लिम्चुङबुङ गापामा एकजनामा कोरोना देखियाे, नियन्त्रणका लागि चालिए यस्ता कदमहरू
पूर्णपुष्टि, वैशाख २४ ।
उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाले मानिस आवतजावत गर्ने प्रमुख तीन ठाउँमा हेल्थडेस्क राखेको छ । पालिकामा पहिलो पटक एकजनामा कोरोना पोजेटिभ देखिएसंगै उच्च सतर्कता अपनाउदै कोरोना नियन्त्रणका कदमहरु प्रभावकारीरूपमा चालिएकाे पालिकाका लेखा अधिकृत तथा सुचना अधिकारी ताराकिरण राईले बताउनुभयो ।
पालिकाको वडा नं. १ बाँसबोटेका अन्दाजी ४० बर्षिय एक पुरुषलाई दुईदिनअघि कोरोना परिक्षणमा पोजेटिभ देखिएको थियो । उनलाई अहिले बेल्टारस्थित कोरोना हस्पिटलमा राखि उपचार भईरहेको छ ।
पालिकाको प्रमुख नाका माझखर्क, बाँसबोटेको बतासे र बलम्ताको चनौटेमा हेल्थडेस्क राखिएका छन् । हेल्थडेस्कमा स्वास्थ्यकर्मी र स्वयम्सेवक बसेर पालिका तथा गाउँ प्रवेश गर्नेहरुको विवरण तयार गर्ने गर्दछ । साथै पालिका बाहिरिएकाहरुको विवरण पनि तयार पार्दछ । खासगरी विदेश तथा कोरोना प्रभावित क्षेत्रबाट आएकाहरुको विवरण ल...








