आज ओमानी, कोरियन र रिंगिटको भाउ बढ्या
कात्तिक २२ गते ।
आज ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ । तर अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १३ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८८ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै यूएई...




