आर्थिक
असार १५ मा चक्लाबन्दी खेती प्रवर्धनसहित त्रिनपा-१३ मा राेपाइ गरियाे
पूर्णपुष्टि, असार १५ ।
उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १३ मा असार १५ को अवसरमा चक्लाबन्दी खेतीको प्रवद्र्धन गर्दै रोपाई गरिएको छ । मानो खाएर मुनी उब्जाउने यस दिनलाइ विशेषरूपमा लिदै राेपाइ अगाडी बढाएकाे हाे ।
नगरपालिकाका मेयर बलदेव चौधरी, १३ नम्बर वडाध्यक्ष पशुपती चौधरी आफै रोपाईमा सम्मिलित भए । गाउँभरीका कृषकहरुको सहभागितामा रोपाई गरिएको थियो ।
त्रियुगाले कृषिबाट पनि सम्पन्न हुन सकिन्छ भन्ने नमुना देखाउन वडा नं. १३ मा चक्लाबन्दी खेती प्रवद्र्धन गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । नगरपालिकाको गुरुयोजना, आर्थिक योजना अन्तर्गत चक्लाबन्दीखेती समेटिएको उहाँले बताउनुभयो । समृद्धिको मेरुदण्डको रुपमा कृषिलाई लिइएको उहाँले बताउनुभयो ।
त्रियुगा नगरपालिका वडा नं. १३ मा १ सय ६० विगाहा क्षेत्रफलमा चक्लाबन्दी खेती अन्तर्गत धान रोपाई गरिएको हो । मेसिनसमेतको प्रयो...
नेशनल लाईफ इन्स्योरेन्स गाईघाटशाखाले प्राण घातक रोग बिमा बापत ५ लाख उपचार खर्च दियो
पूर्णपुष्टि, असार १४
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले प्राण घातक रोग बिमा अन्तरर्गत उदयपुरका एक मुटु रोगी बिमारीलाई ५ लाख बराबरको बिमा बापतको उपचार खर्च प्रदान गरेको छ । त्रियुगा नगरपालिका ५ देउरीका हरी विनोद खतिवडालाई प्राण घातक रोग बिमा बापतको भुक्तानी प्रदान गरिएको शाखा प्रमुख पे्रम कुमार राईले बताउनुभयो ।
५ लाख बराबरको प्राण घातक रोग बिमा गरेको खतिवडाले गत बर्ष मात्र वार्षिक कम्पनीमा रु, ५६९३२ रुपयाँ जम्मा गरेका थिए ।
कम्पनीको टोलीले खतिवडाको घरमै गएर ५ लाख बराबरको चेक प्रदान गरेको थियो । मुटु रोगले ग्रसित खतिवडा दुई महिना अघि मात्रै मुटुको सर्जरी गरी अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।उपचार खर्च पाएका खतिवडाले बिमा बाट पाएको यो सहयोग र बिमाले दिएको यो सुविधा रोग पिडितहरुका लागि अति उपयुक्त रहेको जनाउनुभयो । उहाँले मानव जिवनको जोखिम बहन गर्ने प्रमुख सेक्टर नै विम...
सहायक सिडियाे नेतृत्वकाे अनुगमनले गर्यो कडा जरिवाना : प्रशान्तलाई २० र पाण्डे किराना पसललाई १० हजार
पूर्णपुष्टि, असार ९ ।
अनुगमन टोलीले आज गाईघाटको दुई किराना तथा खाद्यन्न पसललाई ठूलो रकम जरिवाना तिराएकोे छ भने १३ हजार बढिको म्याद गुज्रेको सामान बरामद गरी नष्ट गरेको छ ।
गाईघाटका प्रशान्त किराना पसललाई २० हजार र पाण्डे किराना पसललाई १० हजार रुपैया जरिवाना तिराएको हो । यसरी ब्यापारीलाई ठूलो रकम जरिवाना तिराएको सम्भवत पहिलो हो । विगतमा धेरैजसो चेतावनी दिएर छाडिदिने र जरिवाना गराए पनि सामान्य मात्र गराउदा ब्यापारीहरुले खेलाची ठानेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलको नेतृत्वमा वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर र सरोकारवाला निकायहरु सम्मिलत अनुगमन टाअसोलीले ती पसलहरुलाई कसुरको आधारमा जरिवाना तिराएको हो । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार अनुगमनको क्रममा प्रशान्त किराना पसल र पाण्डे किरान...
सुन चाँदीको भाउ केही दिनदेखी निरन्तर ओरालो लाग्दै, कति पुग्यो आज सुनको मूल्य ?
पूर्णपुष्टि, असार ६
सुन चाँदीको भाउ केही दिनदेखी निरन्तर ओरालोे लागेको छ । सुन चाँदीको भाउमा आज पनि भारी गिरावट भएको छ । आइतबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज आठ सयले घटेर ९० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधबार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । शक्रबार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
उदयपुर सिमेन्ट उद्योगको साधारणसभा सम्पन्न
पूर्णपुष्टि, जेठ ३१ ।
सरकारी स्वामित्वको नेपालको सबैभन्दा ठूलो र एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेड, जलजलेको २० देखि ३३ औं बार्षिक साधारणसभा हिजाे सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण भिडियो मिटिङमार्फत सभा सञ्चालन भएकाे थियाे । सभामा शेयरधनी, ब्यवस्थापन तथा सन्चालक समिति, कर्मचारी युनियनहरु र उद्योगका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागिता थियाे ।
सभाको सन्चालन महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले गर्नुभयाे भने अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बलराम रिज्यालले गर्नुभयाे ।
सभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव अर्जुन पोखरेलबाट भएको थियाे । महाप्रवन्धक न्यौपानेले सञ्चालक समितिको तर्फबाट प्रतिवेशन पेश गर्नुभयाे भने सभालाई प्रमुख अतिथि पोखरेलले सम्बोधन गर्नुभयाे ।
...
आज सुनको भाउमा भारी गिरावट
पूर्णपुष्टि, जेष्ठ ३०
आज सुनको भाउम भारी गिरावट भएको छ । आज एकै दिन सुन मूल्यको भाउमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो ।
सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।...
सुनको मूल्यमा भारी गिरावट मूल्य
पूर्णपुष्टि, जेष्ठ २१
आज सुनको मूल्यमा भारी गिरावट आएको छ । तोलाको १५ सयले मूल्य घटेपछि बिहीवार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रवार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो ।
अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९२ हजार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।
बिहीवार उक्त सुनको प्रतितोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।...
२०७८/ ०७९ काे बजेट पूर्णपाठ
पूर्णपुष्टि, जेठ १५ ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि लागि बजेट सार्वजनिक गरेकाे छ । बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक भएकाे छ ।
आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभयाे ।
हेर्नुहाेस् बजेटकाे पूर्णपाठ पढ्न याे लिंक क्लिक गर्नुहाेला : Budget Speech (Final)
...
कोरोना खोपका लागि २६ अर्ब ७५ करोड, कोरोना उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड
पूर्णपुष्टि, जेष्ठ १५
नेपाल सरकारले कोरोना भाईरसको खोपका लागि २६ अर्ब ७५ करोड बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।
सरकारले बिभिन्न शिर्षकमा काकेरोना रोकथामको लागि बजेट छुट्याएको छ । औषधि खरिदका लागि ५ अर्ब ६० करोड, राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड, स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो, स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन ७ अर्ब ५० करोड रकम छुट्याएको छ ।
...

