Wednesday, August 19News That Matters

स्वास्थ्य

भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ भारतमा एकै दिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगको छ । उक्त संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या २ लाख २७ हजार पुगेको छ भने १३ हजार २ सय ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।...
विदेशमा कोरोना संक्रमणबाट १३० जना नेपालीको मृत्यु

विदेशमा कोरोना संक्रमणबाट १३० जना नेपालीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ गते । विश्वको विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कारोना भाईरसको संक्रमणबाट मृत्यु भएको छ । गत ९ हप्तामा विभिन्न देशमा रहेका १ सय ३० नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ । यो हप्ता विदेशमा १० हजार भन्दा बढी नेपालीहरु उपचारपछि निको भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाईएको छ । समितिले...
कुबेतबाट फर्केका ७ जनामा कोरोना संक्रमण पुष्टि

कुबेतबाट फर्केका ७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ गते ।  कुबेतबाट फर्किएर क्वारेन्टाईनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरको ७ जनामा संक्रमण भनेको भएपछि उनीहरु स्थायी नभई क्वारेन्टिनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । संक्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेको जनाईएको छ । शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो ।...
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुिष्ट, असार ७ गते । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाग्लुङमा ९, म्याग्दीमा ४,पर्वतमा २ र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको हो । उक्त संक्रमित मध्ये ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
काेराेना अपडेट/नेपाल : ७५ जिल्लामा फैलियो, संक्रमितको संख्या ८,६०५ पुग्यो

काेराेना अपडेट/नेपाल : ७५ जिल्लामा फैलियो, संक्रमितको संख्या ८,६०५ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ । नेपालको ७७ मध्ये ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङअनुसार ७४ जिल्लमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजोको पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभएको थियो । जस मध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन् । कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ मध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहेका छन् । पुरुष र महिला संक्रमितको अवस्था करिब हाराहारीमा देखिएको छ । पिसिआर परिक्षण नेपालमा हालसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएक...
उदयपुरमा थपियो पाँचजना, अव कोरोना संक्रमितको संख्या ५२ पुग्यो

उदयपुरमा थपियो पाँचजना, अव कोरोना संक्रमितको संख्या ५२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ । उदयपुरमा आज ५ जना कोरोना संक्रमित थपिएको छ । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार  जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक, ताप्ली गाउँपालिकाका १, कटारी नगरपालिकाका १ र त्रियुगा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । उदयपुरबाट स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँचजनामा पुष्टि भएको हो । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । ताप्लिमा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो । यो संगै आठ वटा स्थानीय तह रहेको उदयपुरमा ५ वटा पालिकामा कोरोना देखिसकेको छ । अव लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मात्र हालसम्म देखिएको छैन । उदयपुरगढी र कटारीमा यसअघि नै एक÷एक जना भेटिएका थिए । सबैभन्दा पहिले त्रियुगा नगरपालिकाको भुल्केमा देखिएको थियो बेलका नगरपालिकामा ५ जना देखिसकेका छन् । जसमध्ये १ जना निको भएर फर्किसकेका छन् । चौदण्डीग...
कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६  कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणमा आज ४६ जनामा कोरोना पुष्टि भएको हो । दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हाजर २ सय ४५ पुगेको छ । यो पनि पढ्नस् : १ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो । मोरङका रतुवामाई नगरपालिकाका ८ जना, झापाको गौरीगञ्जमा १ जना र सुनसरीको कोशी गाउँपालिकाको २ जना महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ । १ न. प्रदेशमा ४ सय...
१ न. प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

१ न. प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ १ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो । मोरङका रतुवामाई नगरपालिकाका ८ जना, झापाको गौरीगञ्जमा १ जना र सुनसरीको कोशी गाउँपालिकाको २ जना महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ । १ न. प्रदेशमा ४ सय ३० पुगेको छ भने २ सय ३४ जना डिस्चार्ज भएका छन् । यो पनि पढ्नस् : आज गुल्मीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण थप १४ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । वडा न. ६ का २१ वर्षकी महिला, ७ न. वडाका ३९ वर्षका पुरुष, ८ न. वडाका २१ वर्षका पुरुष, १० न. वडाका १९, २८, १८ वर्षका पुरुष र १८ वर्षकी म...
गुल्मीमा थपिए १४ जना कोरोना संक्रमित

गुल्मीमा थपिए १४ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ आज गुल्मीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण थप १४ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । वडा न. ६ का २१ वर्षकी महिला, ७ न. वडाका ३९ वर्षका पुरुष, ८ न. वडाका २१ वर्षका पुरुष, १० न. वडाका १९, २८, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै १३ न. वडाका २१, ३०, ३६ वर्षका पुरुष, १४ न. वडाका १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे जनाईएको छ । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको जनाईएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६७ जना पुगेका छ । उक्त संक्रमित मध्ये ६ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । यो पनि पढ्नस् : आज नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि ...
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ आज नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५  पुगेको छ । त्यस्तै आज उपचारपछि १ सय ७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ८८ जना पुगेको छ भने  २२ जनाको मृत्यु भईसकेको छ ।