Monday, June 22News That Matters

स्वास्थ्य

उदयपुरमा कोरोना संक्रमितको संख्या १७५ पुग्यो, चारको मृत्यु

उदयपुरमा कोरोना संक्रमितको संख्या १७५ पुग्यो, चारको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २६ उदयपुरमा कोरोना संक्रमितको संख्या १७५ पुगेको छ । पछिल्लो समय उदयपुरमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । शनिबार थप भएको चारजना सहित कुल संक्रमितको संख्या १७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कुल संक्रमित मध्ये ६८ महिला रहेका छन् भने, एक सय सात पुरुष रहेको स्वास्थ्य कार्यालयले उदयपुरले जनाएको छ । शनिबार संक्रमण पुष्टि भएको मध्ये बेलका नगरपालिकाका एक र त्रियुगा नगरपालिकाका तीनजना रहेका छन् । त्रियुगा नगरपालिका वडा नं.११ को ६० वर्षीय एक पुरुष, वडा नं. १३ को ६० वर्षीय एक पूरुष, त्रियुगाकै वडा नखुलेको २९ वर्षीया एक महिला र बेलका–४ का २९ वर्षीय पुरुषसहित चारजनामा संक्रमण पुष्टि भएको हो । उदयपुरमा कोरोना मुक्त हुनेको संख्या दुई महिला र एक पुरुष गरी तीनजना रहेका छन् भने कोरोना संक्रमणबाट दई महिला र दुई पुरुष गरी चारजनाको मुृत्यु भएको छ ।...
लिम्चुङबुङ गापामा एकजनामा कोरोना देखियाे, नियन्त्रणका लागि चालिए यस्ता कदमहरू

लिम्चुङबुङ गापामा एकजनामा कोरोना देखियाे, नियन्त्रणका लागि चालिए यस्ता कदमहरू

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २४ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाले मानिस आवतजावत गर्ने प्रमुख तीन ठाउँमा हेल्थडेस्क राखेको छ । पालिकामा पहिलो पटक एकजनामा कोरोना पोजेटिभ देखिएसंगै उच्च सतर्कता अपनाउदै कोरोना नियन्त्रणका कदमहरु प्रभावकारीरूपमा चालिएकाे पालिकाका लेखा अधिकृत तथा सुचना अधिकारी ताराकिरण राईले बताउनुभयो । पालिकाको वडा नं. १ बाँसबोटेका अन्दाजी ४० बर्षिय एक पुरुषलाई दुईदिनअघि कोरोना परिक्षणमा पोजेटिभ देखिएको थियो । उनलाई अहिले बेल्टारस्थित कोरोना हस्पिटलमा राखि उपचार भईरहेको छ । पालिकाको प्रमुख नाका माझखर्क, बाँसबोटेको बतासे र बलम्ताको चनौटेमा हेल्थडेस्क राखिएका छन् । हेल्थडेस्कमा स्वास्थ्यकर्मी र स्वयम्सेवक बसेर पालिका तथा गाउँ प्रवेश गर्नेहरुको विवरण तयार गर्ने गर्दछ । साथै पालिका बाहिरिएकाहरुको विवरण पनि तयार पार्दछ । खासगरी विदेश तथा कोरोना प्रभावित क्षेत्रबाट आएकाहरुको विवरण ल...
बेड अभावमा एम्बुलेन्समै ज्यान गयो एक संक्रमितको

बेड अभावमा एम्बुलेन्समै ज्यान गयो एक संक्रमितको

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २४ कोरोना भाइरस कोभिड–१९ संक्रमित एक वडा सदस्यको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पु¥याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पु¥याइएको थियो । भट्टराईकाअनुसार तीन वटै अस्पताल पु¥याए पनि बेड कतै खाली नभएपछि वडा सदस्...
विराटनगरमा सात संक्रमितले ज्यान गुमाए

विराटनगरमा सात संक्रमितले ज्यान गुमाए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २३ विराटनगरमा एकैदिन कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट सातजनाले ज्यान गुमाएका छन् । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सातजना संक्रमितले ज्यान गुमाएका हुन् । कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको आज ज्यान गएको हो । संक्रमण देखिएपछि २५ वर्षीय युवकलाई वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो, भने ६५ वर्षीय पुरुषलाई वैशाख २२ गते भर्ना गरिएको थियो । ५० वर्षीय पुरुषको कोसीमै बिहीबार बिहान ११ बजेतिर ज्यान गएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको अस्पतालले जनाएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना सं...
पोखरामा उपचाररत ४ कोरोना संक्रमितको ज्यान गयो

