Sunday, June 21News That Matters

स्वास्थ्य

पत्रकार महासंघ उदयपुरकाे विपद्काेषमा सहयाेग जु्ट्दै

पत्रकार महासंघ उदयपुरकाे विपद्काेषमा सहयाेग जु्ट्दै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । नेपाल पत्रकार महासंघ उदयपुरकाे विपद कोषमा सहयोग जुट्ने क्रम सुरु भएको छ । पत्रकार महासंघका सचिव विश्वराज तामाङका अनुसार हालसम्म विपद कोषमा ३२ हजार ५ सय रुपैया संकलन भइसकेको छ भनेसहयोग जुट्ने क्रम सुरु जारी छ । कोषमा शाखा अध्यक्ष भरत खड्काले ५ हजार, उपाध्यक्ष पर्शुराम थापाले ३ हजार, उपाध्यक्ष गंगा राईले २ हजार, सचिव विश्वराज तामाङले ५ हजार, सदस्य सन्तोष कार्कीले २ हजार पाँच सय उपलब्ध गराएका छन् । त्यसैगरी पत्रकार कटारीका राजु मगरले ५ हजार, पत्रकार अमित तामाङले ५ हजार, एमालेका युवा नेता समाजसेवी सुनिल लामाले ५ हजार सहयोग प्रदान गरेका छन् । यसैबीच, महासंघ शाखाले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण थालेको छ । माक्स, सेनिटाईजर, फेस शिल्ड, ग्लोभ्स लगायतका सामाग्रीहरु वितरण थालेको हो । पत्रकार महासंघलाई केहि दिनअघि त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष...
कटारीका प्रतिष्ठित व्यापारी राधेश्याम साह रहेनन्, काेराेनाकाे कारण निधन

कटारीका प्रतिष्ठित व्यापारी राधेश्याम साह रहेनन्, काेराेनाकाे कारण निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ७ । कटारी । उदयपुरकाे एक मुख्य ब्यापारिक केन्द्र कटारीबजारका एक पुरानाे र प्रतिष्ठत ब्यापारी राधेश्याम साह अव रहनुभएन । कोरोना भाइरसकाे कारण उहाँकाे निधन भएकाे हाे । उहाँकाे काठमाडौंस्थित नेपाल एपिएफ अस्पतालमा गएराती उपचारको क्रममा निधन भएको हो । साहलाइ वैशाख १२ गतेदेखि ज्वरो आएकोमा काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे थियाे ।  १९ गते जनकपुर स्थित प्रादेशिक ल्यावमा पिसीआर परीक्षण गर्दा २० गते कोरोना संक्रमण भएको पुष्टी भएकाे थियाे । २० गतेनै फुलकुमारी मेमोरियल अस्पताल कर्जहना सिरहामा आयुसियु बेडमा भर्ना भएका थिए । त्यसपछि उनको अवस्था जटिल बन्दै गएपछि ३१ गते हेलिकप्टर चार्टर गरेर काठमाडाैं लगिएको थियो । कटारी नगरपालिका ३ गौथली चोक घर भएका साह उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्व कार्यालय समिति सदस्य हुन् । हालसम्म कटारीका पाँच जनाकाे काराेनाका कारण मृत्यु भइ...
Covid News Update : 06-02-078 | Purnapusti Khabar

Covid News Update : 06-02-078 | Purnapusti Khabar

समाचार, स्वास्थ्य
https://youtu.be/kWduzhT5Eoo जिल्ला अस्पताल उदयपुरका डाक्टर मनाेज सुवेदीसंगकाे विशेष संवादसहित काेराेना खबर अपडेट, २०७८ जेठ ६ गते । जिल्ला प्रशासन कार्यालय उदयपुरले उदयपुरमा निशेधाज्ञलाई थप कडाइ गर्ने जनाएको छ । आज जिल्ला विपद् ब्यवस्थापन समिति तथा कोरोना संकट ब्यवस्थापन समितिको बैंठकले जिल्लालाई निशेधाज्ञ कडा बनाउने गरी निर्णय गरेको प्रशासन स्रोतले जनाएको छ । विविध निर्णयहरुसहित आजै निशेधाज्ञ जारी गर्ने जनाइएको छ । खासगरी सबै क्षेत्रलाई ठप्प बनाई हाल विहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेको खाद्यन्न पसलहरुलाई अवदेखि विहान ७  देखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । उदयपुरमा संक्रमितको संख्याले ५ सय नाघेको छ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्याले पाँचसय अंक नाघेको हो । ८७ जनामा कोरोना परिक्षण गर्दा १३ महिला र २...
उदयपुरमा काेराेना संक्रमितकाे संख्याले ५ सय नाघ्याे

