Sunday, June 21News That Matters

स्वास्थ्य

गर्भवती समेत रहेकी सप्तरीकी उपमेयरको कोरोना संक्रमण बाट निधन

गर्भवती समेत रहेकी सप्तरीकी उपमेयरको कोरोना संक्रमण बाट निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ गर्भवती समेत रहेकी सप्तकोशी नगरपालिकाकी उपमेयरको कोरोना संक्रमण बाट निधन भएको छ । गर्भवती अवस्थामा कोरोना संक्रमणले थप असहज बनाएकी उनीको मृत्यु भएको हो । दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृत्यु भएको हो । मृतक उपमेयरका चौधरीका श्...
दरबन्दीका डाक्टरहरू नहुदा उदयपुर जिल्ला अस्पतालकाे सेवा प्रभावित

दरबन्दीका डाक्टरहरू नहुदा उदयपुर जिल्ला अस्पतालकाे सेवा प्रभावित

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ । जिल्ला अस्पताल उदयपुरमा दरबन्दी अनुसारको जनशक्ती नहुदा कोरोना महामारीको बेला काम गर्न असहज भएको छ । अस्पतालका प्रमुख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जीवनारायण मण्डलका अनुसार मुख्य गरी १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर छैनन् । १० जना एमडी डाक्टरको दरबन्दी रहेपनि दरबन्दीमा कोही छैनन्, २ जना करारका डाक्टर राखिएका छन् । ४ जना एमबीबीएस डाक्टरको दरबन्दी रहेकोमा १ जनामात्र स्थायी दरबन्दीका छन् भने अन्य ५ जना करारमा राखिएका छन् । त्यसभन्दा तलका पदहरुमा पनि दरबन्दीका जनशक्ती नभई काम चलाउन करारमा नियुक्ती गर्नु परेको छ ।  हाल कोरोना महामारीको अवस्थामा जनशक्तिको अति आवश्यक परेको मेसु मण्डलले बताउनुभयो । जनशक्तिहरु भएको खण्डमा नयाँ अप्रेशन थिएटर बनाउने, मेसिनहरु जोड्ने गर्न सकिन्थ्यो । तर त्यस्तो गर्न नसकिदा जनताको गुनासो आउने गरेको छ । ५...
काेराेना खबर अपडेट : बिस्तृत खबर | जेठ ३, २०७८ – Purnaputi Khabar

काेराेना खबर अपडेट : बिस्तृत खबर | जेठ ३, २०७८ – Purnaputi Khabar

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ । उदयपुरमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ । जिल्लामा संक्रमितको संख्याले चारसय नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ जना थपिएका छन् । यो जिल्लामा ठूलो संख्यामा थपिएको संक्रमण हो । त्रियुगा नगरपालिकाका २७, कटारी नगरपालिकाका १३, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाको १ जनामा संक्रमण पुष्टि भएको हो । १ सय १४ जनाको परिक्षण गरिदा २० महिला र २९ पुरुष गरी ४९ जना संक्रमित भेटिएका हुन् । परिक्षण एन्टिजेनबाट ५९ जना र पिसिआरबाट ५५ जनाको परिक्षण भएको जनाइएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार ४९ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । जसमा १ सय ८७ महिला र २ सय ४७ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ३ सय ९३ जनाको होम आइसोलेशनमा उपचार भईरहको छ भने ४१ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । संक्रमित...
उदयपुरमा मृतकका संख्या १३ पुग्याे । काेराेना खबर अपडेट – उदयपुर | ३ जेठ, २०७८ | त्रियुगा नपाका मेयर बलदेव चाैधरीसंग विशेष संवाद – भिडियाेसहित

उदयपुरमा मृतकका संख्या १३ पुग्याे । काेराेना खबर अपडेट – उदयपुर | ३ जेठ, २०७८ | त्रियुगा नपाका मेयर बलदेव चाैधरीसंग विशेष संवाद – भिडियाेसहित

समाचार, स्वास्थ्य
https://youtu.be/fultpkgBmIw पूर्णपुष्टि, जेठ ३ । उदयपुरमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ । जिल्लामा संक्रमितको संख्याले चारसय नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ जना थपिएका छन् । यो जिल्लामा ठूलो संख्यामा थपिएको संक्रमण हो । त्रियुगा नगरपालिकाका २७, कटारी नगरपालिकाका १३, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाको १ जनामा संक्रमण पुष्टि भएको हो । १ सय १४ जनाको परिक्षण गरिदा २० महिला र २९ पुरुष गरी ४९ जना संक्रमित भेटिएका हुन् । परिक्षण एन्टिजेनबाट ५९ जना र पिसिआरबाट ५५ जनाको परिक्षण भएको जनाइएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार ४९ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । जसमा १ सय ८७ महिला र २ सय ४७ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ३ सय ९३ जनाको होम आइसोलेशनमा उपचार भईरहको छ भने ४१ जनाको संस्थागत आइसोल...
उदयपुरमा आज थप ४९ जना  संक्रमित थपियो, ताप्लीमा पहिलो पटक संक्रमित भेटिए

