कोरोनाविरुद्ध रौतामाईको उच्च सतर्कता, आइस्योलेशन र काेष स्थापना
पूर्णपुष्टि, चैत १२ ।
उदयपुरको रौतामाई गाउँपालिकाले कोरोना भाइरस विरुद्धको उच्च सतर्कता अपनाउदै स्वास्थ्यचौकी मुर्कुचीमा आइस्योलेशन स्थापना गरेको छ । साथै पालिकाका स्वास्थ्यचौकीहरुमा हेल्पडेक्सहरु राखिएका छन् । स्वास्थ्य चौकीका स्वास्थयकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका साधनहरु उपलब्ध गराईएको छ । आवश्यकता अनुसार भुट्टार र रौताको स्वास्थ्यचौकीमा पनि आइस्योलेशन स्थापना गरिने पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।
अध्यक्ष खड्काले पालिकामा संक्रमण बढेमा नियन्त्रण तथा उपचारमा टेवा पुर्याउन कोषको पनि स्थापना गरिएको बताउनुभयो । कोषमा पालिकाको विपद् व्यवस्थापनबाट ५ लाख, जनप्रतिनिधिरुको पाँचदिनको सुविधा, कर्मचारीहरुको एकदिनको सुविधा गरी करिब १० लाखको कोष स्थापना गरिएको छ । कोषलाई आवश्यकता अनुसार बृद्धि गर्दै जाने उहाँले बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले पाल...








