Saturday, June 27News That Matters

आर्थिक

बेलकामा कृषक परिचय पत्र वितरण

बेलकामा कृषक परिचय पत्र वितरण

आर्थिक, समाचार
जयराम पूर्वछाने मगर बेलका/मंसिर २ गते । बेलाका नगरपालिकाले पहिलो पटक कृषक परिचय पत्र वितरण गरेको छ । बेनपा–३ का कृषकहरुलाई चार तहमा वर्गीकरण गरेर ९ जनालाई कृषक परिचय पत्र वितरण गरेको हो । कृषीजन्य वस्तुबाट पालिका आत्मनिर्भर बन्नका लागि ३ नम्बर वडाबाट वर्गीकरणसहितको कृषक परिचय पत्र वितरण सुरु गरेको पालिकाले जनाएको छ । रातो जोन, साना किसान, मध्यम कसान र ठूला व्यावसायीक किसान गरी चार वर्गमा विभाजन गरि परिचय पत्र प्रदान गरेको हो । रातो जोनमा असोक श्रेष्ठ, सरिता मंग्राती र उमा मगर रहेको छ । त्यस्तै साना किसानमा राम चौधरी र डिल्लीसेर राई परेका छन् भने मध्यम किसानमा प्रविन राई र खेमराज मगर परेका हुन् । त्यस्तै ठूला व्यावसायीक किसानमा महेश चौधरी र विष्णुमति राई परेका छन् । यस चार तहको वर्गीकरणमा परेका कृषकहरुलाई तह अनुसारको परिचय पत्र वितरण गरिएको थियो । जुन रातो जोनमा परेका कृषकहरुलाई प...
दिनार, रियाल र वनको भाउ बढ्यो

दिनार, रियाल र वनको भाउ बढ्यो

आर्थिक, समाचार
मंसिर २ गते ।  आज कुवेती, बहराइन दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ भने अरु मुद्राको भाउ स्थितर रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १६ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो खरिददर २सय  ९७ रुपैयाँ ८५ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ भने मलेसियन रिंगिट १ को खरिददर २७  रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ ...
कर, डर होइन रहर हो, गौरब लायक कुरा हो : करदाता सेवा प्रमुख बुढाथोकी

कर, डर होइन रहर हो, गौरब लायक कुरा हो : करदाता सेवा प्रमुख बुढाथोकी

आर्थिक, बिचार
नागरिकले राज्यलाई कर तिर्नु राष्ट्रप्रतिको एक महत्वपूर्ण योगदान हो । नागरिकले कर नतिर्ने हो भने राष्ट्र सञ्चालनमा आर्थिक पक्षले ठप्प हुन्छ । त्यसको सट्टा राष्ट्रले नागरिकलाई प्रभावकारी सेवा र विकास दिनुपर्दछ । यस यिनै कुरामा नागरिक र राष्ट्रबीचको बुझाई, व्यवहारमा निकै ठूलो खाल्डो छ । ति बुझाई र ब्यवहार कहाँनिर छ । के गर्दा पुरिन्छ । यिनै सन्दर्भमा करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीसंग गरिएको संवाद प्रस्तुत छ । यसको भिडियो हेर्नका लागि यो लिंक खोल्नुहोस् : https://www.youtube.com/watch?v=qLGMUEUk0tY पूर्णपुष्टि : करदाता भन्नाले को हो ? प्रमुख बुढाथोकी : राज्यलाई योगदा स्वरुप ज–जस्ले आफुले आय आर्जन गरे अनुरुप आयको क्षताको आधारमा राज्यलाई निश्चित रकम तिर्नु हुन्छ, उहाँहरु करदाता हुनुहुन्छ । उहाँले तिरेको रकमलाई हामीले कर भन्ने गर्दछौँ । जस्तले कर तिर्छ उहाँ नै करदाता ...
८ औँ कर दिवसमा १० जना व्यवसायी सम्मानित

८ औँ कर दिवसमा १० जना व्यवसायी सम्मानित

आर्थिक, समाचार
उदयपुर, मंसिर १ गते ।  आठौं राष्ट्रिय कर दिवसमा उदयपुरका १० जना व्यवसायी सम्मानित भएका छन् । गत आर्थिक वर्ष २०७५/०७६ मा सवै भन्दा बढी कर तिर्ने एक जना सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट व्यवसायी सम्मानित भएका हुन् । आयकर सबैभन्दा बढी हिमगिरी सप्लार्यस एण्ड ट्रेडस कटारीले २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा बुझाएको सर्वोउत्कृष्ट व्यावसायीको रुपमा सम्मानित भएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले बताए । गत वर्षपनि हिमगिरी नै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिको रुपमा सम्मानित भएको उनले बताए ।  उत्कृष्ट कर तिर्नेमा कालिका सप्लार्यस एण्ड ट्रेडस, आशिष/आर्षिवाद जेवी, रौता/सन्तोषी एपेक्स जेवी,  हिमशिखर सप्लार्यस एण्ड ट्रेडस, आशिष/स्वामिनारायण/आर्षिवाद जेवी, एसके ट्रेडस, वरुवा निर्माण सेवा, रौता/सन्तोषी जेवी र सगरमाथा आयल डिपो रहेको प्रमुख बुढाथोकीले बताए । सर्वोउत्कृष्ट र ...
८३ औं वार्षिकोत्सव मनाउदै नेपाल बैंकको एटिएम उद्घाटन

