बजाजको नयाँ बर्ष अफर ः कालिका अटोलिंक गाईघाटमा २ जनालाई पर्यो रु १/१ लाखको भाग्यशाली चिठ्ठा
पूर्णपुष्टि, बैशाख १४
बजाज कम्पन्नीले नयाँ बर्षको शुन्य अफर अन्तर्गत २०७७÷०७८ को लागि जारि गरिएको चिठ्ठामा २ जना भाग्यशाली बिजेताले गाईघाटमा रु १÷१ लाख पाएका छन् ।
कालिका अटों लिक गाईघाटमा बजाज कम्पनीको पल्सर मोटरसाईकल खरिद गर्ने २ जनाले रु १/१ लाखको नगद पाएका हुन् ।
त्रियुगा नगरपालिका ११ का तारामणी चौधरी र खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका एक बहादुर बुढाथोकीले यहि बैशाख महिनामा बजाजको पल्सर मोटर साईकल खरिद गरेका थिए । चौधरीले २२० सिसिको पल्सर मोटर साईकल र बुढाथोकीले १५० सिसिको पल्सर मोटर साईकल खरिदमा भाग्यशाली चिठ्ठा बाट रु १÷१ लाखको बिजेता बनेको हो ।
कालिका अटोलिंक गाईघाटका प्रोपाईटर सुनिल ठाकुरले यो अफर यहि बैशाख महिनाभरको लागि रहेको बताउनुभयो । उहाँले नेपालभर बजाज मोटर साईकल खरिदमा रु १० लाख सम्म जित्न सकिने भन्दै मौकाको फाईदा उठाउन ग्राहकहरुमा अनुरोध गरेको छ ।भाग्यशाली दुवै ...








