Wednesday, August 19News That Matters

स्वास्थ्य

ज्वरोले ११ जनाको मृत्यु भएको जगरनाथपुरको एकै वडामा थप १ सय ७३ जनामा ज्वरो

ज्वरोले ११ जनाको मृत्यु भएको जगरनाथपुरको एकै वडामा थप १ सय ७३ जनामा ज्वरो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २९ पर्सा, पर्साको जगरनाथपुर गाउँपालिकाको एकै वडामा १ सय ७३ जनामा ज्वरो फैलिएको छ । पालिकामा यो भन्दा पहिले नै १० दिनमा ११ जनाको ज्वरोकै कारण मृत्यु भईसको छ । जगरनाथपुर गाउँपालिकामा पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भएको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये ४ जनाले मात्र कोरोना परीक्षण गराएका थिए । मृत्यु हुनेमा ७ जना एउटै टोलका छन् । स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्रप्रसाद साहले सोही पालिकाको एकै वडा चिलझपटीमा १ सय ७३ जनालाई ज्वरो आएको बताउनुभयो । साहका अनुसार जिल्लाबाट २५ वटा मात्र भीटीएम गएकाले २५ जनाको स्वाब संकलन गरिएको थियो । ११ जना शंकास्पद बिरामीको कोरोना एन्टिजेन परीक्षण गरिएको थियो जसमध्ये ७ जनामा पोजिटिभ देखिएको साहले जनाए । पीसीआर परीक्षणका लागि स्वाब नारायणी अस्पताल ल्याइएको छ । पालिकामा घरैपिच्छे ज्वरो फैलिएपछि मंगलबारदेखि कोरोना परीक...
बिपद्का बेला  निजी हस्पिटलको कमाउ धन्दा, सेवा भन्दा शुल्क बढी

बिपद्का बेला निजी हस्पिटलको कमाउ धन्दा, सेवा भन्दा शुल्क बढी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २९ देशमा विपद् छाईरहेको छ । नेपालका अधिकांश कोभिड हस्पिटलहरुमा आवश्यक सामाग्रीहरुको चरम अभाव छ । यही बेला नेपालका निजी हस्पिटलहरुले भने मनपरी गरिरहेका छन् । उनिहरु बचाउन अभियान र सहयोग अभियान भन्दा पनि कमाउ अभियान तर्फ केन्द्रित भएको देखिन्छ । यो बिपद्मा सबै हस्पिटलहरुले कोरोना संक्रमण विरामीलाई सहज र सरल उपचार गर्ने हो भने माहामारी भयावह बाट पनि बच्ने सम्भावना छ । तर पैसाकै लोभमा मनपरी उपचार र शुल्कले बिरामी र संक्रमण थप जोखिममा परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र प्रहरीसहितको संयुक्त अनुगमनले अस्पतालपिच्छे फरक शुल्क असुल्ने गरेको भेट्टाएको छ । संयुक्त अनुगमन टोलीले सोमबार उपत्यकामा रहेका ५ अस्पताल नर्भिक, सहिद मेमोरियल, ब्लुक्रस, बयोधा र नेपाल नेसनल अस...
अस्पतालमा अक्सिजन सकिएपछि छट्पटिँदै बिरामीहरु

अस्पतालमा अक्सिजन सकिएपछि छट्पटिँदै बिरामीहरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २९ हस्पिटलहरुमा अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीहरु तड्पिरहेको छ । भक्तपुरको अधिकांश हस्पिटलहरुमा अक्सिजन नहँदा बिरामी बचाउन र थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्था रहेको हस्पिटलले जनाएको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । यता अक्सिजन उपलब्ध गराउने कम्पनीहरुले पनि अक्सिजन नभएको बताईरहेको छ । सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडे । सिसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि ...
नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ द्धारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ द्धारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

समाचार, स्वास्थ्य
 पूणर्पुष्टि, बैशाख २८ बाहिर कोरोनाको माहामारी छ, कोरोना रोकथाम तथा नियन्त्रण भन्दैमा सबै जना घरमा बस्न भने पाइएको छैन । यो बेला रोग बाट बच्न सबैलाई घरमै बस्न भनिएको छ, तापनि कोहि भने बाध्यताले बाहिर खट्नु पर्ने अवस्था छ । सबै भित्र बसेर मात्रै रोग नियन्त्रण हुदैन् । अरुलाई भित्र बसाउनकै लागि भएपनि कोहि बाहिर बसेर दिनभर काम गर्नु पर्ने भएको छ, कोहि उपचारमा खटिनु पर्ने भएको छ भने कोहि सूचना समचार बाट जनताहरुलाई सचेत गराउनु छ । यतिवेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संञ्चारकर्मीहरुको निकै ठुलो भुमिका देखिन्छ । यसै शिलसिलामा अग्रपंक्तिमा रहेर कोरोना नियन्त्रणमा लागि परेका ट्राफिक प्रहरीलाई नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ । सुरक्षित रहित जनताको सेवामा खटिन मदत पुगोस भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । ...
कोरोना संक्रमण बाट नेपालमा आज २२५ जनाको मृत्यु

