प्रशासनमा सेवाभन्दा पहिले साबुन पानीले हातधुने व्यवस्था
उदयपुर, चैत ७ गते ।
कोरोना भाइरसको संक्रमणबाट उच्च सतर्कता अपनाईराखिएको अहिलेको अवस्थामा जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवा भन्दा पहिले साबुन पानीले हातधुनुपर्ने व्यवस्था मिलाएको छ ।
नागरिकता, पासपोर्र्ट, मुद्दामामिला लगायतका काममा प्रशासनमा सेवाग्राहीको भिडभाड हुने र कोरोना भाइरसको संभावित संक्रमणप्रति सावधानी अपनाउन कार्यालय परिषरमा हातधुने व्यवस्था मिलाएको हो ।
कार्यालय परिषरमै रहेको धारामा प्रशासनले साबुन राखेर हातधुने ठाउँ तोकिएको छ । जिल्लाकै तालुक सरकारी अड्डाको रुपमा रहेको प्रशासनमा अनिवार्यरुपमा हातधुने व्यवस्था मिलाइए पछि सर्बसाधारणमा कोरोना भाइरसप्रति उच्च सतर्कता अपनाउनुपर्ने सन्देश प्रभाह भएको छ ।
प्रशासनमा, कर्मचारी वा सेवाग्राही जो कोहीले पनि कार्यालय प्रवेश गर्नु अघि अनिबार्यरुपमा साबुनपानीले हात धुनुपर्छ । हात धोएपछि मात्र कर्मचारीले सेवा प्रवाह गर्ने र से...