उदयपुरमा काेराेना संक्रमितकाे संख्याले ५ सय नाघ्याे

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ । उदयपुरमा संक्रमितको संख्याले ५ सय नाघेको छ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्याले पाँचसय अंक नाघेको हो । ८७ जनामा कोरोना परिक्षण गर्दा १३ महिला र २८ पुरुष गरी ४१ जना संक्रमित पुष्टि भएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ९ पुगेको छ । जसमा २९६ पुरुष र २१३ महिला छन् । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा उदयपुरमा निको हुनेको संख्या ८ जना हो । संक्रमित मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकाका छन् । त्रियुगामा २५९ जना संक्रमित हुन् । नेपालमा आज पनि ठुलो संख्यामा संक्रमित थपिएको छ । पछिल्लो चौबीस घण्टामा २१ हजार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ हजार २८७ जनामा कोरोना संक्रमण देखिएकोछ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा...
नेपालमा आज थप ८ हजार २८७ संक्रमित थपिए, ६ हजार ५४३ निको, १ सय ९० को मृत्यु

नेपालमा आज थप ८ हजार २८७ संक्रमित थपिए, ६ हजार ५४३ निको, १ सय ९० को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ६ नेपालमा आज पनि ठुलो संख्यामा संक्रमित थपिएको छ । पछिल्लो चौबीस घण्टामा २१ हजार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ हजार २८७ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अबधिमा १९० जना सङ्क्रमितको मृत्यु भएको छ ।    ...
उदयपुरमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, निको ३०, मृत्यु सुन्य

उदयपुरमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, निको ३०, मृत्यु सुन्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ६ उदयपुरमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दैनिक गरिरहेको कोरोना परिक्षण बाट आज ४१ जना संक्रमित थपिएको हो । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थप भएका संक्रमितहरु मध्ये पुरुष २८ र महिला १३ रहेका छन् । आज थप भएकाहरु त्रियुगा, चौदण्डीगढी, बेलका, लिम्चुङबुङ, र उदयपुरगढीका हरु छन् । त्रियुगामा १७, चौदण्डीगढीमा १५, उदयपुरगढीमा ५, बेलकामा २ र लिम्चुङबुङमा २ जना रहेको छन् । आज कोरोना संक्रमितहरु ३० जना निको भएर घर फर्किएका छन् । २२ पुरुष र ८ महिला गरी ३० जना कोरोना संक्रमण बाट निको भएको कार्यालयको तथ्याँङकले देखाएको छ । यसैगरी आज मृत्यु हुनेको संख्या सुन्य रहेको छ । हिजो सम्म मृत्यु भएको संख्या १६ रहेका थिए भने आज पनि सोहि संख्या रहेको छ । जिल्लामा आज थपिएका संक्रमित सहित टोटल संक्रमितको संख्या ५०९ पुगेको छ ।   &n...
भाैतिकदुरि कायम गराउदा तरकारि बेच्ने र प्रहरिबिच झडप

भाैतिकदुरि कायम गराउदा तरकारि बेच्ने र प्रहरिबिच झडप

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ । उदयपुरकाे गाईघाटमा सडक किनारमा तरकारी विक्रि गर्न बसेकाहरुलाई आज विहान भाैतिकदुरी कायम गर्न लगाउदा प्रहरीमाथि हातपात भएकाे छ । गाईघाटकाे विपि चाैक आसपासमा विहान ढकीमा तरकारी राख्नेहरुकाे दुरी नजिक हुनुका साथै मानिसकाे भिड बढेकाे थियाे । त्यसलाई बजारमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिड हटाई ब्यापारीहरुलाई भाैतिक दुरीमा राख्न खाेज्दा प्रहरिसंग विवाद भयाे । प्रत्यक्षदर्शीहरुका अनुसार विवाद मात्र भएन प्रहरीमाथि हातपात भयाे । सम्झाउन खाेज्दा उल्टै प्रहरिमाथि आईलागेकाे नगर प्रहरीले जनाईकाे छ । विवाद र हाेहल्लाले भिडभाड झनै बढेपछि प्रहरिले संयमता अपनाई  उनिहरुलाई सम्झाई बुझाई छाडेकाे जनाईएकाे छ ।  जिल्लामा काेराेना संक्रमण समुदायस्तरमै फैलिसकेकाे छ । संक्रमणकाे उच्च जाेखिममा भाैतिक दुरि कायम गर्न जरुरि छ । लापरवाहि गर्नेलाई कारवाहि गर्न जरुरि भईसकेकाे बुद्धिजिविहरुका...
गाइघाटकाे मदनभण्डारी आँखा अस्पतालमा काेराेना संक्रमितकाे मृत्यु

