाल्पाद्वारा किशोरी बालिकालाई सेनेटरी प्याड बितरण

जाल्पाद्वारा किशोरी बालिकालाई सेनेटरी प्याड बितरण

समाचार, स्वास्थ्य
मिलन परियार लिम्चुङ्बुङ, साउन ३  जल्पा एकिकृति विकास समाज उदयपुरले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । सरकारले ल्याएको प्रत्येक बिद्यालयमा किशोरी बालिकाहरुलाई सेनेटरि प्याड बितरण गर्ने कार्यक्रमलाई थप सहयोग पुर्याउने उद्देश्यले वितरण गरेको हो । वर्ल्ड भिजन सिंगापुरको सहयोगमा  जाल्पा एकीकृत बिकास समाज उदयपुरले वडा बाल संरक्षण तथा सम्बद्र्धधन समिति र स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा ९ बर्ष भन्दा माथीका बालिकाहरुलाई सेनेटरी प्याड बितरण गर्न सुरु गरेको बाल प्रायोजन फिल्ड परिचालक प्रलाद खत्रीले बताए । स्वास्थ्य कर्मीहरुले किशोरीहरुलाई सेनेटरी प्याडको महत्त्व, फाईदा, प्रयोग, ब्याबस्थापन  र ब्यक्तिगत  सरसफाइ सम्बन्धि अभिमुखिकरण सहित साउन १ र २ गते उदयपुरगढी गाउँपालिका भित्रका सबै बिद्यालयमा ९ बर्ष भन्दा माथिका १ सय ३७ जना बालिकालाई सेनेटरी प्याड बिररण गरेको...
नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २  नेपालमा आज थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज कुल कोरोना संक्रमित मध्ये थप २ सय ८५ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशको विभिन्न अस्पतालको आईसोलेशनमा ५ हजार ८ सय ७१ जना विरामी उपचाररत छन् । अहिलेसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।...
लकडाउनको असर : बिपन्न वर्गकी ४ वर्षिय मिनाकाे उपचारमा समस्या

लकडाउनको असर : बिपन्न वर्गकी ४ वर्षिय मिनाकाे उपचारमा समस्या

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले सबैभन्दा बढी विपन्न बर्ग प्रभावित बनेको छ । लकडाउनका प्रभाव र असरहरु यतिबेला देखिन थालेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा डेरा गरी बस्ने एक विपन्न परिवारमा समस्या आइपरेको छ । गणेशबहादुर वि.क.विपन्न परिवारका हुन् । ज्यामी काम गरेर परिवार पाल्दै आएको वि.क. परिवारमा लकडाउनपछि खान धौ धौ परिरहेको बेला ४ वर्षिया छोरीको दाहिने खुट्टाको बुढी औला इटाले कुच्चाएर फुटेको छ । वि.क.ले उपचार गराउन सकेका छैनन् । नानीसहित आज पूर्णपुष्टिको कार्यालय खोज्दै आइपुगेको वि.क. दम्पत्तिले छोरीको उपचारका लागि आफुसंग केही सम्पत्ति नरहेकाले अरुसंग सहयोग माग्नु परेको बताए । गत असार १४ गते डेराघरमा नुहाउने क्रममा माथिबाट इटा खसेर ४ वर्षिय छोरी मिना वि.क.को खुट्टाको बुढीऔलामा बेस्सरी चोट लागेको थियो । सिमेन्ट ढलानको भईमाथि इटा खसे...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २ भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ । उक्त संक्रमितमध्ये २५ हजार ६ सय ९ जनाको मृत्यु भएको छ । भारतमा कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी उपचारपछि निको भएका छन् । विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ । भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ ।...
उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १ उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको हो । साउदीबाट करिब ८/१० दिन अगाडी आएर क्वारेन्टाईनमा बसेको बुझिएको छ । उनको नमुना  स्वाव २ दिन अगाडी लिईएको थियो । स्वाव परिक्षणको लागी कोशी अस्पतालको प्रयोगशालामा पठाईएकोमा करिब ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । प्रहरीका अनुसार कोरोना संक्रमण पुष्टि भएका पुरुष त्रिनपा–१५ को भएको बुझिएको छ । उनलाई उचारको लागी चौदण्डिगढी नगरपालिका–६ बेल्टारको कोभिड १९ अस्पताल पठाईएको कार्यालयले जनाएको छ ।...
थप १६७ जनामा कोरोनाका सङ्क्रमण पुष्टि

थप १६७ जनामा कोरोनाका सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १ नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालयले जनाएको छ । उक्त संक्रमितमध्ये आज थप २ सय १३ जना उचारपछि निको भएको छ । योसँगै निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । अहिले देशभरिका आईसोलेसनहरुमा ६ हजार ५६ विरामी उचाररत छन् । कुल सङ्क्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।...
विश्वमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ८० लाख नाघ्यो

विश्वमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ८० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १ विश्वभरमा कोरोना संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या ८० लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म १ करोड ३६ लाख ९१ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएकामध्ये ८० लाख ३७ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डोमिटरले जनाएको छ । अहिले उपचार गराइरहेका ५० लाख ६७ हजारभन्दा धेरैमध्ये १ प्रतिशत अर्थात साढे ५९ हजार जनाको अवस्था जटिल रहे पनि बाँकी ५० लाख भन्दा धेरैको अवस्था सामान्य छ । अहिलेसम्म कोरोना संक्रमितमध्ये कारण ५ लाख ८६ हजार जनाको मृत्यु भईसकेको छ । भारतमा मात्रै अहिलेसम्म ९ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भईसकेको छ भने साढे २४ हजारभन्दा धेरैको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ । विश्वभर कोरोना सङ्क्रमित धेरै हुने देशको सूचीमा भारत तेस्रो स्थानमा छ ।...