पोखरामा उपचाररत ४ कोरोना संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २३  कास्कीको पोखरामा उपचाररत चारजना कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार राति र बिहीबार बिहान गरी कुल चारजनाको ज्यान गएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेका छन् । चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार ज्यान गएको हो । उक्त पुरुषमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो । अस्पतालकाअनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे ज्यान गएको हो । उनमा वैशाख २२ गते बुधबार संक्रमण पुष्टि भएको थियो । पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति ज्यान गएको हो । उनमा वैशाख १८ गते...
नेपालमा एकै दिन कोरोना संक्रमणबाट ५८ जनाको ज्यान गयो, ८६५९ संक्रमित थपिए

नेपालमा एकै दिन कोरोना संक्रमणबाट ५८ जनाको ज्यान गयो, ८६५९ संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २२ नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७ सय ५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६ सय १६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सय ९३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरमा एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

उदयपुरमा एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २२ उदयपुरमा एक जना महिला र दुई पुरुषसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिकामा कार्यरत ४२ वर्षीय एक महिला कर्मचारी त्यसैगरी २४ र ३८ वर्षीय दुई पुरुषमा आज (बुधबार) संक्रमण पुष्टि भएको हो । उनीहरुको गत १९ गते पिसिआर परीक्षण गरिएकोमा रिर्पोट पोजेटिभ आएको छ, भने एक बालिकाको रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ रिपोर्ट आउने बालिका भने संक्रमण भएर अहिले विराटनगरमा उपचाररत एक संक्रमति पुरुषको १० वर्षीया छोरी हुन् । त्यसैगरी ६ नं. वडाको सातधारे स्थित आईसोलेशनमा उपचाररत ९ जना मध्ये एक महिला र एक पुरुषको गम्भिर अवस्था आएकोले विराटनगर आजै रेफर गरिएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो । पोजेटिभ हुने महिला कर्मचारीले कोरोना भ्याक्सिनको दुवै मात्राको खोप लगाइसकेको बताईएको छ ।...
कोरोना संक्रमणबाट दुई बेहुलीसहित तीन युवतीको ज्यान गयो

कोरोना संक्रमणबाट दुई बेहुलीसहित तीन युवतीको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २२ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक दुई बेहुलीसहित तीन युवतीको संक्रमणले ज्यान गएको छ । राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि ज्यान गएको हो । अस्पतालका अनुसार वैशाख १० मा विवाह मण्डमा बसिरहेकी तारकेश्वर–७ की २६ वर्षीय बेहुलीलाई मण्डमै श्वास फेर्न गाह्रो भएपछि बिपी स्मृति अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालमा डेढ घण्टा अक्सिजन दिएर उपचार गरेपछि पुनः मण्डमै पु¥याएर विवाह सम्पन्न गरियो । श्वास–प्रश्वासमा झनै कठिनाइ भएपछि विवाहको भोलिपल्ट ११ गते पुनः सोही अस्पतालमा उपचारको लागि लगिएको थियो । उक्त बेहुलीको दुई दिन वार्डमा उपचार गरे पनि स्वास्थ्य अवस्थामा थप समस्या देखि...
कटारी बैशाख २९ सम्म बन्द, हिड्डुलमा समेत कडाइ गरिने

कटारी बैशाख २९ सम्म बन्द, हिड्डुलमा समेत कडाइ गरिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २२ । उदयपुरमा बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै जिल्ला अन्तर्गतका स्थानीय सरकारहरुले आप्mनो क्षेत्रमा सतर्कताका उपायहरु कडाईका साथ अवलम्बन गर्न थालेका छन् । उदयपुरको कटारी नगरपालिकाले आज राती १० बजेदेखि आगामी २९ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण पसल, व्यवसाय, यातायातका सम्पूर्ण साधनहरु पूर्णरुपले बन्द गर्ने घोषणा गरेको छ । नगरपालिकाको हिजो भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी बैंठकको निर्णय अनुसार बन्द गरेको हो । स्थानीय सरोकारवालाहरुसंगको सर्बपक्षीय छलफलका साथ गरिएको बन्दमा अनावश्यक हिड्डुल तथा आवत–जावतमा समेत कडाइ गर्ने भएको छ । कटारी नगरका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार कटारी नगर क्षेत्रमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । कारोना संक्रमणबाट नगर र नगरबासीलाई जोगाउने प्रयास स्वरुप बन्द गरिएको र कडाईका साथ लागि पर्ने मेयर श्...