Monday, August 17News That Matters

आर्थिक

आज सुनको भाउमा भारी गिरावट

आज सुनको भाउमा भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० आज सुनको भाउम भारी गिरावट भएको छ । आज एकै दिन सुन मूल्यको भाउमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।...
सुनको मूल्यमा भारी गिरावट मूल्य

सुनको मूल्यमा भारी गिरावट मूल्य

आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ २१ आज सुनको मूल्यमा भारी गिरावट आएको छ । तोलाको १५ सयले मूल्य घटेपछि बिहीवार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रवार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो । अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ  ९२ हजार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ । बिहीवार उक्त सुनको प्रतितोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।...
२०७८/ ०७९ काे बजेट पूर्णपाठ

२०७८/ ०७९ काे बजेट पूर्णपाठ

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ १५ ।  सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि लागि बजेट सार्वजनिक गरेकाे छ ।  बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक भएकाे छ । आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभयाे । हेर्नुहाेस् बजेटकाे पूर्णपाठ पढ्न याे लिंक क्लिक गर्नुहाेला  : Budget Speech (Final)  ...
कोरोना खोपका लागि २६ अर्ब ७५ करोड, कोरोना उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड

कोरोना खोपका लागि २६ अर्ब ७५ करोड, कोरोना उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड

आर्थिक, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १५ नेपाल सरकारले कोरोना भाईरसको खोपका लागि २६ अर्ब ७५ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ । सरकारले बिभिन्न शिर्षकमा काकेरोना रोकथामको लागि बजेट छुट्याएको छ । औषधि खरिदका लागि ५ अर्ब ६० करोड, राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड, स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो, स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन ७ अर्ब ५० करोड रकम छुट्याएको छ ।  ...
कोभिड उपचारमा चार अर्ब बिनियोजन, स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था

कोभिड उपचारमा चार अर्ब बिनियोजन, स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था

आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ सरकारले २०७८/०७९ को बजेट बाट कोभिड (१९) उपचारको लागि चार अर्ब बजेट छुट्याएको छ । निशुल्क कोभिड उपचारमा नागरिकहरुलाई पहुच पराउने हिसावले बजेटको बिनियोजन गरिएको हो । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोभिड उपचारका लागि आवश्यक टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन्। त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए । उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन्। यस्तै सेवा निवृत्त इन्टरसिपपमा रहेका चिकित्सक तथा नर्सलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको बताए ।  ...
आज सुनको भाउ ह्वात्तै बढ्यो

आज सुनको भाउ ह्वात्तै बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख २४ साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । आज सुन तोेलामा एक हजार एक सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्य बढ्नुको एक मात्र कारण रहेको महासंघले जनाएको छ । त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ३० पुगेको छ । हिजो चाँदी तोलामा एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।...
उदयपुरमा निषेधाज्ञा, बैंक तथा वित्तीय संस्थामा जोडबिजोड प्रणाली

उदयपुरमा निषेधाज्ञा, बैंक तथा वित्तीय संस्थामा जोडबिजोड प्रणाली

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख २३ उदयपुरमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले वैशाख २४ गते शुक्रबार राति १२ बजेबाट ३१ गते सम्म अत्यावश्क कामबाहेका अन्य सवै कामकाजमा रोक लगाएको छ । कोरोनाको रोकथाम तथा समुदायस्तरमा कोरोना फैलन नदिन नगरमा कार्यरत बैंक तथा वित्तीय संस्थाहरु जोडबिजोड प्रणालीबाट सञ्चालन गर्न कार्यालयले सुचना जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरु २६ गते आईतबारबाट जोडबिजोड प्रणालीबाट सञ्चालन गरिने छ । सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनसिसि बैंक, एनआइसी एशिया बैंक, इन्भेष्टमेन्ट बैंक २, ग्लोवल आइएमइ बैंक,माछापुछ्रे बैंक, नबिल बैंक, एनएमवि बैंक, नेपाल बैंक र मुक्तिनाथ विकास बैक आइतबार,मंलबार र बिहिबार बिहान १० बजेदेखि २ बजे सम्म खुल्ने छ । त्यसैगरी सिभिल बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,...
आज सुनको भाउमा बढ्यो

आज सुनको भाउमा बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख २३ आज सुनको भाउमा वृद्धि भएको छ । आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउमा वृद्धि भएता पनि चाँदीको भाउमा भने गिरावट भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलामा १ हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
सुनको भाउमा आज पनि भारी गिरावट

सुनको भाउमा आज पनि भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १७ सुनको भाउ दिनहु जसो घट्ने क्रम जारी छ । आज पनि तोलाको ९ सयले सुनको भाउ घटेको छ । कोभिडको दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पर्दा सुनको मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावाल सुनको प्रतितोला भाउ ८९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ कायम भएको छ भने चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२९५ रुपैयाँ प्रतितोला तोकिएको छ ।  ...
निषेधाज्ञा जिल्लाहरूमा चार घण्टा मात्र बैंक सञ्चालन हुने, उदयपुरमा हाल नियमित अवस्थामा

निषेधाज्ञा जिल्लाहरूमा चार घण्टा मात्र बैंक सञ्चालन हुने, उदयपुरमा हाल नियमित अवस्थामा

आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख १६ । देशमा फेरी कोरोना संक्रमणले उग्ररुप लिदै जाँदा वित्तिय तथा बैंकिङ सेवालाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्र वैंक र बैंकरबीच छलफल भएको छ । छलफलबाट राजधानी उपत्याकासहित निषेधाज्ञा लागेका जिल्लाहरुका बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुलाउने समझदारी बनेको छ । विहान १० देखि दिउसो २ बजेसम्म शाखा खोल्ने र त्यस समयमा उच्चतम् कोरोनाप्रतिको सतर्कता अपनाउने सहमति बनेको जनाइएको छ । संक्रमणको अवस्था र ग्राहकहरुको भिडलाई आधार मानेर थप आवश्यक निर्णय लिने पनि जनाइएको छ । बैंकका सबै एटिएम सञ्चालन हुने र सकेसम्म अनलाईन कारोवार गर्न जोड दिइनेछ । बैंकहरुले सकभर सर्बसधारणलाई अनलाईन कारोवार गर्न प्रोत्साहित गर्ने भएको छ । हाल उदयपुरमा सबै बैंकहरू नियमित समयमा नै सञ्चालनमा रहेका छन् । जिल्ला निषेधाज्ञकाे अवस्थामा नरहेकाले उच्च सतर्कताका साथ बैंक सञ्चालन नियमित...