गाइघाटकाे मदनभण्डारी आँखा अस्पतालमा काेराेना संक्रमितकाे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । गाइघाट स्थित मदनभण्डारी आँखा अस्पतालकाे आइसाेलेशनमा बसेका एक काेराेना संक्रमितकाे आज वेलुका मृत्यु भएकाे छ । मृत्यु हुने त्रियुगा नगरपालिका ४ का स्थानीयबासी हुन् । मृतक ४६ वर्षिय पुरूष हुन् । दमकाे विरामी रहेका उनलाइ काेराेनाकाे लक्षण देखिए पछि गत ३ गते एन्टिजेन परिक्षण गरिदा काेराेना पाेजेटिभ देखाएकाे थियाे । ४ गतेदेखि आखा अस्पतालकाे आसुलेशनमा बसेका उनलाइ आज बेलुका स्वास्थ्यमा समस्या आइ मृत्यु भएकाे सुरक्षाा स्राेतले जनाएकाे छ । उनकाे आफन्तलै आजै राती त्रियुगामा दाहसंस्कार गरेकाे जनाइएकेा छ । यसअघि बेल्टारस्थित काेराेना अस्पतालमा १ जना र जिल्ला अस्पतालमा १ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे थियाे । तीनजना जिल्लाभित्रकै स्वास्थ्य संस्थामा मृत्यु हुने काेराेना संक्रमितहरू हुन् । त्यसैगरी त्रिनपा ३ का ४२ वर्षिय पुरूषकाे हेटाैंडामा मृत्यु भएकाे छ । गत ३ गते ...
काेराेना खबर अपडेट – ५ जेठ, २०७८ (भिडियाेमा)

काेराेना खबर अपडेट – ५ जेठ, २०७८ (भिडियाेमा)

समाचार, स्वास्थ्य
https://youtu.be/qRvy1n-TF1s पूर्णपुष्टि, जेठ ५ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी २७० पुरुष र २०६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना हरेका छन् । आजपनि कोरोनाले मृत्युको खबर टुटेन । चारदिनदेखि कोरोनाले उदयपुरका विरामीको ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप २ जनाको मृत्यु भयो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । चारदिनअघि जेठ २ गते एकैदिन ५ जनाको ज्यान गएको थियो । जेठ ३ मा २ जना, जेठ ४ मा १ जना र आज २ जनाको ज्यान गएको हो । त्यसअघि ७ जनाको ज्यान गइसकेको थियो । मृतकहरु मध्ये दुईजनाको उदयपुरको अस्...
काेराेना शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने वन डिभिजन र सामुदायिक वन महासंघकाे निर्णय

काेराेना शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने वन डिभिजन र सामुदायिक वन महासंघकाे निर्णय

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । उदयपुरका दुइ डिभिजन वन कार्यालयहरू  र सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ उदयपुरको संयुक्त बैठकले काेराेनाबाट मृत्यु भएकाकाे शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने निर्णय गरेकाे छ । सम्बन्धीत स्थानीय तहले सम्बन्धीत वन समुहबाट दाउरा निशुल्क वा छुटमा पाउने गरी  प्रवन्ध मिलाएकाे हाे । काेराेना संक्रमणका कारण मृतककाे संख्या बढ्दै जाँदा शब ब्यवस्थापन र दाहसंस्कारलाइ प्रभावकारी बनाउन यस्ताे निर्णय गर्दै प्रवन्ध मिलाएकाे सामुदायिक वन उपभाेक्ता महासंघ, उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताउनुभयाे । गत वर्ष यसैढंगले कोरोना प्रभावित परिवारहरुलाई १ करोड रु ४० लाख बढी रकमको नगद, खाद्दान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियाे । सामुदायिक वनको घाटगद्दीबाट उपलब्ध हुने वा दाउरामा मात्र प्रयोग हुने ढलापडा वा सुकेका रुखकोे भागलाई आवश्यकता अनुसार कटान समेत गरेर प्रया...