नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भए
पूर्णपुष्टि, बैशाख १४ गते ।
नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि निको हुनेको संख्या १६ पुगेको हो ।
वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर असपतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
...







