Thursday, August 20News That Matters

स्वास्थ्य

जिसस उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी

जिसस उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २०  जिल्ला समन्वय समिति उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी भएको छ । बेलाका नगरापालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि भएपछि दुई दिन अगाडी स्वाब दिएका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मेयरमा कोराना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका २१ जना पुरुष र ८ जना महिला गरी २९ जनाको अस्ति स्वाब संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । सवै संकलित स्वाबको रिर्पोट आईनसकेको कार्यालयले जनाएको छ । कोरोना संक्रमण पुष्टी भएसँगै उनलाई उदयपुर कोभिड–१९ अस्पताल बेल्टार पठाउने तयारी भईरहेको जनाईएको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ ।...
बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज २०  धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा आज थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ । ती पुरुषमा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।...
नेपालमा आज २४४० जना कोरोना संक्रमण पुष्टि

नेपालमा आज २४४० जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १९ नेपालमा आज मात्रै २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार पाँच सय संक्रमित पुष्टि भएको छ । पछिल्लो समय उपत्यका लगाएत देशैभरी संक्रमितको संङख्या बढ्दो अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार मात्रै उपत्यका लगाएत देशको बिभिन्न जिल्लाहरुमा गरी २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । त्यसैगरी देशभर सकृय संक्रमितको संख्या २३ हजार ५ सय ७ जना रहेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोर...
बुटवलको एक मृत महिलामा कोरोना पुष्टि

बुटवलको एक मृत महिलामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १९  बुटुवलको एक मृत महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका–१३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको हो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएकामा आज रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...
छोराको कुटपिटले बुवाको मृत्यु

छोराको कुटपिटले बुवाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,असोज १९  गुल्मीमा हिजो छोराको कुटपिटबाट ६० वर्षीय बुवाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका हो । गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीले जनाएको छ । हिजो राति अनिलले घरमै कुटपिट गरी गम्भीर घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटको कारण अझै खुल्न सकेको छैन । कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।...
कोरोना संक्रमणबाट रुपन्देहीमा थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १९ कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका–१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो । आज आएको उनको पीसीआर रिपोर्टमा पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।...
कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १९ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यही असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।...
नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ नेपालमा आज थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८६ हजार आठ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय २९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ । अव नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको  सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।...
विदेशमा साढे ३९ हजार नेपालीमा कोरोना संक्रमण पुष्टि

विदेशमा साढे ३९ हजार नेपालीमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ विश्वका विभिन्न देशमा रहेका साढे ३९ हजार नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाहेकका विभिन्न देशमा ३९ हजार ५ सय २८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल बाहेक विभिन्न देशमा रहेका ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका मधये ९२ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना निको भएको जनाएको छ । गत साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको मृत्यु भएको छ । गत साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।...
भरतपुर अस्पतालमा कोरोनाबाट थप १ जना को मृत्यु

भरतपुर अस्पतालमा कोरोनाबाट थप १ जना को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ भरतपुर अस्पतालमा उपचाररत थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण देखिएका चितवन कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुष शुक्रबार साँझ भरतपुर अस्पताल भर्ना भएका थिए । उनको आइतबार बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । खोकी र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । उनलाई कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो । चितवनमा योसहित कारोना संक्रमणबाट ४२ जनाको मृत्यु भईसकेको छ । जसमध्ये चितवनका मात्रै २३ जनाको रहेकोे छ ।...