उदयपुरमा आज थप ४९ जना संक्रमित थपियो, ताप्लीमा पहिलो पटक संक्रमित भेटिए

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ उदयपुरमा आज थप ४९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कुल संक्रमित संख्या ४ सय ३४ पुगेको छ । आज जिल्लाका बिभिन्न पालिकाहरु त्रियुगा, चौदण्डी, उदयपुरगढी, कटारी र ताप्लीमा संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका मध्य २९ पुरुष र २० महिला रहेको छ । आज थपिएकाहरु त्रियुगाको २७ जना, कटारी नगरपालिकाको १४, उदयपुरगढीका ५, चौदण्डीका २ र ताप्लीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ताप्लीमा आज पहिलो पटक संक्रमण देखिएको छ । जिल्लामा मृत्युको संख्या दिनदिनै बढिरहेको छ । शनिवार सम्म रहेको मृत्युको संख्या आज १४ पुगेको छ । हिजो ५ जना र आज २ जना गरी १४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यता निको हुनेको संख्या २३ मै स्थितर रहँदा हिजोकै संख्यामा सिमित रहेको छ ।...
भारतले बनाएको कारोनाको औषधी रक्षामन्त्रीद्धारा सार्वजानिक

भारतले बनाएको कारोनाको औषधी रक्षामन्त्रीद्धारा सार्वजानिक

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतले कोरोनाको औषधी आज सार्वजानिक गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २-डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री सिंहले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गर्दै यो औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्ने भएको हो । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको सम...
उदयपुरका थप एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु

उदयपुरका थप एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ उदयपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कटारी नगरपालिका ४ का ६३ बर्षिय पुरुषको बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यो सहित जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १४ पुगको  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । आज बिहान मात्रै त्रियुगा नगरपालिका ३ की ५० बर्षिय एक महिलाको पनि धरान स्थित बिपि कोईराला प्रतिष्ठान घोपामा ज्यान गएको थियो । जिल्लामा हिजो मात्रै ५ जना संक्रमितले ज्यान गुमाएका थिए । बिहान ४ जना र बेलुका साँझ एक जना गरी ५ जनाले ज्यान गुमाएकोमा आज पनि २ जना संक्रमितले ज्यान गुमाएको छ ।...
भारतले बनाएको कोरोना औषधी आज सार्वजानिक गर्ने

भारतले बनाएको कोरोना औषधी आज सार्वजानिक गर्ने

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतले आफुले तयार पारेको कोरोना औषधी आज सार्वजानिक गर्ने जनाएको छ । कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गर्दै यसको सर्वाजानिक प्रक्रिया अन्गर्तत सोमवार सार्वजानिक गर्ने भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले जनाएको छ । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्ने भएको हो । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ । भारतमा कोरोनाको दोस्...
भारतमा संक्रमितको संख्या घट्यो, मृतकको संख्या घटेन

भारतमा संक्रमितको संख्या घट्यो, मृतकको संख्या घटेन

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतमा केहिदिन देखि संक्रमितको संख्या घटेको पाइएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ । संक्रमित घटिरहेको अवस्थामा मृतकको संख्या भने नघटेको पाइएको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । यद्यपि सो अवधिमा कोरोना संक्रमणको कारण ४ हजार १०६ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३५ लाख १६ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।...
उदयपुरकी एक महिलाको कोरोनाबाट वीपी प्रतिष्ठान धरानमा ज्यान गयो

उदयपुरकी एक महिलाको कोरोनाबाट वीपी प्रतिष्ठान धरानमा ज्यान गयो

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३  उदयपुरकी एक कोरोना संक्रमित महिलाको वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको छ । त्रियुगा नगरपालिका-३ की ५० वर्षीया महिलाको आज (सोमबार) बिहान ६ः३० बजे ज्यान गएको हो । वैशाख २७ गते उनलाई कोरोना पोजिटिभ देखिएपछि वैशाख २८ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ ।...