८३ औं वार्षिकोत्सव मनाउदै नेपाल बैंकको एटिएम उद्घाटन

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ३० । नेपाल बंैक लिमिटेड गाईघाट शाखाले बैंकको ८३ औं वार्षिकोत्सव मनाउदै एटिएमको उद्घाटन शनिबार गरेको छ । एक समारोहकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कार्यक्रमको प्रमुख आतिथ्य गर्दै एटिएमको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मेयर चौधरीले बैंकलाई नगरबासीको समृद्धिसंग जोडेर सहकार्य र समन्वय अगाडि बढाउने बताउनुभयो । बैंक र नगरपालिका मिलेर कृषि, उद्योग जस्ता क्षेत्रमा लगानी गरिने त्यसका लागि नगरपालिका जिम्मेवारी बस्ने उहाँले बताउनुभयो । उहाँले बैंकले प्रभावकारी सेवा विस्तार गर्न शुभकामना दिनुभयो । कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका प्रमुख रमेश रोका, समाजसेवी पेशल आचार्य, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा नगरपालिकाका अधिकृत दिनेश सिवाकोटी लगायतले मन्तब...
भद्रपुर विमानस्थल १० दिन बन्द

भद्रपुर विमानस्थल १० दिन बन्द

आर्थिक, समाचार
कात्तिक २६ गते ।  झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द हुने भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको काम सञ्चालन गर्न लागेकाले मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म पूर्णरुपमा बन्द गरेको हो । १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमान बन्द गरेर मर्मत सम्भार गरे पनि प्रभावकारी नभएपछि पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले बताए । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाण्डौले धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको प्रमुख चुँडालले बताए । यस विमा...
आज दिनार र कोरियन वनको भाउ घट्यो

आज दिनार र कोरियन वनको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक २५ गते ।  आज बहराइन दिनार र कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राहरु यथावत रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा थियो । कुवेती ...
तामा खानी पुनःउत्खन्न हुन सकेन

तामा खानी पुनःउत्खन्न हुन सकेन

आर्थिक, समाचार
उदयपुर, कात्तिक २५ गते । जुन बेला आफ्नै प्रविधिले बाजे बराजुले उत्खन्न गरेको तामा खानी अझै पुनःउत्खन्न हुन सकेको छैन । छिनु र हतोडाले उत्खन्न गरेको उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामा खानी पुनःउत्खन्न हुन नसकेको हो । गाईघाट–पोखरी– फोक्सिन्टार–रसुवा सडक खण्डदेखि करिब ५ किलो मिटर माथि राँकुली खोलाको खानी पाखामा खानी रहेको छ । बाजेको बाजे बराजुको पालामा खानीबाट तामाको धाउ निकाले हातीपाईलेमा प्रशोधन गर्ने गरेको स्थानीय बुढापाकाले बताएका छन् ।कुन समयमा खानी पत्ता लग्यो ? कहिलेबाट खानीको उत्खन्न गर्न थालियो ? कस्ले त्यो तामाको उत्खन्न गरेको हो भन्ने कुरा कसैलाई पनि यकिन छैन । स्थानीय बुढापाकाहरुले दन्ते कथा झैँ खानीको कथा भन्ने गरेको पाईन्छ । आग्री मगर जातीले खानी उत्खन्न गरेको भन्ने बाबु बाजेले भनेको सुनेको स्थानीय जेष्ठ नागरिक पूर्णबहादुर राईले बताए । खानी उत्ख...
सबै मान्छेलाई उद्योगी होइन, रोजगार बनाउने हो : केन्द्रिय अध्यक्ष गिरी

सबै मान्छेलाई उद्योगी होइन, रोजगार बनाउने हो : केन्द्रिय अध्यक्ष गिरी

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २४ गते  नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सबै मान्छेलाई उद्योगी बनाउने हैन, भएका उद्योगलाई राम्रो बनाई धेरैका लागि रोजगारी सिर्जना गर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा आइतबार गाईघाट स्थित आफ्नै कार्यालयमा उद्यम, उद्यमी र उद्योगको बारेमा छलफल तथा अन्तरक्रियामा  अध्यक्ष रेग्मीले उक्त कुरा बताउनुभएको हो । सरकार वा सरोकारवाला निकायले सबै मानिसलाई उद्योगी बनाउने धारणा र नारा बनाउदै भाषण गरिहिडेकाले समस्या आएको भन्दै यसलाई सुधार गर्नुपर्ने सुझाव उहाँले राख्नुभयो । सबै मानिस उद्योगी कुनै पनि देशमा नरहेको र त्यो सम्भव पनि नरहेको भन्दै भएका उद्योगलाई राम्रो बनाई त्यसमा रोजगारीको वातावरण सिर्जना गर्नु महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उदाहरण पेश गर्दै उदयपुरमा दुईसय उद्योगहरु भ...
आजको विदेशी मुद्रा

आजको विदेशी मुद्रा

आर्थिक, समाचार
कात्तिक २४ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३ सय ३ ...