युवाले आत्महत्या गरेपछि क्वारेन्टाइनमा मनाेविमर्श सेवा दिन सुरू
पूर्णपुष्टि, वैशाख २० ।
क्वारेन्टाइनमा बसेका उदयपुरका एक युवाले आत्महत्या गरेपछि क्वारेन्टाइनमा बस्नेहरुका लागि मनोपरामर्शको खाँचो देखिएको छ । रौतामाई गाउँपालिकाको वडा नं. ७ राजाबास (मुर्कुची) स्थित क्वारेन्टाइनमा एक युवाले हिजो झण्डिएर आत्महत्या गरेका थिए । श्रीमतीसंगै छुट्टै कोठामा बसेका युवाले राती आत्महत्या गरेका थिए ।
युवाले आत्महत्या गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । तथापी अहिलेको अवस्थामा क्वारेन्टाइनमा बस्नेहरुका लागि मनोपरामर्शको जरुरी देखिएको छ ।
क्वारेन्टाइनमा बसिरहदा एकाग्र हुने, बाहिरको गतिविधि, खबर, सञ्चारहरु प्राप्त नहुने, दैनिक जसो कोरोनाको संक्रमण बढ्दो र फैलदो सुनिने जस्ता कुराले आत्मबलमा ह्रास आउन सक्ने भन्दै उनीहरुलाई मनोविमर्शको आवश्यकता देखिएको हो ।
मुर्कुचीमा युवाको आत्महत्याबारे एकातर्फ अनुसन्धान भइरहेको छ भने अर्कोतर्फ क्...