कोरोना संक्रमण बाट नेपालमा आज २२५ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, बैशाख २८ पछिल्लो दिनहरुमा दिन प्रतिदिन कोरोना संक्रमितहरुको मृत्यु भईरहेको छ । हिजो मात्रै १३९ जना मृत्यु भई नयाँ रेकर्ड राखेको मृत्युको संख्याले आज फेरी नयाँ रेकर्ड राखेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १२५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सहित नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।...
केन्द्रिय सांसद सुरेश कुमार राई कोरोना मुक्त, हस्पिटल बाट डिस्चार्ज

केन्द्रिय सांसद सुरेश कुमार राई कोरोना मुक्त, हस्पिटल बाट डिस्चार्ज

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, बैशाख २८ कोरोना संक्रमण भई हस्पिटलमा उपचाररत रहनुभएका केन्द्रिय सांसद सुरेश कुमार राई हस्पिटल बाट डिस्चार्ज हुनु भएको छ । सुमेरु हस्पिटलमा सघन उपचार गराईरहनु भएका राईले करिब १० दिन पछि कोरोनालाई पराजित गर्दै डिस्चार्ज हुनु भएको हो । बैशाख १७ गते आफुलाई कोरोना संक्रमण पुष्टि भएको आम जनताहरुलाई फेसबुक मार्फत जानकारी गराउनु भएको थियो । संक्रमण दखिए लगत्तै उपचारमा रहनु भएको उहाँलाई केहि दिन पछि आइसियुमा राखेर उपचार गरियो । हाल भने कोरोन मुक्त भई हस्पिटल बाट डिर्चाज भएको सुरेश कुमार राईको अफिसियल फेसबुक पेजमा जानकारी गराइएको छ ।...
प्रदेश १ मा कोरोना कहर, २८ दिनमा १०६ जनाले ज्यान गुमाए

प्रदेश १ मा कोरोना कहर, २८ दिनमा १०६ जनाले ज्यान गुमाए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २८ विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहर नेपालमा सुरु भएसंगै प्रदेश १ मा २८ दिनमा १ सय ६ जनाले ज्यान गुमाई सकेका छन् । नयाँ वर्ष वैशाख १ देखि २८ गतेसम्म प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको हो । वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको सामाजिक विकास मन्त्रालयकले जनाएको छ । यो साता दैनिक आठजनाका दरले संक्रमितको मृत्यु भइरहेको छ । वैशाख २२ गते एकैदिन १३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै हिजो मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । संक्रमणको दोस्रो लहरपछि सोमबारसम्म ९७ जनाको ज्यान गएको छ । हिजो बेलुकादेखि आज बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालमा थप ९ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भ...
वडा नं १६ ले स्वास्थ्य सामाग्री वितरण गर्यो

वडा नं १६ ले स्वास्थ्य सामाग्री वितरण गर्यो

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, बैशाख २८ त्रियुगा नगरपालिका वडा न. १६ ले मजदुर, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिहरुले बिभिन्न क्षेत्रमा काम गर्ने मजदुर तथा स्थानीय नागरिकहरु लगायत सुरक्षाकर्मी र कर्मचारीहरुलाई स्वास्थ्य सामागी्र वितरण गरेको हो । कोरोना संक्रमणका बिच पनि दैनिक रुपमा अवश्यक कामकार्वाही र निर्माण व्यवसायीको काममा खटिरेहका मजदुर, स्थानीय नागरिक र अग्रपंक्तिमा खटिएका सुरक्षाकमर्मी र कर्मचारीहरुलाई प्राथामिकतामा राखी स्वास्थ्य सामाग्री वितरण गरेको वडअध्यक्ष मानवहादुर राईले बताउनुभयो ।  स्वास्थ्य समाग्री वडा स्तरीय समितिको आयोजनामा वितरण गरिएको हो ।...