उदयपुरको किविले बजार पाएन
उदयपुर, मंसिर ३ गते ।
उदयपुरमा पहिलो पटक उत्पादन भएको किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका छन् । रौतामाई गाउँपालिका–६ बोलुङ्खामा पहिलो पटक उत्पादन भएका किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका हुन् ।
जिल्ला कृषी कार्यालयबाट तीन वर्ष पहिले लगेर रोपेको किवीको विरुवाले राम्रो फल दिन थालेपछि बजारको समस्या आएको कृषक मदन राईले बताए । अहिले किवि एक घरमै करिब २ सय ५० केजी भन्दा बढी उत्पादन भएको कृषक राईले बताए । उनले भने ‘किवि पाक्न थाल्यो । तर बजार पाईएन ।’
महत्वपूर्ण फल भएपनि किविको महत्व नबुझेका गाउँलेहरुले तेतिकै दिए पनि नखाने गरेको कृषकहरुले बताएका छन् । सुन्तला, जुनार जस्तो खान नजानेको र यसको महत्व नबुझ्नाले उत्पादन भएका किवीले बजार पाउन नसकेको हो ।
किविले राम्रो उत्पादन दिएपछि बजारको लागि धेरै व्यापारीहरु खोजे पनि अहिलेसम्म कुनै निकाय र व्यक्ति नभेटिएकाले किविको बजारी कर...








